-Krishna KC, USA

रोयर अभिव्यक्ति दिएको बमसेल न्यूज सत्य हुन्छ भन्ने होइन रहेछ

Hollywood Khabar November 16,2022 Comments

कृष्ण के सी, अमेरिका, नोवेम्बर १७, २०२२

सोसल मिडियाको बिकाससंगै सिटिजन जर्नालिज्मको बिकास पनि ह्वात्तै बढेर गएको छ। यसको रुप र कुरुप दुबैपक्ष सार्वजनिक र कानुनी बहसका बिषय भएका छन्।तर आजकल कसैले रोयर आफ्ना कुरा राखेको अवस्थालाइ संचार माध्येमहरुले बमसेलको रुपमा पस्कने गरेका छन्।

हुन त संचार ब्यबसयमा “ब्याड न्यूज इज गुड न्यूज” भन्ने गरिन्छ। अझै एशियन मुलका टिकटकर, ट्विटरर, फेसबुकर, यूट्यूवरहरुले मौकाको फाइदा लिएर अरुको आंसु बेचेर आन्दानी गर्न थालेका छन्। उनीहरुको लागि कसैको जति ठुलो पिडा भयो उति धेरै फाइदा भन्ने सोच रहेको छ। त्यसैले उनीहरुले अरुको रुवाइलाइ छरपष्ट रुपमा बमसेल गर्न थालेका छन्।

तर मैले गरेको अनुसन्धानमा चाहिं हरेकको रुवाइको कारण र नतिजा फरक रुपमा पाएको छु। यसका पक्ष र कारक तत्वको एउटै नभएता पनि प्रवृति भने उस्तै उस्तै रुपमा बर्गीकारण गर्न सकिँदो रहेछ। कसैको लागि घुम्न नपाउनु रुवाइ होला त कसैको लागि खान नपाउनु। कसैको लागि सन्तान नजन्मनु रुने कारण होला त कसैको लागि सन्तान धेरै हुनु, कसैको लागि चुनावमा टिकेट नपाउनु त कसैको लागि चुनाव हार्नु।तर पनि रुवाईको प्रवृति भने उस्तै उस्तै खालेको हुने रहेछ।

यहाँ केहि विश्लेषण गरौँ

  • जो कोहि पनि रुनुको कारणमा वादी-प्रतिवादी, पक्ष-विपक्ष या भनौं एका पक्ष र अर्कोपक्ष दुवैको हात संलग्न भएको हुने रहेछ। भलै कारण एकापक्षको भागमा धेरै र अर्को पक्षको भागमा कम या बराबरी पनि हुन् सक्दो रहेछ। तर कुनै न कुनै कारणले दुवै या त्यसमा जोडिएका सबै पक्षको हात भने बुटुलो नहुने रहेछ।
  • हामी बिशेष गरी नेपाली समुदाका मानिसहरु कसैको रुवाइप्रति धेरै र छिट्टै भावुक हुन्छौं। त्यो स्वभाविक पनि हो। तर कसैले रोयर व्यक्त गरेको अभिव्यक्ति सत्य हुन्छ भन्ठान्छौं। त्यो भने फरक कुरा रहेछ। रोएर दिएको अभिव्यक्ति नै सत्य सावित हुन्छ या हुँदैन भन्ने होइन। उसो त दुश्मन रोएको पनि अर्को पक्षले हेर्न सक्दैन होला। तर कोहि कतै जित्नको लागि पनि रुने नाटक गर्छन। कोहि सत्यले हारेको पिडाले पोल्दा रुने गर्छन। आजीवन काराबासको फैसला सुन्दा कोहि रोयो भन्दैमा उसको काराबास सजायं माफी हुनुपर्छ भन्न सकिन्न।
  • कोहि वास्तवमै भित्रै देखि दुखेर हृदय विदारक गर्दै रुन्छन। यस्तो रुवाइ धेरै जस्तो आन्तरिक रुपमा परेको पिडा र बिनाकारण पिडित हुँदाको हुने रहेछ।
  • कोही पश्चात्ताप गर्न रुन्छन। आफूले गरेको गल्तिले आएको नतिजा, अरुलाई दिएको पिडाले उब्जिएको कब्जियत इत्यादीले गर्दा पनि कतिपय व्यक्ति रुने गर्दा रहेछन।
  • कोहि अरु रोएको देखेर मन थाम्न नसकेर सहानुभूति दिन रुन्छन। यस्तो रुवाइ प्राकृतिक, दैबीप्रकोप र अपर्झट आइलगेको दु:खद समयमा हुने गर्दो रहेछ।
  • कोहि रुनको लागि त कोहि आरुलाई रुवाउनको लागि पनि रुन्छन। कतिपय समय यस्तो हुँदो रहेछ जहाँ धेरै जसो रुन्छन र बिछुटो/बकुल्लो नहुन बाँकी पनि सँगै हार मिलाएर रुन्छन या बाध्य हुन्छन। कतिपय भने आफ्नो पिडा देखाएर सहानुभूति लिनको लागि रुन्छन। तर सत्य अर्कै हुन्छ।
  • कोहि प्रमाण जुटाउन रुन्छन त कोहि जुटेका प्रमाण जोगाउन रुने रहेछन। कहिले काहीं मान्छे रोएर प्रमाण जुटाउन पनि रुने रहेछन। बिशेष गरेर कानुनि प्रक्रियामा यस्तो देखियो। अनि कहिले काहीं चाहिं जुटेका प्रमाण जोगाउन र अर्को पक्षलाइ झुठा देखाएर आफूलाई सत्य सावित गर्न पनि मान्छे रुने रहेछन।
  • कोहि चाहिं आफ्नो रुवाइ जोगाउन अरुलाई रुवाउने गर्दा रहेछन। कतिको बानी आफू दुखी छु भनेर सबैको ध्यान केन्द्रित गर्नको लागि रुने गर्दा रहेछन। यसो गर्दा फाइदा हुन्छ भन्ने उनीहरुलाइ एक किसिमा आशा र अपेक्षाको विश्वास हुने रहेछ।
  • अझै भन्नुपर्दा धेरै मानिस एकदम संभावना नभएको कुरा पुरा हुँदा, लामो समय देखिको सपना पुरा हुँदा, जितेर आउँदा, राम्रो काम गर्दाको नतिजा आउँदा, दुख र मिहेनतको फल पाउँदा पनि रुने गर्दा रहेछन। कसैलाई अनापेक्षित रुपमा केहि प्राप्त हुँदा, गुमेको कुरा पाउँदा कता कता स्वर्गको अनुभूति प्राप्त हुँदा पनि मानिस रुने गर्दा रहेछन। यस्तो रुवाइलाइ हामी खुशीको आँसु भन्ने गर्छौं।
  • अजुवाको कुरा के रहेछ भने कोहि बिबश्ताले पिडा रुनेलाई बाँकी दुनियाँ सबैले उसलाई सधैं रोएको मात्र देख्न चाहने रहेछन्। कतै त्यस्ता रुने मानिसहरु खुशी भए भने बाँकी दुनियाँले अचम्म मानेर यो त किन खुशी भयो/भइ भन्दै झन् रुवाउन दवाद दिने रहेछन। यस्तो एउटा सत्य कथा नै मैले नजिकबाट हेरेको छु।
  • आजकल आफूलाई प्रेरक बक्ता भनेर उनीहरु एउटै जोकमा पटक पटक हाँसीदैन भने एउटै कारणमा सधैं दुखि हुनु पर्दै भन्दा रहेछन। यस्ता उत्पात मच्चाउने मोटिभेशन स्पिकरहरुको घरमा पनि रुनेहरु हुँदा रहेछन। यति मात्र होइन दुनियाँ थर्काउने डनहरुका घरमा होस् या दुनियाँका सेवा गर्ने सेवकका घरमा पनि रुनेहरु हुने रहेछन। भलै कारण फरक होस् तर केश अछुतो नहुने रहेछ।
  • सबै त होइन महिलाहरुको ठुलो संख्या भने आफ्नो बिषयलाइ रुवाइको रुपमा पनि व्यक्त गर्दा रहेछन। यसको मतलब महिलाहरु रुन्चे हुन्छन भनेको होइन यो स्वभाविक रुपमा आएको केहि संख्याको मात्र गुण हो। सायद उनीहरु आमा र आमाको प्रतिनिधि पात्र भएकाले कारुणिक हुने होलान। तर यो कुरा सबै महिलाहरुको हकमा लागु हुँदैन।
  • कतिपयलाइ महिला धेरै रुन्छन भन्ने लाग्दो हो त्यो सोच भने सत्य होइन। ठुलो संख्यामा पुरुषहरु पनि रुने रहेछन। तर धेरै पुरुषहरुले आफ्नो रुवाइलाइ अरुलाइ देखाउँदैनन। कि त सुनसान बस्छन कि भने अम्मली र नशाको लतमा अल्झिन्छन। कतिपय चाहिं रुन भन्दा बदला लिन लागि पर्दा रहेछन। कति चाहिं चुप-चाप कुरा सुल्टाउन या लुकाउन लागि पर्दा रहेछन।

अन्तमा, रुवाइ कसैलाइ पनि मन नपर्ने कुरा हो। तर पनि मानव जीवनमा यो नछुट्ने भाग मात्र होइन कतिपय कुरामा आवश्यक पनि हुने रहेछ। यसलाई इन्कार भन्दा पनि हुँदा पर्दा भोग्नुपर्ने भागको रुपमा लिनु सहज हुने रहेछ। अरुको रुवाइको कारण नचाहनेले पनि आफ्नो रुवाई रोक्न सक्दैनन। रुवाइ जीवनको कुनै कालखण्डमा बाध्यात्मक, अपरिझट्ट, सहानुभूति, कारुणिक र झुटको रुपमा आउने रहेछन। तर पनि यो एउटा जीवनको भाग हो। त्यसैले हाम्रो समाज भन्छ मर्दाको मलामी जिउँदाको जन्ती। अरुको खुशीमा एक फन्को नाचिदिनु र अरुको दुखमा एक थोपा आँसु झरिदिनु। "कृष्णार्पण"