Krishna KC

नेपाली पात्रकारलाई नेपाली समाजमा कंगाल, निकम्मा, एउटा बियर किन्न नसक्ने भुक्का भनेर चिन्छन

Hollywood Khabar November 02,2019 Comments

कृष्ण के सी, अमेरिका फेब्रवरी २२, २०१९

(यो लेख नेपाल पत्रकार महासंघ युरोप शाखाको स्मारिका २०१९ मा पहिलो पटक प्रकासित भएको छ तर यहाँ उक्त लेखलाई केहि परिमार्जित् गरि पोष्ट गरिएको हो)

म चस्का, झस्का र छेक्सालाइ फट्का मार्दै अगाडी जाने व्यक्ति हुँ, अल्झेर बस्दिन। पछाडीबाट धारेहात लगाउनेहरु कहाँ छन् त्यसले मलाइ कुनै असर गर्दैन। घमण्ड होइन तर त्यो मेरो स्वभाव, बानी र सिकाइ हो। मेराबारे कसैले लेखोस, कमेन्ट गरोस त्यो अपेक्षा र प्रतिवाद दुवै कुरा ममा छैन। तर मेरो घरमा, मेरो ठाउँमा, मेरो एरियामा कसैले सुकेनासको पाखुरा फड्कार्छ भने त्यसलाई एक झापड हानेर प्रतिबन्ध लगाउँछु। उल्लुसँग जुवारी खेल्ने समय मसँग छैन त्यसैले प्रतिवादमा समय नष्ट गर्दिन।

म आफूमा कुनै पनि राज नेतालाइ भगवान मान्ने चलन छैन। बरु उनीहरुलाई सहि बाटोमा जान सुझाउन सके गर्छु, उनीहरुका राम्रा कुराको प्रसंसा गर्छु। तर गलत रवैवालाइ पनि सही भन्दै थपडी मार्ने पटक्कै मन पर्दैन। उसैपनि राजनीतिमा विचारको खडेरी छ। किनकी नेपाली राजनीतिमा हरेक विचारलाइ प्रयोग गरिएको छ। त्यसैले राजनीतिको पछि लाग्ने विचारले समाजमा खासै प्रभाव पार्न सक्दैन र पारे पनि फलदायी असर पार्दैन। उसै पनि मैले चिनेको र मलाइ चिन्ने एकजना मात्र नेता उदय शम्शेर राणा मात्र छन्। बाँकीले मलाइ चिन्दैनन् उनीहरुलाइ समाचारमा पढ्छु त्यो भन्दा धेरै अपेक्षा छैन। हुन त फलाना दाइ, बा या नेतालाई भेटेर बिशेष कुरा गरियो भनेर फोटो टस्साउनेहरुको फेसबुक हेर्दा धेरै पटक मलाइ कफी सर्केको स्मरण छ।

अब प्रवेस गरौँ बिषयतर्फ। यो नेपाली मुलका लेखक, पत्रकार र संचारकर्मीहरुका बिषयमा लेखिरहँदा मैले आफ्नोबारे पनि लेख्नु पर्ने हुन्छ। जसले आफूलाई जोगाएर अरुकाबारे मात्र लेख्छ त्यो लेखनको न्यायिक सिद्धान्तमा पर्दैन भनिन्छ। पहिला आफूलाई लो प्रोफाइलमा राखेर नाङ्गेझार पारेर टपरीमा पस्कनुपर्छ अनि मात्र अरुकाबारे लेख्न पाइन्छ भन्ने कुरामा म विश्वास गर्छु। आखाले सधैं सत्य मात्र देख्न सक्दैन। देखेर मात्र लेख्दा गहिराइमा पुग्न सकिन्न। घटना बुझ्न आँखा भएर मात्र हुदैन चेतना पनि चाहिन्छ। लेखकसङ्ग चेतना छैन भने उसको लेखनमा ह्रश्वो-दिर्घा मिलेको मात्र हुन्छ अनि लेखकका कुरा बुझ्न पाठकलाई गाह्रो हुन्छ। ती सबै छोडेर आजकल खेतालाकारिता, ज्यालाकारिता, चाटुकारिता इत्यादि गर्नेहरु नै धेरै रहेछन। हिजो बेजोडले बिरोध गर्थे एकै रातमा के हुन्छ कुनी आज त्यहि बिषयलाई मखमली चढाएर लेख्छन।

एउटा पत्रकार हुन पुरा गर्नुपर्ने आधारभूत कुरा पुरा गरेको छु। तर पनि म आफूलाई पत्रकार हुँ जस्तो लाग्दैन र भन्ठान्दिन पनि। उसै पनि नेपाली समाजले पत्रकारलाई हेर्ने दृष्टिकोणमा खडेरी मात्र होइन सुक्खा नै लागेको छ। त्यो सम्झंदा त मेरो मन नै कुंडिएको हुन्छ। म बिचार र जीवनमा त्यतिधेरै गरिवी पनि हुन् सक्दिन कि म आफू नेपाली पत्रकार नै बन्न परोस।

मैले पत्रकारिता बिषयमा औपचारिक अध्ययन गरेको छैन। नेपालमा कलेज पढ्दा दुइ हाप्ता जति एउटा साप्ताहिक, प्रिन्ट मिडियामा काम सिकेर एक-दुइवटा जति समाचार छपाएको भने हुँ। अनि संस्थागत रुपमा केहि दर्जन जति स्मारिका र पुस्तक प्रकाशक/संपादक भएको बाहेक नेपालमा रहंदा गरेको अरु अनुभव छैन। यसो भन्दा सुन्नेलाई जेसुकै होस् तर मलाइ पटक्कै लाज लाग्दैन किनकी म सत्य बोल्दैछु। अमेरिकामा भने २००७/८ तिर देखि यो पेशामा निरन्तर छु। सुरुमा अरुको लागि, २०१३ मा पार्टनरशीपमा काम गरे तर २०१५ देखि भने आफ्नै एकल मिडिया संचलान गर्दै आएको छु। एउटा पत्रकारको लागि आवश्यक्त सबै मापदण्ड पुरा गरेको छु तर पनि म आफूलाई पत्रकार भन्न पटक्कै मन पराउँदिन।

समाचार, लेख, इस्यू इत्यादि लेखन देखि कहिले काहिँ साहित्य लेखन पनि सिक्न थालेको छु। कहिले काहिं आफूलाई स्वतन्त्र तर देब्रेपन्थी पत्रकार भन्नेहरुले मलाइ मुलधारको होइन भनेर धारे हात लागाउँछन्। तर त्यसबाट मलाइ कुनै असर पर्दैन। म चस्का, झस्का र छेक्सालाइ फट्का मार्दै अगाडी आएको व्यक्ति हुँ। बिचौलीयाको पासोमा परेर अल्झेर बस्दिन। अरुले के लेख्छन र के भन्छन त्यसले मलाइ खासै असर गर्दैन तर मैले के पस्कन्छु त्यसमा ध्यान दिन्छु।

मसँग लेखनमा स्थापित साहित्यकारहरुको जस्तो बोल्ने र लेख्ने फरक भाषा छैनन। म जे भाषामा बोल्छु त्यहि भाषामा लेख्छु। मलाइ सोह्र सिंगार गरेर फुलबुट्टा भरेर लेख्न पनि आउँदैन। हुन त आजकल नेपाली पाठकहरुलाइ साहित्यका सात घुम्ती घुमाएर लेखेको लेख पढेर बुझ्नलाइ कन्ष्टिपेशन निकाल्ने समय र मन दुवै रहेनछ। यसले नयाँ पुस्तालाइ भाषा सिकाउने भन्दा बितृष्णा पैदा गरेको छ। त्यसैले होला साहित्य लेखनमा स्थापित भन्नेहरुको लेखनमा पाठकहरुको खडेरी परेको देखिएको छ। नयाँ पुस्ताका पाठकहरु सोझो रुपमा बिषयलाइ बुझ्ने भाषामा लेखेको मन पराउँदा रहेछन। यो कुरा मैले प्रजातान्त्रिक बिचार समाजको “चिन्तन” भन्ने पुस्तकमा धुरन्धर लेखकहरुको माझ आफ्नो लेख अटाएपछि पाएको पाठक प्रतिकृया हो।

उसै पनि लेखकहरुले लेखेको कुरा फ्याक्ट्रीमा बनेको सामान जस्तो तयारी भएर आउँदैन। त्यसमा संपादकहरुको दिल, दिमाग र विवेक घण्टौ सम्म लाग्छ। लेख-रचनामा संपादकहरुले उपमा, अलंकार, शुद्धा-शुद्धि र श्रीङ्गार अनेक भर्छन। त्यसपछि मात्र लेखकका रचनामा बुडो भैंसीबाट बनेको मीठो मम जस्तो भएर पाठक समक्ष स्वादिष्ट भएर आउँछ। अजिबको कुरा, संपादक आफैंले लेख या रचना लेखे भने चाहिँ गेमका कोचले गेम खेलेर हारेको जस्तो हुँदो रहेछ। मेरो बुझाइमा सबै उत्कृष्ट संपादक राम्रा लेखक हुने क्षमता राख्दा रहेनछन।

अब भूमिका पुग्यो, बिषयमा ड्याम्मै प्रवेश गरौँ। हुन त नेपाली मुलका पत्रकार तथा संचारकर्मीहरुले आफूलाई उच्च स्थान र सम्मानित स्तरमा स्थापित गरेका होलान। तर पनि आम रुपमा उनीहरुलाई नेपाली मुलका नेपालीहरुले भने एउटा कंगालको रुपमा हेर्दा रहेछन। उनीहरुको दृष्टिमा नेपाली पत्रकारहरु भनेका मान्छे भन्दा पनि तलका प्राणी हुन् जो एक छाक खान पनि अरुको आश गर्छन। मान्छेहरु भन्छन, नेपाली पत्रकार भनेका एक बोतल बियर किनेर पिउने हैसियत राख्दैनन्। तर अरुले किनिदियो भने खुट्टा नटेक्ने गरी घर जान्छन। बिज्ञापनको आशामा बिषयलाई तोड-मोड मात्र गर्दैनन् समाचारमा पनि आफ्नो बिचार हालेर लेख्छन। खल्तीमा फुट्टी कौडी छैन, स्पन्सरमा भएपनि बर्थडे मनाउँछन्। अनि त्यहि फोटो फेसबुक, इन्ष्टा र ट्वीटमा अपलोड गरेर पत्रकारितामा आदर्शका कुरा गर्छन; धेरै पत्रकारहरु त।

उता भने बरिष्ठ पत्रकार, ब्यूरो र संचारगृह संहालेका भनिएका पत्रकारहरुको संस्था भन्छन अनि नेपालका डाक्टरले प्रेसक्रिप्शन लेखे झै बिज्ञप्ति लेखेर समय भन्दा तीन दिनपछि हातले कोरेर पठाउँछन्। पाउ नै मलेर स्पन्सरमा सिटी-सिटी, देश, विदेश दौडाहा गर्छन। अझै पनि घाँटीको कलरमा तिनपत्र कालो भएको पसिना गनाउने कपडा लगाउँछन्। गनाउने मोजा र पत्रे मैला अनि खुइलिएको ज्याकेट लगाएर, पाधेकिराको झैं बास्ना दिंदै रिपोर्टिङ्ग गर्न अगाडीको स्थान माग्छन। थाकेको रुपमा उनिहरुले “हाइ” गर्दा पनि हिजोको खोइला बिर्कोको गन्ध तीन फिट पर सम्म ह्वास्स आउँछ। अनि नेपालमा पत्रकारिता राष्ट्रको चौथो अङ्ग हो भनेर गौरवब गर्छन। भलै आर्जे र भिजेहरुमा भने यो लागु नहुन सक्ला। तर यस्तो आरोप छ नेपाली पत्रकारिता जगत र आम पत्रकारहरुलाई।

पत्रकारहरु सबैभन्दा धेरै राजनैतिक क्षेत्रबाट दुरुपयोग गरिन्छन। समाचार लेख्न देखि लेख र चाकडी पनि उनीहरुकै गर्छन पत्रकाहरु। तर पनि पत्रकारहरुले सबै भन्दा सपोर्ट नपाउने खोक्रो क्षेत्र पनि राजनैतिक क्षेत्र नै हो। अचम्मकै कुरा होला, यति धेरै सयौं, हजारौँ नेपाली पत्रकारहरुमा २०४६ साल देखि अहिलेसम्म मन्त्री बनेका पत्रकारहरु आधा दर्जन पुग्दैनन। बल्ल दुइजना मन्त्री भएका मध्ये एकजना त एण्ड्रोइडको आइफोन चलाउँदै “हेप्ने” भन्नमा नै ब्यस्त छन्। अर्कालाई महिलालाइ हेपेको आरोप छ। तर पनि कतिपय पत्रकारहरु भने मन्त्री र राजनैतिक नेताहरुको लाइनमा जी हजुरीको हार मिलाउन पुग्छन।

तर स्मरणीय कुरा के रहेछ भने, राजनैतिक क्षेत्रले पत्रकारलाइ दास सँझन्छन। उनीहरुका मौखिक कुरालाइ समाचार र लेख बनाउनुपर्छ। यति मात्र होइन उनका आसे-पासे, दाउरे, धुपौरे, सुर्ती माड्ने, चाटुकार देखी हुन्छ मायालु सम्मको कविता र कथा समेत लेखिदिनु पर्छ। तर पनि कुनै पत्रकार, मिडिया र संचार गृहलाइ सपोर्ट भने एकदमै कम रुपमा गर्छन राजनेताहरु। हुन त केहि मन्त्रीहरुले गनिएकाहरुलाई चाडबाड खर्च दिन्छन रे भन्ने सुनेको छु प्रमाण भने मसँग छैन। सायद पत्रकार महासंघ र पत्रकारहरुको नजर यसप्रति पटक्कै परेनछ क्यारे।

नेपालमा गएको बेला केहि समय मन मिल्नेहरुसँग भेटघाट हुन्छ। केहि पत्रकार र केहि अरुहरुसँग भलाकुसारी हुन्छ। आजकल केहि पत्रकारहरुले दुइ प्रतिस्पर्धी नेता या कुनै समाजका उच्च व्यक्तिहरुलाइ अर्को पार्टीको स्पन्सरमा मात्तिने गरेर सक्सी पिलाउँछन्। अनि फुस्केका कुरा दोश्रो पार्टीलाइ दिने धम्कि दिएर असुली गर्छन भन्ने आरोप ललितपुरका निर्वाचित एकजना जनप्रतिनिधिबाट नै सुनियो। केहि समय पहिला प्रदेश सांसद माथि पनि यस्तै घटना भयो भन्ने कथा पनि सुनियो। तर यो कुरा पुष्टि गर्ने प्रमाण मसँग छैन।

अमेरिका लगायत थुप्रै देशमा नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रवासी मंचका हिमायतिहरु छन्। उनीहरुको व्यक्तिगत भ्रमण, पाश्नी, भ्याकेशन र ब्रतबन्धमा गएकोलाइ समेत कतिपय मिडियाले समाचार बनाउँछन्। तर पनि कुनै मिडिया र पत्रकारलाइ उनीहरुले सपोर्ट गरेको रेकर्ड भने कमै होला। तर पनि घुर्की र फुर्ती भने उनीहरुकै हुन्छ। पत्रकारहरुको कार्यक्रम हुनुपर्छ-फुट्टी कौडी सपोर्ट गर्दैनन् अनि स्टेजमा पहिला उनीहरुलाई नै बोलाउनुपर्छ अन्यथा त्यो घोर बिरोधी र दुइकौडीको पत्रकारमा दहरिन्छ। मेरो आफ्नै मिडियाको बार्षिक कार्यक्रममा त्यसो नगर्दा म आफैंले पनि त्यहि आरोप पाएको थिएँ।

यदाकदा रुपमा छोड्ने हो भने पत्रकार र संचार गृह पाल्ने र उनीहरुलाई सम्मान दिने भनेको उद्योग र ब्यापार ब्यबसायी क्षेत्र नै हो। तर पनि पत्रकारहरु भने उनीहरुप्रति धेरै बैगुनी र राजनैतिक क्षेत्रप्रति फोक्कडको बफादारी गर्दा रहेछन। कतिपय पत्रकारहरुको भने ज्यालाकारिता, खेतालाकारिता र चाटुकारिता अत्यन्तै धेरै हुँदो रहेछ राजनैतिक क्षेत्रमा। त्यसैले होला आम मानिसहरु पत्रकारलाइ चाटुककार पनि भन्दा रहेछन।

कतिपय पत्रकारहरुले चाहिँ आफ्नो समय पत्रकारिताको भन्दा आफ्नै बखान गर्न खर्चेर बस्दा रहेछन। अनि धेरैजना जो बर्तमानमा पत्रकारिता नै गर्दैन केवल इतिहासको नाता जोडेर बसेका छन्। उनीहरु आफूलाई दाँत झरेको भएपनि टोक्ने बाघ नै हो भन्छन। यस्ता थोते बाघ पत्रकारहरुको समय चाहिँ ऋषि धमला खाले पत्रकारलाइ निन्दा गर्दैमा बित्दो रहेछ। तर पनि त्यो मार्काका थोते पत्रकार भन्दा पत्रकारितामा ऋषि धमला सयौं, हजारौं गुणाले अगाडि रहेछन। धमलाले हप्तामा नै थुप्रै ब्यानर समाचार श्रोत बनाउन क्लब नै चलाएका छन्। पत्रकारीतामा थोते बाघ बरिष्ठहरुले के गरे त्यो भने दुनियाँले नै जानुन। केहि भाडाका लेखन्दासहरुले मलाइ लगाउने आरोप पनि त्यस्तै छ। तर पनि म उनीहरुको हैसियत भनेको यदाकदा अरुको अनलाइनतिर पक्ष र विपक्षमा ज्यालाकारिता गर्ने हो। अझै पनि मैले बिचरा भन्न गएको छैन।

निचोडमा भन्नुपर्दा-आम नागरिकले नेपाली पत्रकारहरुलाई निकम्मा, भिखारी, कंगाल चाटुकारको रुपमा हेर्दा रहेछन। कुनै दिन यस्तो पनि होला कि, नेपाली पत्रकार भनेका चिटिक्क परेका, आफ्नो बियर आफै किनेर पिउन सक्ने, राजनैतिक चाटुकारीता भन्दा उद्योग र ब्यबसयलाइ धेरै महत्व दिने, नेताको भन्दा नागरिकको राजनीति गर्नेलाई स्थान दिने, आम नागरिकको मन जित्ने, सहि र गलत उस्तै लेख्ने, काँगेस र कम्यूनिष्टको समूहमा बनाएर चुनाब नलड्ने अनि आफू आफैं स्वाभिमानी हुने। त्यो दिन म आफूलाई पत्रकार हुँ भन्दा गौरब लाग्ला।

अन्य लेखहरु

हरेक कुरामा लड्नु र लड्न बाध्य पार्नु जरुरी रहेन छ, धर्म अफिम होइन दैनिकी हो

नेपाल जाँदै हो? त्रिभुवन बिमान स्थलमा ५-६ घण्टा कुर्नुपर्छ, ट्रली लिएर भर्याङ्गबाट झर्नुपर्छ

राजनीति बाहेक अरु नजान्ने ज्वारीकोट लाउने सुत्रै-सुत्रले देश चलाउने

जे म चाहन्थे त्यो केहि पनि पाइन तर जे मेरो लागि आवश्यक थिए सबैकुरा पाइयो

वा रे सर्बहाराका मालिक; बासी पानी समेत आप्रबासी पिउने

समाजबादीले सुरु गरे, कम्यूनिष्टले निरन्तर दिने गरेको राष्ट्रसंघको महिला दिवस

राजनीति बाहेक अरु नजान्ने ज्वारीकोट लाउने सुत्रै-सुत्रले देश चलाउने

पञ्चाङ्गेहरुको आइतबार दशैं टीका लगाउने बेतुकको उर्दी पूर्ण रुपमा असफल

अबोध प्राणी जुदाएर रमिता गर्नु महापाप, साँढे जुदाउने कार्यक्रम बन्द गर्नुपर्छ

ॐ: जित भन्ने कुरा क्षणिक, हरपल र जिवन्त हुन्छ, कुकुर, स्याल र सिंह जस्तै

कुर्सी पाउने लोभ र कुर्सीबाट हट्ने डरले गुम्रिएको नेपाल देश

डनबादी ओली र गनबादी प्रचण्ड मिलेर बनेको नेकपाले लाशको कमिशन माग्न थाले

श्रमिकबाट जम्मा भएको १२ अरब रुपैयाँ उनीहरुलाई नै फिर्ता दिनुपर्छ सरकार

नयाँ वर्षबारे खोजतलास गर्दा पाइएको कुरा

किन क्रिष्टमस २५ डिसेम्बरमा नै मनाइन्छ, छोटो अध्ययनबाट

गोलीको भन्दा बोलीको शक्ति धेरै हुन्छ, गोली खाँदा हाँस्ला बरु एक वाक्यमा रुन्छ

बार्षिक ३०० टन भन्दा धेरै प्लास्टिकका सामानको उत्पादनके हुन्छ

ज्ञानी र सज्जनहरुले धेरैजसो घाटाको जिन्दगी जीउनु पर्दो रहेछ

ज्ञानी र सज्जन हुनु भनेको घाटै-घाटाको जिन्दगी जीउनु हो

नेपाली पात्रकारलाई नेपाली समाजमा कंगाल, निकम्मा, एउटा बियर किन्न नसक्ने भुक्का भनेर चिन्छन

नेपाली पात्रकारलाई नेपाली समाजमा कंगाल, निकम्मा, एउटा बियर किन्न नसक्ने भुक्का भनेर चिन्छन

चिल्लो बाटो, टेक्सी ड्राइभरको भाषण, चियापानमा अल्झेको राजनीति र अमेरिकानो कफी

नेपाल इन्भेट्मेण्ट बैंकमा ग्राहक सेवा तुच्छ, एउटा खाता खोल्न दुइ दिन लाग्छ

लेखनमा आफ्नै प्याट्रन र पढेर बुझ्नमा कन्स्टिपेशनका कुरा

राजनीति र कुटनीतिका कुरा:अध्ययन, शुक्रनीति र फेसबुक कमेन्ट समेत

https://hollywoodkhabar.com/nrna-kumar8oct-kathmandu

https://hollywoodkhabar.com/nrna-deligets2019-krishna

अमेरिकाबाट तत्काल नेपाल जानुपूर्व:जनस्वास्थसँग संबन्धित निम्न कुरा गर्नुहोस

सेवा के हो त

धर्म के हो त ? गत महिना मैले फेसबुक वालमा गरेको सर्वे सहित छोटो विवेचना

विश्व युद्धले भन्दा धेरै मान्छे मार्ने कम्यूनिष्ट र काँग्रेसमा ५५ बर्ष उमेरका कुरा

उनले भने- सफा र चिटिक्क पहिरन लगाउनाले मन चंगा हुन्छ र जोश बढेर आउँछ

https://hollywoodkhabar.com/prachanda-canada-depart

https://hollywoodkhabar.com/gpk-canada-article2019march

पशुपति भयौ अति कान्छाहरु उरालेर गाउनु पर्ने तिम्रो मति

प्रधानमन्त्री हुन: होली वाइनको सुर्को, गधा, सुँगुर, जटायु पूजा र सिद्ध बाबाको धोतीको फुर्को

लघु कथा: तलब बढाउँदा र घटाउँदा पनि कुनै प्रतिकृया नजनाएको मान्छे

माघ महिनामा धेरै दर्शनार्थी आउने सन्तानेश्वरको भिडियो सहित

रेशम फिरिरि रेशम फिरिरि जेलमा जाउँ सल्युट खाउँ रेशम फिरिरि