-Krishna KC

लेखनमा आफ्नै प्याट्रन र पढेर बुझ्नमा कन्स्टिपेशनका कुरा

Hollywood Khabar September 06,2019 Comments

कृष्ण के सी/अमेरिका/९/७/१९

कतिपयलाई लेखनमा प्याट्रन हुन्छ भन्ने कुरा थाहा छैन होला। कतिपय चाहिं लेखाइको प्याट्रन मिलेन भन्दा रहेछन। नजान्नु कुनै गल्ति होइन। तर लेखनमा प्याट्रन मिलेन भन्नेहरुको पढाइ पुगेन भन्छु म। कम्यूनिष्ट भाषामा जड्सुत्रबादी र मेरो छुच्चो भाषामा स्कूल अफ क्लासिक माइण्ड।

सृष्टिमा ॐ बाहेक कुनै पनि कुराको प्याट्रन भगवानले बनाएको होइन भन्ने कुरा मलाइ मान्नुछ, मेरो विश्वास छ। त्यसैले सबैकुरा परिवर्तन र रेप्लेसमेण्ट हुन्छ तर ॐ को कसैले पनि रिप्लेसमेन्ट गर्न सकेको छैन र सक्दैन पनि। किन कि ॐ भगवानबाट आएको शब्द, हृदम, मन्त्र या जे जे हो सबै हो। बाँकी सबै कुरा कालन्तरमा महर्षि, ऋषि, महामानव र मानवले सृजेका हुन् भन्ने मेरो जिकिर छ।

लेखनममा प्याट्रनको कुरा गर्दा कतिपयलाइ कसले कुन कुरा सुरु गरेको भन्ने थाहा छैन। तर निरन्तरता भने दिएका छन् जानेर या नजानेर। छन्द या अरु कुनै कुरामा पनि। उनीहरुलाई आफूले जानेको बाहेक अरु गलत भन्ने लजिक लाग्छ। तर दुनियाँ, वास्तविकता र आधार भने विल्कुल त्यस्तो छैन। मलाइ मुलधारको पत्रकार होइन भने लिखितम र बकितम गर्ने पत्रकारिताका १५ सदस्य प्लाटुन कमाण्डर महासयले केहि समय देखि मेरो कुरा फलो गर्न थालेको प्रमाण मसँग छ। आफ्नो देशको परिस्थिति नहेरी कम्यूनिष्ट शाशन खोजेको जस्तै हुन्छ।

उसो त यौनाबादी साहित्य सत्य युगमा नै थियो भन्ने मेरो मान्यता छ। स्वर्ग, अप्सरा, मेनका, नृत्य, ६४ कला, १६ सृंगार यी पुराना कुरा हुन्। तर आधुनिक लेखनमा यौनाबादी साहित्य सिग्मण्ड फ़्रायडले सुरु गरे। अनि नेपालीमा भने बिश्व्श्वर प्रसाद कोइरालाले त्यसलाई निरन्तरता दिए। बिपी यौनबादी साहित्य प्याट्रनका फोलोवर हुन् भन्ने पनि धेरैलाई थाहा छ।

उसो त प्याट्रन धेरै क्षेत्रमा हुन्छ, गीत र संगीतामा पनि हुन्छ। हरेक प्याट्रनको सुरुवातको पछाडी इच्छा र बाध्यताले प्रमुख भूमिकी खेलेको देखिन्छ। अल्छिको जति कुरा जैसीले जान्दैन भन्ने उखान सहि छ। अल्छी व्यक्तिले अल्छी लाग्दा आफूलाइ सजिलो गर्न प्रविधिको बिकास गरेर सजिलो बनाएको घटना धेरै छन्। त्यहि कुरा पछि निरन्तर हुन्छ र प्याट्रन हुन्छ। साहित्य या लेखनमा प्याट्रन कारणवस सृजना र विकास हुने कुरा हुन्। लेखनमा पनि त्यस्तै प्याट्रन हुन्छ।

लेख्न सिक्दै गरेको मैले कुनै प्याट्रन फोलो गरेको छैन। मैले आफैंले आफ्नै बाध्यता र इच्छाले सिक्दै गरेको अवस्थामा ठाडो रुपमा लेख्ने गरेको छु। मेरो मान्यता हो, बोलाइ र लेखाइको दुइ भाषा हुन्न र आवश्यक्त छैन। जे भाषामा दैनिक बोलिन्छ त्यो भाषा र शैलीमा नै लेख्ने हो। त्यहि मेरो सिकाइ, सुरुवात र बाध्यता सबै हो। भाषाको बिकास पहिला र ब्याकरणको बिकास त्यसपछि हुन्छ। पृथ्वी नारायाण शाह पालामा बोल्ने भाषाको लेखन ऐले कसैले बुझ्दैन।

त्यसैले, आजकलका महान भनिने लेखकले लेखेको कुरा ८०% मान्छेले बुझ्दैनन्। तर मैले लेखेको कुरा ८०% ले मुझ्दछन। तर २०% प्याट्रन मिलेन भनेर खोट लगाउँछन् धेरैले। म अटेर होइन तर मलाइ त्यसको कुनै पर्वाह छैन। किन कि म ८०% लाइ भ्यालु दिन्छु र २०% लाइ सम्मान गर्छु।

अब कडा रुपमा भन्नुपर्दा, मुर्दाको सद्गगति गर्ने मलामी घरमा घुरेर निदाउने व्यक्ति कि त लाश जलाउने कारिन्दा हुनुपर्छ कि दिमागी असन्तुलन भएको व्यक्ति या भोक न भकारी सोक न सुर्ताको व्यक्ति हुनुपर्छ। अन्यथा त्यो ठाउँमा घुरेर दिउँसै निदाउन सहज अवस्था भने हुँदैन। प्याट्रनको खोट लागाउनेहरुलाइ म त्यहि दर्जा दिन्छु।

मेरो बुझाइ र मान्यता जे बोलिन्छ त्यो नै लेख्ने हो। जे दुनियाँले बुझ्दछन त्यहि भाषा बोल्ने हो अनि लेख्ने हो। लेखेको कुरा पढ्न कन्स्टिपेशन निकालेर पढ्नुको अर्थ समयको बर्बादी हो। यसलाई मृत लेखन भन्न सकिन्छ जो पढेर पनि कसैले बुझ्दैन। कमेडी गर्नेले घरमा र अन्य काममा पनि कमेडी गर्दैन। डाक्टरले घरमा पनि सुइ घोचेर बस्दैन। ठाउँ र परिस्थिति अनुसार सबैले फरक लेखन गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता हो।