-Krishna KC

चिल्लो बाटो, टेक्सी ड्राइभरको भाषण, चियापानमा अल्झेको राजनीति र अमेरिकानो कफी

Hollywood Khabar October 25,2019 Comments

कृष्ण के सी/काठमाण्डौ/१०/२७/१९

२०१७ को अक्टुवरमा काठमाण्डौ आउँदा चक्रपथ वरपर जानु भनेको सजायँ जस्तै थियो। २०१९ को सोही महिनामा आउँदा चक्रपथको बाटो चिल्लो र चौडा भएछ। गाडिहरु हुइकिंदा रहेछन तर अर्को खतरा बढेछ, बाटो काट्न हम्मेहम्मे।वारिबाट पारी पुग्दा बल्ल बाँचियो भनेर छातीमा हात राखेर भगवानलाइ धन्यवाद दिनुपर्ने रहेछ।

एउटा टेक्सी ड्राइभरले भन्दै थिए सातदोबाटो देखि बल्खु सम्म यो बर्ष १९ जना मान्छे बाटो काट्दा मरिसके। आज मात्र एउटा ड्राइभरलाइ ग्वार्कुमा लरीले ठक्कर दिएर मार्यो। बाटो चौडा र मनग्ये छ। तर पनि बाटो काट्न कुनै लाइटको ब्यबस्था देखिएन। कतै-कतै आकासे पुलहरु छन् तर प्रयोगमा कम आएको देखियो। भित्रका बाटाहरु धेरै भत्केका रहेछन।

प्रधानमन्त्रीले भने जस्तो मास्क फ्री त पटक्कै होइन रहेछ काठमाण्डौ भ्याली। एक छिनमा धुलोले खोकी लाग्दो रहेछ। धेरै ठाउँमा कालो-पत्रको सट्टा खाल्डा र ढिस्कुरा रहेछन। सातदोबाटो ट्राफिक प्रहरी कार्यालय नजिकै नै धेरै ट्राफिक जाम हुँदो रहेछ। त्रिचन्द्र कलेज नजिकबाट बाटो काट्न लगभग ज्यान जोखिममा नै राख्नु पर्ने रहेछ। लेनको सडकमा गाडी चालकहरु न दायाँ लेनमा न बायाँ लेनमा बिचमा चलाउँदा रहेछन। त्यसो गर्दा दुइ लेनको बाटो एक लेन जस्तो हुनेरहेछ। उसै त ट्राफिक त्यसमा पनि मोटरसाइकलको चापले खपिनसक्नु।

यसै क्रममा एउटा टेक्सी ड्राइभरले भन्दै थिए, यो सबै नेपालीलाइ शेयर दिएर लगानी गर्ने हो भने ठीक हुन्छ। उनको कुरा मैले एक छेउ पनि भेउ पाइन। तर पनि उनि ड्राइभर कम नेता धेरै जस्तो बोल्दै थिए। मलाइ भाषण छाँट्दा गाडि कहिले बिचको लेनमा चलाउँथे त कहिले लेन क्रस गरेर हंक गर्दै अर्को पति च्यापेर लैजान्थे। तर पनि बोल्न छोडेका होइनन, सुन्धारा देखि उनको भाषण सुन्दै म घर पुगें अझै उनको भाषण रोकिएको होइन। बिचबिचमा घण्टीबज्दै थियो, मैले सोधे के बजेको, उसले भन्यो- यो पठाओ कम्पनीको कल हो। नेपालमा कति धेरै ब्यबसायी, धनाड्य, आइटीका बिज्ञ छन् तर बंगलादेशी पठाओ कम्पनीले चौपट्टै बजार पिटेको रहेछ। अमेरिका, युरोपको उबर र लिफ्ट जस्तै।

अमेरिकामा जनसम्पर्क र प्रवासीमंचका धेरै नेताहरु टेक्सी, उबर र लिफ्ट ड्राइभर छन् भन्थे नेपालमा चाहिं ति ड्राइभरको भाषणले सबै ड्राइभर नेता हो जस्तो लाग्यो।

उसो त काठमाण्डौ भ्यालीलाइ चियापानले पनि चौपट्टै झ्याली पिटेको देखियो। खासै भन्ने हो भने नेपाली काँग्रेसका तत्कालिन नेता तथा नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहले सुरु गरको भनिएको चियापान ऐले त फेशन र प्रतिस्पर्धा नै भएछ।

हरेक राजनैतिक पार्टी र तिनका भात्रीसंगठन मात्र होइन पत्रकारका संस्थाले पनि गर्न थालेछन चियापान। गणेशमान कालिन चियापानको अर्थ तत्कालिन राजनीतिमा भेताघटको तरिका र परिवर्तित संदेश समेत थियो होला तर ऐले ? धेरै राम्रा कुरा पनि भएका होलान तर पनि देखेको कुरा लेख्दा भने गौरव गर्ने भन्दा दिक्क हुने कुरा धेरै पाइयो।

बाटो अस्तव्यस्त छ। समाज अनियन्त्रित र विभाजित छ। सुरक्षा एकदमै कम छ, जीवन जोखिममा छ। जनताको आर्थिक वृद्धी भएको छैन। पहिला जसरी मान्छेहरु सडकमा माग्थे ऐले पनि त्यो कायम नै रहेछ। पहिला प्राइभेट अफिस चुस्त हुन्थे तर ऐले त्यो पनि पहिलाको सरकारी जस्तो रहेछ। एक किसिमले भन्दा काठमाण्डौ भ्याली एकदमै अनियन्त्रित र खै के के भनेको जस्तो रहेछ। मान्छेहरु स्ट्रेसफुल रहेछन। बहुसंख्यक जनताहरु सरकार बिरोधी रहेछन। यहि रवैया हो भने अर्को पल्ट दुइ तिहाइको बहुमतले “हेप्ने” होइन चार तिहाइले हर्न बेर छैन।

बढेको कुरा भेटघटको नयाँ तरिका कफी पसल रहेछ। १९७० ताका अमेरिकामा चलेको जस्तो लण्डन कफी हाउस गसिप नेपालमा ऐले चलेको रहेछ। नेपालमा कफि यति महँगो रहेछ कि कुरा गरिसाध्ये छैन। अमेरिकाको सबैभन्दा महंगा कफी स्टारबक्स र पिट्स हुन्। स्टाइल त त्यो जस्तै तर पनि साधारण कफी पसलमा पनि कफी महँगो रहेछ।

अमेरिकामा स्टारबक्सको २४ आउँसको भन्दा काठमाण्डौमा ६ आउँसको कफी धेरे महँगो रहेछ। तर पनि धेरै जवान र बयस्कहरु अमेरिकानो कफी धेरै पिउँदा रहेछन। मैले चाहिँ मेरो छनोटको आइसटी नपाएकोले लाटे पिउंथे। अरुहरु भने छक्क पर्थे। उनीहरुको नजरमा अमेरिकानो उत्तम रहेछ। हुन त कफीको समय यहि भन्ने छैन। प्राय अमेरिकी बजारमा चाहिं बिहान हो। तर पनि काठ्माण्डौमा चाहिं सांझ धेरैले पिउँदा रहेछन।