-Krishna KC

गोलीको भन्दा बोलीको शक्ति धेरै हुन्छ, गोली खाँदा हाँस्ला बरु एक वाक्यमा रुन्छ

Hollywood Khabar December 16,2019 Comments

कृष्ण के सी/अमेरिका/१२/१७/१९

मेरो विश्वास र समाजको अध्ययनको आधारमा यो मान्नु छ कि गोलीको भन्दा बोलीको शक्ति धेरै हुन्छ। गोली खाँदा नरोएको मान्छे बोलीको एक वाक्यले धुरु-धुरु रुन्छ। कतिपय मान्छेहरुलाई एक झापड हान्दा पनि चुप बस्छन। युद्धको सिपाही गोली खाँदा पनि मेरो देश भन्दै हाँसेको हुन्छ। तर त्यहि गोली खाने सिपाही पनि कसैको एक शब्दको गालीले मन दु:खाउँदै घण्टौ सम्म घुँक्क-घुँक्क गर्दै रुन्छन।

हुन त मान्छे भन्ने प्राणी स्वार्थी र अजीवको छ। अरुको दु:खमा खुशी पनि मनाउन सक्छ अनि आफ्नो पर्दा धर्ती गिरेको संझन्छ। जनताका छोराछोरी र हजारौ नेपालीहरुलाई मार्दा जनयुद्दको जीत संझेर खुशी मनाउने प्रचण्ड आफ्नै छोरा-छोरी मर्दा चाहिं बिछट्टै रोए।

त्यसैगरी, मन बिटोलिएर या कुनै कारण टाढा गएका अनि बाटो बिराएर गएका, हराएकाहरु पनि एक वाक्यको बोलीले गर्दा फर्केर आउँछन्। दुइ टुक्रा र आपसमा लडेका नेपाली काँग्रेसका हिमायतीहरु तत्कालिन पार्टी सभापति गिरिजा प्रसाद कोइरालाको अब पार्टी एकीकरण हुन्छ भन्ने एक वाक्यले मिलेर गए।

आपसी छिमेकि भएर करेसाबारीमा लडेकाहरु एक वाक्यकै कारण सँगै मिलेर भत्तेर खान्छन। एक कोदाली आली मिचिंदा हिलोमा लाप्पा खेल्ने संधियार पनि मर्दा-पर्दा मिलेर बस्छन। एक भुल्को पानी खेतमा लगाउन पालो पाउन लडेकाहरु पनि एक वाक्यले गर्दा मिलेर जन्ती जान्छन। तँ मरेको दिन त खशी काटेर खान्छु भन्ने छिमेकी पनि त्यहि दुश्मन मर्दा रुँदै मलामी जान्छ।

अंश र भागबण्डा नमिलेको भन्दै लडेका दाजु-भाइ र दिदी-बहिनीहरु पनि एक शब्द र एक वाक्यले गर्दा मिलेर जान्छन। एउटा पदमा सँगै चुनाव लडेकाहरु पनि जित्ने व्यक्तिको एक बोलीले गर्दा सँगै मिलेर गएका छन्।

अरुको त कुरै छाडौं, हकार्दा उल्टो भुकेर टोक्न आउने कुकुर पनि मिठोसँग काले भनेर बोलाउँदा पछ्याएर पुच्छर हल्लाउँदै आउँछ। खान पाउने आसमा निकम्मा बिरालो पनि सुरीलो स्वर दिएर चुलोबाट उठेर नजिक आउँछ। मान्छेको एक वाक्यमा यति धेरै तागत छ कि जंगली जनावर पनि तह लगाउन सक्छ।

मान्छेको एक वाक्यले जनावर, मानिस, बोट बिरुवा र प्राणी सबैलाई काबु गर्न सक्छ। अझै भन्नुपर्दा मान्छेको वाक्यकै अगाडी भाँडा-कुँडाले पनि सुरिलो धुन दिन सक्छ। मान्छेमा यस्तो तागत छ कि थुप्रै सामान आपसमा ठोक्काउँदा पनि मान्छे आफैं नाँच्ने बाजा बज्छ। मान्छेको वाक्यमा बिछ्ट्टै तागत छ। म मतदाताप्रति बफादार रहन्छु भनेर हजारौं मत ल्याएर जितेको व्यक्तिलाइ पनि अर्को एउटा व्यक्तिले एक वाक्यमा गलत काम लगाउन सक्छ। अनि उ सारा बाचा बिर्सेर त्यहि गलत काम गर्न पुग्छ।

वाक्यको अगाडी कसैको केहि लाग्दैन। सारा डायस्पोराका नेपालीको हितमा काम गर्न गैरआवासीय नेपालीको लागि संस्था स्थापना गर्ने डा उपेन्द्र महतोले पनि त्यहि संस्था त्याग्नु पर्छ। आसे-पासको वाक्य सुनेकै कारण गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भबन भट्ट आफू त चुर्लुम्मै डुबे संस्था पनि डुबाएको नजिर हाम्रा अगाडी छ। जे जे भएपनि मान्छे हो जन्मेपछि मर्नुपर्छ अनि बाटो सबैको उस्तै हो। एक दिन बुढो, बच्चा र जवान होइन ढिलो या चाँडो हामी सबै मर्नुपर्छ।

सोहि गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष कुमार पन्तलाइ पनि त्यहि वाक्यको कुष्ठ रोगले छोएको छ। उनले पनि २१ वटा गौदान गरेर पुण्य कमाउँछु भन्दा एउटा वाक्यमा चुकेर १२ भन्दा धेरै चौराहाबाट ल्याइएका गाइ चाहिं भारी नपुगेर हिन-हिनाउने खाले परेछन। अब उनको पनि हालत त्यस्तै हुन्छ। उनले यसबाट पुण्य होइन अब हिन-हिनाउने गाईलाई नुन बोकाएर गुप्सी पाखा-लाप्राकतिर लागे हुन्छ।

मान्छेको वाक्यमा यस्तो धेरै तागत छ कि भगवानलाइ पनि भजन गाएर खुशी पार्न सक्छ। मान्छेको वाक्यको अगाडी सृष्टिकर्ता भगवान पनि स्वयं प्रकट भएर आशिर्वाद दिनुपर्छ। चुण्ड मुण्डको अगाडी अध्यक्ष कुमार पन्त त चुक्नुपर्छ सिरोधार्य गर्दै झुक्नुपर्छ। हामी त सुनील साहका दोश्रो दर्जामा पनि बल्ल परेका रैति प्रतिनिधिमण्डलका लागि लडाइ जितेर मतदाता भएका मान्छे लडेरै जिउनु पर्छ। तर लड्नेहरु नै उठेका हुन्छन र जितेका हुन्छन, फेरि एक पटक लड्नुपर्छ। फाटेको टोपी छ भने देउन साथी हो एक पटक फेरि सिउनुपर्छ। कतै अध्यक्ष कुमार पन्त अमेरिका आए भने हिन-हिनाउने गाइहरुले त खादा लिएर स्वागत गर्न जालान म भने संगै बस्दा टालेको टोपी लगाएर बारमा ताण्डव नृत्य गर्ने भजन गाउँदै पिउनु पर्छ।