कृष्ण के सी/अमेरिका/१२/१३/१९
प्लास्टिकको दुनियाँ यस्तै हो भने २०५० मा पुग्दा समुन्द्रमा माछाको भन्दा प्लास्टिकको तौल धेरै हुनेछ। यो भनाइ एउटा स्वास्थ्य खाध्य उत्पादन र वितरण गर्ने एउटा कर्पोरेटको भनाइ हो।
युनाइटेड नेचरल फुड्स इनकर्पोरेटेडले आफ्नो उत्पादनहरुका बारे बताउने क्रममा थुर्पै जानकारी दिएको छ। उसले दिएको सूचना अनुसार यदि यहि रुपमा प्लास्टिकको प्रयोग हुने हो भने अबको ३० बर्षमा प्लास्टिकको दुनियाँले भयङ्कर स्वरुप लिनेछ।
हाल बार्षिक रुपमा ३०० टन भन्दा धेरै प्लास्टिक उत्पादन गरिंदैछ। अनि यस्ता प्लास्टिकका उत्पादन मध्ये ५०% चाहिँ एक पटकको लागि मात्र प्रयोग गर्ने खालका छन्। प्लास्टिकका उत्पादनमा कमसल पदार्थको प्रयोग गरिएको हुन्छ। अनि बिस्तारै यी पदार्थले जमिन र समुन्द्र दुवै ढाक्दै जान्छ।
स्मरणीय कुरा प्लास्टिकको आयु १०० बर्षको हाराहारीमा मानिन्छ। यसै कुरालाई मध्ये जनर गरेर विश्वका थुप्रै शहरहरुमा प्लास्टिकको प्रयोग कम गर्न थालिएको छ। यसको विकल्पमा पेपर, एलमुनियम, शिशा इत्यादिको प्रयोग बढाउन थालिएको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!