-Krishna KC

ज्ञानी र सज्जनहरुले धेरैजसो घाटाको जिन्दगी जीउनु पर्दो रहेछ

Hollywood Khabar December 13,2019 Comments

कृष्ण के सी, अमेरिका डिसेम्बर १४, २०१९

सेप्टेम्बर २०१७ मा प्रकाशित गरेको यो मेरो बिचारलाइ आज पुनर लेखन गरेर फेरि पोष्ट गर्दैछु। यदि मैले राम्रो सम्झेको छु भने ९/१० कक्षामा पढ्दै गर्दा होला, मेरो मिल्ने तर सारै चकचके साथीले भन्थ्यो, चोरी नगरी चतुर्याई हुन्न, फट्याई नगरे इज्जतै रहन्न। त्यो समय मलाइ त्यो कुरा जोक लाग्थ्यो। तर आज लगभग ३ दशक पछाडी आउँदा त्यो कुराबाट धेरै याद भयो। कता-कता समाजको अध्ययन गर्दा त्यस्तै कुरा नै सहि लागेको छ।

राजा महेन्द्र हुन या तथाकथित जनआन्दोलनका सर्दार, पुल्पिटका पादरी हुन् या भट्ट पुजारी नै किन नहुन सबैमा यस्तै देख्दैछु। एक किसिमले फट्याई गर्ने ठालु, इमानदारलाई आलु भन्ने उखान चरितार्थ भएको जस्तो लाग्छ।

सानो हुँदा आशिर्वाद पाइन्थ्यो; पढ्नु गुन्नु, ठूलो हुनु, ज्ञानी हुनु, धर्मी भएस, सच्चा गरेस आदि इत्यादी। अहिलेको समयमा आएर त्यो सबै हुनु भनेको चाहिँ सबै कुरामा ठगिनु र पछाडि पर्नु जस्तो लाग्न थालेको छ। अझै भन्नुपर्दा कुर्नु बाहेक अरु केही होइन भन्ने भान हुन थालेको छ। ती सबै गरेर अन्तमा आफ्नो हाता लाग्ने भनेको सुन्य मात्र हो। यहि कुरालाइ वर्तमान परिवेशका नेपाली समाजको जीवनलाइ तुलनात्मक रुपमा हेर्दा प्रतिजवाफमा पाइने नतिजा अचम्मको छ।

अर्को गहन उखानको कुरा स्मरण गर्दा पनि यस्तै याद हुन्छ। सज्जनका दिन गए पाखण्डीका दिन आए भने जस्तै।

एउटा सामान्य दृष्टान्त हेरौ। तपाइको घरमा दुइ सन्तान छन्। कसलाई बढी माया गर्नुहुन्छ ? तपाइको जवाफ, समान रुपमा माया गर्छु भन्ने आउँछ। तपाइको जवाफ बिल्कुलै झुट हो। होइन भने आफूलाइ परिक्षण गरेर हेर्नुहोस। तपाइका दुइ मध्ये एउटा सन्तान ज्ञानी छ। अर्को अलिक झगडालु बानीको छ। अनि तपाइँ कसरी ट्रिट गर्नुहुन्छ ?

कुनै स्वादिष्ट भोजन पाक्यो। अब के गर्नुहुन्छ ? यो ज्ञानी छ, यसलाई एकछिन पछि दिए पनि हुन्छ। त्यो अर्को अलिक झगडा गर्छ पहिला त्यसलाई देउ। कुनै नयाँ कुरा किनिदिनु पर्यो, यो ज्ञानी छ यसले केहि माग्दैन पछि किनीदिए हुन्छ। अर्को झगडा गर्छ पहिला किनिदिनु। अनि यस्तै थप्दै जानु, यो ज्ञानी छ भनेको मान्छे खाना पछि दिनु, अर्को मान्दैन पहिला दिनु। यो ज्ञानी छ यसको बर्ड दे गिफ्ट जे भए या नभए पनि मान्छ तर अर्को मान्दैन उसलाई जसरी भए पनि किनिदिनु। यस्तै यस्तै धेरै अनि धेरै र अझै धेरै हामी हुन्छन। त्यसैले ज्ञानी हुनु भनेको, सबै कुरा मान्नु र सोझो हुनु भनेको घाटा नै घाटाको जिन्दगी जीउनु हो। अब आफ्नै घरमा पनि न्याय हुन सक्दैन भने समाज र देश-विदेशमा त कुरा नै छाडौ।

अब हाम्रो समाजमा हेर्नुहोस्। फलानो झगडा गर्छ, खोट लगाउँछ, अरुलाई न भए पनि उसलाई चाहिँ जे जसरी भएपनि दिनु। फलानो/फलानी त भनेको मान्छ/मान्छे केही फरक पर्दैन उसलाई केहि नभए पनि हुन्छ। तर फलानो-ढिम्कानो मान्दैन उसलाई राम्रोसँग बिचार गर्नु। अब, जो सोझो उसैको मुखमा घोचो भने जस्तै हुन्छ यो दुनियाँमा।

अब हाम्रो राजनितीमा पनि गएर एक पल्ट हेरौं। फलानो मेरै मान्छे हो, मैले जे भने पनि मान्छ, यसलाई केही पर्दैन। यो पटक उसलाई टिकेट यो पटक नदिए हुन्छ, म भनेर मनाउँला। त्यो फलानो बिद्रोही छ, उसलाई टिकेट दिएन भने फेरी तनाव दिन्छ। पटक्कै मान्दैन, उसलाई मनाउनु जे जे दिएर भए पनि मनाउनु। अनि त्यसै गरिन्छ हाम्रो निष्ठाको राजनीतिमा पनि। बिल्कुलै योगदानलाइ बदर बिद्रोहीलाइ कदर।

अब भोज-भतेरमा पनि हेरिहालौं न त। हामी के गछौं। फलानो/ढिस्कानी त जे पनि खान्छ, मीठो नमीठो भन्दैन जे दिएपनि हुन्छ। बरु फलानो चाँहि जे पायो त्यो खान्न, कुरा काट्छ, हाम्रो इज्जत जान्छ। उसलाई राम्रो ख्याल गर्नु। मीठो मसिनो हेर्दिनु, नत्र पछि अप्ठेरो पार्छ। फलानो इमान्दार छ, बिचरा जस्तो भएपनि लिन्छ तर फलानो बेइमानी छ के न के खोट लगाउँछ। उसलाइ अलिकति राम्रो छानेर दिनु। अब इमान्दार हुँदा पनि घाटा नै त रहेछ यो दुनियाँमा।

अब पत्रकारका कुरा गरौं। फलानोलाइ त कम्तिमा पनि चिया नखुवाई केही पनि लेख्दैन। बरु फलानोलाइ केहि दिनु पर्दैन, हाम्रैतर्फको मान्छे हो, केहि दिनु पर्दैन। तर त्यो ढिस्कानो त नदिए उल्टा-सिधा गरेर लेखिदिन्छ। तेस्लाई चाँहि अलिकति केहि चियापनी खर्च हेरिदिनु। यी यी यी त सबै हाम्रै हुन, केही दिनु पर्दैन। फलानोलाइ ब्लाक, फलानोलाई जेडी, फलानोलाइ बियर-सियर पिलाउनु नत्र अप्ठेरो पर्छ। अरुलाई त केहि पनि दिनु पर्दैन बिचरा पानी मात्र दिएपनि लेखिदिन्छन। बाउँठोलाइ खसीको झोल, सोझोलाई फर्सीको झोल।

चुनाबकै कुरा गर्दा पनि तेस्तै हुने। अझै कुनै पदको लागि गरिने नियुक्तिका कुरा गरौँ। यिनी त हाम्री मान्छे हुन् भनेको मान्छिन/मान्छन, अर्को पटक पालो दिउँला तर फलानो/फलानी मान्दैन उसलाई यो पटक दिनु यसलाई अर्को पल्ट है। यहाँ पनि सोझोलाई पिठो कुरौटेलाई मिठो हुने रहेछ।

हामी मजदूर र किसान भनेर फलाक्छौँ। बिशेष गरेर देब्रेपंथी पार्टीहरु। काम गरेको पारिश्रमिक लिने कुरामा हेर्नु उस्तै छ। यो त जति दिए पनि खुरुक्क लिन्छ, थोरै दिए हुन्छ, धेरै दिनुपर्दैन। सोझो छ जहिले बोलाएपनि लुरु लुरु आउँछ। त्यो चाँहि मान्दैन बबाल गर्छ, फेरी अर्को पटक आउँदैन, जति भन्छ तेती नै दिनु। फेरी पनि उखानकै कुरा, फटाहालाई चौटा छानि इमानदारलाई तर्क्या पानी।

अब सोझा समुदाय हुनुमा पनि उस्तै ठगिनु पर्ने रहेछ। यो गाउँ/ठाउँका मान्छे त सबै हाम्रै हुन्। केहि पनि बिरोध गर्दैनन। जे भने पनि मान्छन, भोट हाम्रै हो। बरु त्यो ठाउँका मान्छे मान्दैन। त्यसैले उतैतिर केही बजेट दिनु, यतालाइ पर्दैन, म मिलाउँला, ठ्याक्कै जिम्मेवार भएँ। बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन।

अन्तमा; यो दुनियाँमा सोझो हुनु, ज्ञानी हुनु, इमान्दार हुनु भनेको सबै पक्षमा घाटा नै घाटा छ। त्यसै भएर होला हिड्ने गोरुको पुच्छर निमठ्ने भनेको। आखिर जे जति भने पनि भन्नै पर्यो, ज्ञान जतिको राम्रो अज्ञान कहाँ हुन्छ र ?

अन्य लेखहरु

नेपालका राजनैतिक पार्टीहरुलाइ सुधार गर्न दवाब भएकोले उनीहरुको पेट पोलेको हो

म जे चाहन्थे त्यो कुनै पाइन, मलाई जे चाहिन्छ त्यो सबै पाएँ- हे भगवान!

दुइ असल व्यक्ति चुनाब लडेर हार्ने खराव र दुइ खराब लडेर जित्ने असल हुँदैन

हरेक कुरामा लड्नु र लड्न बाध्य पार्नु जरुरी रहेन छ, धर्म अफिम होइन दैनिकी हो

नेपाल जाँदै हो? त्रिभुवन बिमान स्थलमा ५-६ घण्टा कुर्नुपर्छ, ट्रली लिएर भर्याङ्गबाट झर्नुपर्छ

राजनीति बाहेक अरु नजान्ने ज्वारीकोट लाउने सुत्रै-सुत्रले देश चलाउने

वा रे सर्बहाराका मालिक; बासी पानी समेत आप्रबासी पिउने

समाजबादीले सुरु गरे, कम्यूनिष्टले निरन्तर दिने गरेको राष्ट्रसंघको महिला दिवस

पञ्चाङ्गेहरुको आइतबार दशैं टीका लगाउने बेतुकको उर्दी पूर्ण रुपमा असफल

अबोध प्राणी जुदाएर रमिता गर्नु महापाप, साँढे जुदाउने कार्यक्रम बन्द गर्नुपर्छ

ॐ: जित भन्ने कुरा क्षणिक, हरपल र जिवन्त हुन्छ, कुकुर, स्याल र सिंह जस्तै

कुर्सी पाउने लोभ र कुर्सीबाट हट्ने डरले गुम्रिएको नेपाल देश

डनबादी ओली र गनबादी प्रचण्ड मिलेर बनेको नेकपाले लाशको कमिशन माग्न थाले

श्रमिकबाट जम्मा भएको १२ अरब रुपैयाँ उनीहरुलाई नै फिर्ता दिनुपर्छ सरकार

नयाँ वर्षबारे खोजतलास गर्दा पाइएको कुरा

किन क्रिष्टमस २५ डिसेम्बरमा नै मनाइन्छ, छोटो अध्ययनबाट

गोलीको भन्दा बोलीको शक्ति धेरै हुन्छ, गोली खाँदा हाँस्ला बरु एक वाक्यमा रुन्छ

बार्षिक ३०० टन भन्दा धेरै प्लास्टिकका सामानको उत्पादनके हुन्छ

ज्ञानी र सज्जनहरुले धेरैजसो घाटाको जिन्दगी जीउनु पर्दो रहेछ

नेपाली पात्रकारलाई नेपाली समाजमा कंगाल, निकम्मा, एउटा बियर किन्न नसक्ने भुक्का भनेर चिन्छन

चिल्लो बाटो, टेक्सी ड्राइभरको भाषण, चियापानमा अल्झेको राजनीति र अमेरिकानो कफी

नेपाल इन्भेट्मेण्ट बैंकमा ग्राहक सेवा तुच्छ, एउटा खाता खोल्न दुइ दिन लाग्छ

लेखनमा आफ्नै प्याट्रन र पढेर बुझ्नमा कन्स्टिपेशनका कुरा

राजनीति र कुटनीतिका कुरा:अध्ययन, शुक्रनीति र फेसबुक कमेन्ट समेत

अमेरिकाबाट तत्काल नेपाल जानुपूर्व:जनस्वास्थसँग संबन्धित निम्न कुरा गर्नुहोस

सेवा के हो त

धर्म के हो त ? गत महिना मैले फेसबुक वालमा गरेको सर्वे सहित छोटो विवेचना

विश्व युद्धले भन्दा धेरै मान्छे मार्ने कम्यूनिष्ट र काँग्रेसमा ५५ बर्ष उमेरका कुरा

उनले भने- सफा र चिटिक्क पहिरन लगाउनाले मन चंगा हुन्छ र जोश बढेर आउँछ

इमेल,पत्र उजुरी र क्रिमिनल चार्ज तयारी सुनेपछि प्रचण्ड क्यानाडा भाग्ने अनुमान

बिशेषज्ञहरुले नेतृत्व गरेको जिपि कोइराला फाउण्डेशन क्यानडा, मे मा हुने सम्मेलन

पशुपति भयौ अति कान्छाहरु उरालेर गाउनु पर्ने तिम्रो मति

प्रधानमन्त्री हुन: होली वाइनको सुर्को, गधा, सुँगुर, जटायु पूजा र सिद्ध बाबाको धोतीको फुर्को

लघु कथा: तलब बढाउँदा र घटाउँदा पनि कुनै प्रतिकृया नजनाएको मान्छे

माघ महिनामा धेरै दर्शनार्थी आउने सन्तानेश्वरको भिडियो सहित

रेशम फिरिरि रेशम फिरिरि जेलमा जाउँ सल्युट खाउँ रेशम फिरिरि