-Krishna KC

धर्म के हो त ? गत महिना मैले फेसबुक वालमा गरेको सर्वे सहित छोटो विवेचना

Hollywood Khabar July 10,2019 Comments

कृष्ण के सी/अमेरिका/७/११/१९

जुन १४ २०१९ मा धर्म के हो भन्ने जिज्ञासा फेसबुकमा उठाएको थिएँ। धेरैजनाले जवाफ दिनुभयो। कतिले इनबक्समा कस्तो अप्ठेरो कुरा सोध्नुभएको, हेर्दा सजिलो तर जवाफ दिन लागेको त घण्टौ लाग्यो तर पनि जवाफ जुटाउन सकिन। अनि कतिपयले हल्का जवाफ दिनुभयो। एकजनाले अध्ययन गरेर जवाफ दिनुभयो। त्यो सबै कमेन्ट पढेर मैले थप अध्ययन गरे अनि यो छोटो कुरा लेख्दै छु। यो बिषयमा अर्को पटक पूर्वीय दर्शनका व्याख्याताबाट अर्को जवाफ दिने प्रयास गर्नेछु।

धर्मबारे नेपाली शब्दकोशले व्यक्ति वा बस्तुमा सधैं रहिरहने गुण वा मूल वृत्ति, प्रकृति, स्वभाव हो भनेको छ। त्यस्तै स्वर्ग प्राप्त गर्न गरिने पुण्य कर्मलाइ पनि धर्म भनेको छ। अनि शब्दकोशले अझै थपेको छ, यो कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार पनि हो। धर्म लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य हो। जस्तो कि मानवधर्म, नारीधर्म, युगधर्म इत्यादि।

मेरो बुझाइ चाहिं, कुनै पनि व्यक्ति या समुहले धारण गर्ने सत्य गुण या त्यसका कारण अरुलाई भलाइ हुने लोकको सेवा अर्थात लोकसेवा हो। अरुको कुभलो गर्ने व्यक्ति धर्मी होइन। त्यसैले धर्म गरे पुण्य र धर्म नगरे पाप हुन्छ भनेको हो। यसर्थ, समाजमा समाज नियन्त्रणको लागि धर्म आवश्यक छ। धर्म नमान्दा मानिस पापी हुँदै गएर ज्यानमार पनि हुन्छ। कम्यूनिष्टहरुले धर्म मान्दैनन, त्यसैले कम्यूनिष्टहरुको बिश्व भरिको इतिहास हेर्दा सबैजसो कम्यूनिष्टहरुले मान्छे मारेका छन्। बिश्व युद्धले भन्दा धेरै मान्छे कम्यूनिष्टहरुको कारण मारिएका र मरेका छन्।

थप अध्ययनबाट पाइएको कुराले अझै प्रष्ट पर्छ, धर्मको कुनै रुप या स्वाद हुँदैन। यो हरेक कालखण्डमा उस्तै रहन्छ, यसमा परिवर्तन आउँदैन। केवल धर्म गर्ने व्यक्ति र ठाउँ अनि बिषय फरक हुन्छन। त्यसैले होला पूर्वीय धर्म दर्शनले अग्नि, जल, बायु, आकास र धर्तिलाइ धर्म मानेको। अग्नि, जल, बायु, आकास र धर्तिका गुण, काम, अवस्थामा आफैं परिवर्तन आउँदैन।

अर्को अर्थमा धर्म सत्य पनि हो। अग्नि, जल, बायु, आकास र धर्ति, यिनीहरु सृष्टि देखि ऐले सम्म पनि उस्तै छन्। आगो दाउरा, हिटर, बिजुली, टुकी या जे जे मा बाले पनि यसको गुण र दिने कुरा ताप नै हो। हरेको बस्तुले दिने तापको क्षमता र प्रकृति फरक हुन्छ तर दिने कुरा चाहिं ताप नै हो। यसर्थ धर्मले दिने कुरा पुण्य हो, लोकसेवा हो र सतगुण हो।

धर्म भन्ने बितिक्कै हामी हिन्दू, मुश्लिम, ख्रीष्टियन आदि बुझ्ने गर्दछौ। तर धर्मको अर्थ यो होइन। त्यो त पछि धर्मको बिकास हुँदा धर्मीहरुको समुदाय बन्दै जाँदा बिकास भएका सम्प्रदाय हुन्। यिनीहरुलाई धर्म होइन धार्मिक सम्प्रदाय भनिन्छ। तर आज देखिने सबै धर्मका सम्प्रदाय भन्दा हिन्दू सम्प्रदाय पुरानो हो। हरेक धर्मको श्रोत र तत्व खोज्दै जाँदा हिन्दू धर्मको आधारशीलामा पुगेर टुंगिन्छ।