Krishna KC

पशुपति भयौ अति कान्छाहरु उरालेर गाउनु पर्ने तिम्रो मति

Hollywood Khabar February 16,2019 Comments

कृष्ण के सी/अमेरिका

पशुपति भयौ अति
कान्छाहरु उरालेर
लुट्नेहरुको गाना गायौ
जन्मै नपाइ सति गयौ
पशुपति भयौ अति !

सरकार होइन कार होला
दुइ तिहाइको झार होला
बोल्न लाइ नै नपाइने भो
गाउनेहरुको के को हुति
आफै बोक्सी आफैं धामी
विरोधीलाई काला पानी
पशुपति भयौ अति !

कमलालाइ नर्क हाल
ज्यानमारालाई खोला तार
हाकाहाकी झोला भर
अरब खाने मन्त्री बनाउ
बुदुनालाई झ्याप्प गराउ
ज्यानमारालाई सभासद
घुषखोरीलाई अख्तियार
बलात्कारी लुकाएर
गाउनेलाई जेल हाल
पशुपति भयौ अति !

पत्रकारलाइ सुली हाल्ने
कानुन भन्ने आउंदै छ रे
लोभीपापी जोगाउँदै
दुइ तिहाइको रजाइ कति ?
पशुपति भयौ अति !

कान्छा जति उरालेर
लुट्न लाउने पशिपति
आखिरमा ब्लक नै भयौ
पशुपति भयौ अति !