-Krishna KC

नेपालका राजनैतिक पार्टीहरुलाइ सुधार गर्न दवाब भएकोले उनीहरुको पेट पोलेको हो

Hollywood Khabar June 21,2022 Comments

कृष्ण के सी, अमेरिका, जुन २२, २०२२

जुन २१, २०२२ मा नेपालमा रवि लामिछानेले नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेसँगै आएको नेपाली समुदायको विश्वब्यापी तरङ्गमा केहि प्रतिक्रिया दिन फेसबुकमा लेखेको थिएँ। कुरा मन पर्यो तर कमेन्टमा लेख्दा गारो पर्नेभयो त्यसैले भन्दै धेरैले इनबक्समा जवाफ दिनुभयो।

नेपाली राजनीतिका बहादुर नेताहरु यस्तै हुन्छन एउटा बिषयमा प्रतिक्रिया धरातलमा गएर दिन सक्दैनन। हुन पनि यस्तो बिषय बोल्नेहरुलाई राजनैतिक रुपमा पार्टीबाट रसातलमा पुर्याइञ्छ। जस्तोकी प्रदिप गिरी, विश्वोप्रकाश शर्मा, घनश्याम भुषाल, कृष्ण गुरुङ लगायत।

उसो त नेपालमा अब राजनैतीक परिवर्तनको आवश्यकता देखिदैन। जेल गएर या आन्दोल गरेर फेरी राजनैतिक परिवर्तन र सुधारको कुरागर्नु त वाइयात नै हो। केवल अन्तर पार्टी संरचना, वर्तमान निर्वाचन प्रणाली र केन्द्रिय देखि स्थानीय कार्यपालिकाहरुको कार्यबिधी परिवर्तन हुँदा नै काफी पुग्ने देखिन्छ।

नेपाली समुदाय अत्यन्तै संवेदनशील छ त्यसैका कारण बिगतमा पार्टीहरुले फाइदा लिएका हुन्। तर राजनैतिक पार्टीहरुले विगतमा अनुमान गरे जस्तो उनीहरुकै पक्षमा नागरिकहरुले सबै कुरा मानिदिने अवस्था भने देखिंदैन। उनीहरु जनताबाट नागरिक र कार्यकर्ताबाट मतदाता हुने क्रममा छन। प्रजातन्त्रको ब्यूटिनेश भनेकै यहि हो।

अजै पनि रिकल इलेक्शन, ब्यक्तित्वको परिक्षण, क्रिमिनल इन्भेस्टिगेशन, बौधिक्र र बिषयको बुझाइ, राजनैतिक ब्यबस्थापन, पदिय जिम्मेवारीको बुझाइ जस्ता कुरा आउनु जरुरी छ। अदालतको फैसलाले जेल गएकालाइ पनि माननीय ज्यानमारा सांसदज्यू भन्नुपर्ने कानुन र ऐन ब्यबस्थाको अन्त्य हुनु जरुरी छ।

अब अब राजनैतिक रुपमा एकल निर्णय गरेर जनताको लागि भन्दै आम नागरिकलाइ दवाबमा लिएर जाने अवथा त झनै देखिंदैन। बहुदलपछि लोकतन्त्रको आवश्यकता थिएन। नेपालमा प्रदेशहरु आवश्यक थिएनन। प्रदेश बिभाजनमा कुनै बिज्ञको अध्ययन भएको पनि होइन। केवल संकी दिमागको उपज देशले भोग्नु परेको हो। अब त्यो एकल कम्युनिष्ट पाराको समय समाप्त भएको छ र राजनैतिक पार्टीहरुले नागरिकप्रति जवाफदेही हुने युग सुरु भएको छ।

तर त्यो सहज भने पटक्कै छैन। ठुला पार्टीहरु सबैमा पुरातनवादीहरुको हावी छ। ५० बर्ष पहिले जो सांसद उठ्थे अहिले पनि उनीहरु नै छन्। यो कुरा खराब त होइन तर अरुलाई थुनेर असक्षम व्यक्तिले त्यसो गर्नु कति सान्दर्भिक भन्ने प्रश्न उठ्छ। या उनीहरु राजनीतिमा कति सफल कति असफल त्यसको लेखाजोखा गर्ने युग सुरु भएको छ।

पुरातनवादीहरुले आफ्नो बुढ्यौली अस्थित्व जोगाउन नयाँ सोचलाइ मार्न गठबन्धन भने गर्न सक्छन। त्यो कुरा बालेन साहको केशमा प्रष्ट रुपमा देखियो। रवि लामिछानेहरुको स्वतन्त्र पार्टीको घोषणाले त झनै बहुलाएका नै रुपमा देखियो। कसैले नाममा खोट लगाए त कसैले के मा। वास्तवमा पार्टीको नाम जे भएपनि फरक पर्दैन दिने कुरा नतिजा हो।

१७ पटक असफल भएका रामचन्द्र पौडेललाइ किन आदर्श मान्नु ? लिपुलेक जस्ता बिषयमा बोन नसक्ने गगन थापाहरु कताबाट संचालित छन् प्रष्ट रुपमा देखिन्छ। हत्याको अर्को नाम पनि हत्या नै हो। पार्टीहरुको नाममा गरिएको आम नागरिकको हत्यालाइ राजनैतिक हत्या भन्दा कानुनले छुट दिन लगाउनु कुन अर्थमा न्याय हो ? त्यसको हिसाब हुनु जरुरी छैन ?

स्वतन्त्र उम्मेदवार र नयाँ पार्टीहरुको उदयका कारण कांग्रेस, एमाले र राजाबादीहरु सिद्धिन्छन यस्तो चाहिँ पटक्कै होइन। तर उनिहरुमा राजनैतिक छलफल, बिमर्श र खण्डिकरण भने सुरु हुन्छ, भएको छ। उनीहरुलाई पार्टी संरचना परिवर्तन गर्न, चुनावमा योग्य व्यक्तिलाइ खोजेर आफ्नो पार्टीको उम्मेदवार हुन अनुरोध गर्न र नागरिकप्रति जवाफदेही हुने जस्ता बिषयमा सामान्य रुपमा भनेपनि परिवर्तन गर्न बाध्य हुने बाध्यता भने आउने भएको छ।

राजनीति त म बुझ्दिन तर रविले भनेको प्रधानमन्त्रीको लागि व्यक्ति घोषणा भनेको कुरामा धेरैको विमति देखि। तर त्यसैका कारण ठुला पार्टीहरुलाइ भावी प्रधानमन्त्री को हुने भन्ने घोषणा गर्न बाध्यकारी बनाएको छ। यसले अहिलेको जस्तो अयोग्यलाई व्हिप जारि गरेर झ्यालबाट छिराएर जिताउन राजनैतिक गठबन्धन सहि होइन भन्ने कुरामा पनि चुनौती दिएको छ। सबै पार्टीहरु खुला रुपमा एक्ला-एक्लै मैदानमा आउनुपर्छ, जसले नागरिकको पक्षमा एजेण्डा दिन्छ उसैले बाजी मार्छ।

अब कांगेस, कम्युनिष्ट र राजाबादीहरु सिद्धिए अनि रवि लामिछानेहरुको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेलहरुको राष्ट्रिय शुसाशन पार्टीले एकै पटक सरकार बनाउँछन् त्यसो भने पटक्कै होइन। अब सबै राजनैतिक पार्टीहरुको राजनैतिक संरचना र संस्कारमा परिवर्तन ल्याउन बाध्यकारी अभियान भएको हो। यसबाट आम नागरिक, उद्योग-ब्यबसायी, संचार र प्रशाशनलाइ फाइदा छ, यति मात्र बुझ्नु जरुरी छ।

अब नेपाली राजनैतिक युगमा प्रजातन्त्रमा नागरिकहरु स्वतन्त्र हुन्छन र उनिहरुलाई राजनैतीक पार्टीको व्हिपजारी लाग्दैन भन्ने कुराले स्थान पाउँछ। जब नागरिकहरुले पार्टी र उम्मेदवार आफैं छान्न सक्छन तब मात्र सहि मानेमा प्रजातन्त्रको अभ्यास भएको हुन्छ, त्यो कुरा नेपालमा अझै पनि भएको छैन।

पार्टीहरुको आर्थिक श्रोत लुकाउने कुरामा बिस्तारै अंकुस लाग्दै जान्छ। उद्योगपति, ब्यापारीले बाध्य हुँदै लुकाएर गर्नुपरेको आर्थिको सपोर्टले न पार्टीहरुको खाता बलियो हुन्छ न उनीहरुले ट्याक्स क्रेडिट नै पाउँछन्। बिस्तारै ब्यबसायिक बर्गले की भने दिएको सहयोग पारदर्शी रुपमा पार्टीको खातामा जम्मा गर्न देउ नत्र भने विकल्प खोज्दै स्वतन्त्र या नयाँ सोचका व्यक्तिलाइ सपोर्ट गर्छौं भनेको समय ठुला पार्टीहरुमा सुक्खा भैंचालो नै जानेछ।

तरपनि भारत र युरोपियन युनियनले पोलिटिकल हण्ट गर्न भने छाडेको छैन। नयाँ सोचका व्यक्तिहरु आउँदा आफ्ना एजेण्टहरु हार्ने हुँदा उनिहरुलाई पनि असर पर्न जानेछ। त्यसैले यस्तो कुरामा उनिहरु हण्ट गर्न झन् सकृय हुन्छन।

यस्तो स्थितिमा कांग्रेस, कम्युनिष्ट, राजाबादी सबैले भारत र युरोपियन युनियनसँग राजनैतीक गुहार माग्न जान्छन। तर पनि त्यो गुहारले दिगो रुपमा पुरातन र भ्रष्टहरुको गठबन्धन टिकाउन सक्दैन। अन्तत कि अन्तर पार्टी संरचना र संस्कारमा परिवर्तन गर्नुपर्छ अन्यथा उनीहरु झन साना साइजका पार्टीको रुपमा जान्छन।-कृष्णार्पण!

अन्य लेखहरु

म जे चाहन्थे त्यो कुनै पाइन, मलाई जे चाहिन्छ त्यो सबै पाएँ- हे भगवान!

दुइ असल व्यक्ति चुनाब लडेर हार्ने खराव र दुइ खराब लडेर जित्ने असल हुँदैन

हरेक कुरामा लड्नु र लड्न बाध्य पार्नु जरुरी रहेन छ, धर्म अफिम होइन दैनिकी हो

राजनीति बाहेक अरु नजान्ने ज्वारीकोट लाउने सुत्रै-सुत्रले देश चलाउने

वा रे सर्बहाराका मालिक; बासी पानी समेत आप्रबासी पिउने

अबोध प्राणी जुदाएर रमिता गर्नु महापाप, साँढे जुदाउने कार्यक्रम बन्द गर्नुपर्छ

कुर्सी पाउने लोभ र कुर्सीबाट हट्ने डरले गुम्रिएको नेपाल देश

गोलीको भन्दा बोलीको शक्ति धेरै हुन्छ, गोली खाँदा हाँस्ला बरु एक वाक्यमा रुन्छ

ज्ञानी र सज्जनहरुले धेरैजसो घाटाको जिन्दगी जीउनु पर्दो रहेछ

नेपाली पात्रकारलाई नेपाली समाजमा कंगाल, निकम्मा, एउटा बियर किन्न नसक्ने भुक्का भनेर चिन्छन

लेखनमा आफ्नै प्याट्रन र पढेर बुझ्नमा कन्स्टिपेशनका कुरा

प्रधानमन्त्री हुन: होली वाइनको सुर्को, गधा, सुँगुर, जटायु पूजा र सिद्ध बाबाको धोतीको फुर्को

रेशम फिरिरि रेशम फिरिरि जेलमा जाउँ सल्युट खाउँ रेशम फिरिरि