कृष्ण के सी, अमेरिका, सेप्टेम्बर २९, २०१७
मेरो भतिजीले एटलाण्टा देखि बुक पोष्ट गरेर पठाएको एउटा किताव थियो। किताब पढ्दै जाँदा एउटा ठाउँमा पुगेर मा रोकिएँ। खुसी हुनुहोस र अरुको भलाइ गर्नुहोस आशिषको झरी बर्षन्छ। कुनै धार्मिक प्रवचन जस्तै लाग्यो अनि चासो दिएर त्यो लाइन पटक पटक पढे।
त्यहि कुरालाइ मेरो जीन्दगीको पाटोसँग जोडेर सम्झे। बर्षौं लाग्यो त्यो कुरा बुझ्न र वाक्कै लाग्यो यो दुनियाँ देखेर। अझै नेपाली समुदाय देखेर त झन मनै अमिलो भयो। उदारो हाँसे अनि तीतो मनले जिएँ, आधा खुसीले बोले आधा औपचारिकता दिंदै टोलाएँ तर पनि समय घर्किएको थियो म अन्यन्त्र मोडिएँ।
- म सधैं भन्ने गर्थे हे भगवान; जादु जस्तै गरेर मलाइ संसारको सबैभन्दा शक्तिशाली बनाइदिनुहोस। भगवान पनि कति पापी भने त्यसो कहिल्यै गरिदिनु भएन। म जहिले पनि निर्बल र लुते नै पो भए। भगवानले मैले सोचे जस्तो गरी मेरो कुरा सुन्नु भएन उल्टै पटक-पटक मेरो जीवनमा अनगिन्ति कष्ट र हण्डर दिनुभयो। आँखा रसाउने र घण्टौ सम्म कुनामा बसेर रुनेगरी पिडा दिनुभयो। मेरो शक्तिशाली हुने जादुमय कुरा पुरा हुने त कता हो कता हजारौं हण्डरलाई मैले यही जीवनमा झेल्नु पर्यो। अन्तमा म झल्यास भएँ कि- ति सबै झेलेर पो म सबै भन्दा शक्तिशाली भएको छु, अन्यथा त म रुन्चे र लुते नै पो हुन्थ्यें।
- मेरो सोच आशै आशाको थियो। हरेक पटक र हरेक कुरामा भगवानको आशा गर्ने। तर मैले मेरो जीवनको लागि गरेको जस्तो आशा मेरो जीवनमा पुरा भएन। बरु भगवानले मलाइ पाठशालाको जस्तै चौरासी हण्डर दिएर समाधान गराउन लगाउँदै सिकाउनुभयो। अनि म त्यो सबै झेल्न सक्ने शक्तिशाली व्यक्ति भएको छु। अझै भनौ, म जीउने कुरामा ग्राजुयट भएछु। तपाई पनि मैले जस्तै भगवानले शक्तिशाली बनाइदिनुहुन्छ भनेर आशा गरि बस्नुभएको छ भने त्यसैरी नबस्नुहोस। दुनियाँमा जे पर्छ त्यो फेस गर्नुहोस, परेको कुरा समाधान गर्दै जानुहोस अनि तपाइँ भन्दा शक्तिशाली यो दुनियाँमा अरु कोही हुने छैन। मैले सजिलै शाश्क्तिशाली हुने शक्ति मागे तर भगवानले मलाइ दुनियाँसँग लड्ने र झेल्ने क्यीजको इन्द्रजाल दिएर सिकाउँदै शक्तिशाली बनाउनुभयो।
- हे भगवान; विचार पनि कस्तो कस्तो आउने होला। म आफू यो दुनियाँको सबै भन्दा बुद्धीमान व्यक्ति दर्जिन चाहन्थे। तर, मेरो भगवानले लाखौ अड्चन दिनुभयो। धेरै त मेरो दिमागले धान्नै सकेनन। कति पढेर सिके, कति सोधेर सिके अनि धेरै त आफैले भोग्दै सिके। कति कुरा अरुसंग झगडा गरे, धेरैसंग सवालजवाफ गरेर सिके। कहिले सालिनसंग सिके, कहिले बिद्धानसंग त कहिले मुर्खसंग लडेर सिके। अनि कहिले काहिँ किताब पढेर सिके। कहिले गुगल गरेर सिके। अन्तमा मैले दुनियाँलाइ धेरथोर जवाफ दिन सक्ने बुद्धी सिके। म सोझै चाहन्थे मेरो बुद्धि ऋषिहरुको जस्तो जे चाइयो त्यो पुरा होस्। तर त्यसो होइन रहेछ, म त एउटा मान्छे रहेछु। मेरो बुद्धि साधारण मान्छेको जस्तो हुने रहेछ। हरेक मान्छे साधारण हुने रहेछन अनि म त्यही मान्छे जस्तै छु। भगवानले कसैलाई पनि विशिष्ट बुद्धि दिंदैनन तर त्यो बुद्धि कमाउने मौका सबैलाइ दिने रहेछन।
- म स्वर्ग जस्तो सुखी पाउने संसार र राम राज्य जस्तो शान्त समाजमा बस्न चाहन्थे। यसर्थ कि म कसैसंग लाफ्फा गर्नु नपरोस अनि सजिलै दुनियाँ चलोस। सबैतिर खुसी नै खुसी र सुखै सुख होस्। तर त्यो दिन र त्यस्तो संसार कहिलै र कतै पनि देखिएन र आएन। बरु मेरो भगवानले मलाइ शरिरमा तागत र टाउकोमा गिदी दिएर त्यो सबै बनाउन र समाल्न भनेर मोरो सोच भन्दा उल्टो खिचडीको संसारमा धकेलिदिनुभयो। त्यो दुनियाँलाइ मैले नै स्वर्ग जस्तो सुखी पाउने संसार र राम राज्य जस्तो शान्त समाजमा बनाउनु पर्ने रहेछ। धन्य भगवान ! मैले त्यो सबै झेल्दैछु र आफ्नो इच्छाको भन्दा पनि दुनियाँको वास्तविकता सिक्दैछु। जीन्दगीको हरेक टुक्रा-टुक्रा काट्दै शुल्क तिरेर संसार र समाज पढ्दैछु।
- फेरी पछिल्लो समयमा पुग्दा म दुनियाँसंग अत्यन्तै डराउँने मान्छे। मलाइ लफडा र झगडा पटक्कै मन नपर्ने। त्यसैले म भन्थे, हे भगवान; मलाइ शाहस दिनुहोस म यो दुनियाँमा सबै झेल्न सकु। तर त्यसो पनि होइन रहेछ। मलाई भगवानले न त शाहस दिनुभयो न ढाडस नै दिनुभयो। झन् खतरा भन्दा खाता टेक्ने खुड़किलो न समाउने हाँगोको नाङ्गो संसार रुपी पहरे भिरमा लगेर छोडिदिनुभयो। अनि म विस्तारै थरथर शरिर कमाउँदै तारेभिर तरेर अलिकति सुरक्षित ठाउँमा पुगेको छु। आफै पनि डराउने मलाइ झन डरलाग्दो पाठ दिएर परिक्षा पास गर्न पठाउनुभयो।
- म संसारको सबै भन्दा खुसी हुन चाहने व्यक्ति। मलाई क्रन्दन र रुवाइ कहिलै नहोस भन्थे म। फेरि पनि म आफु धेरै पटक रोएको छु। कहिले एक्लै रोएँ, कहिले लुकेर रोएँ, कहिले अरुको दर्दमा रोएँ त कहिले प्राकृतिक प्रकोपले पिडामा परेकाहरुको लागि रोएँ। कतिपय समय यस्तो पनि आयो कि मा धेरै खुशी भएँ। मेरो चाहना जस्तो सधैं र सबै पटक खुसी नै खुसीको दुनियाँ होइन रहेछ। त्यो सबैबाट बाहिर दर्दको भोगाइ र खुशीको मलम लगाउने जीवनको अर्को पाटो पनि रहेछ।
- म बच्चा बेला देखि नै अत्यन्तै चन्चले छु। मलाई कुर्न र पर्खन पटक्कै मन पर्दैन। म चाहन्थे आजै होस्, छिट्टै होस अनि आहिले नै होस्, जे पनि मिनेटमै होस्। तर हरेक पटक, हरेक कुरामा मलाई भगवानले कुराउनु पो हुने रहेछ। हरेक कुरा सजिलै नहुने, सामान्य कुरा पनि महिनौ लाग्ने, मान्छेहरु पनि टेडेमेडे विचार र सोच भएका, चौरासी हण्डर खाएर काम बन्ने। कस्तो उल्टो जीन्दगी, खुइय गर्दै बसे। सबै कुराको समय रहेछ, हे भगवान, दुनियाँ चुड्कीमा चल्ने जादु जस्तो होइन रहेछ।
- कुनै समय यस्तो आयो कि म सबैजना शान्त भएको मायाँ नै मायाँको संसार चाहन्थे। तर पनि मैले हरेक मान्छे, मेरै आफ्नै र घरकै देखि दुनियाँका सबै टेडा-भेडाहरु पनि पाएँ। अनि ति सबैबाट झेल्दै र खेल्दै जीवन सिके। यो दुनियाँमा केहि पनि र कोही पनि सजिलो रहेनछ र छैन रहेछ। हाम्रो सिष्टम नै यस्तो रहेछकी म अरुको लागि असजिलो अरु मेरो लागि। त्यसैले त भगवानले हामी सबैलाई फरक-फरक खाले बनाउनु भएको होला।
- जब म कमाउन थाले अनि म जति लोभी मान्छे यो दुनीयाँमा कोही भएन होला। म लोभै लोभमा भन्ने गर्थे, हे भगवान; मलाइ यो बनाइदेउ, त्यो बनाइदेउ। तर भगवानले मलाइ एक पटक पनि मैले भनेको जस्तो केहि पनि बनाउनु भएन। बरु मलाइ मौकै-मौका दिनुभयो। मैले पो त्यो सबै मौका छानेर मैले सोचे जस्तो बन्न आफैं भट्टीमा पग्लिनु पर्ने रहेछ। म बसेर नै सजिलै धनी मान्छे हुन चाहने तर मलाई भगवानले अनगिन्ती काम गर्ने मौका दिनुभयो जहाँ मैले कमाउन सक्छु। यस्तै, यस्तै अरु धेरै।
- आजकल म संसारका सबै जसो मोज मस्ती भोगेर मेरो जीवनमा मस्ती होस् भन्ने फरक खाले सोचको मान्छे भएको छु। फेरी पनि भगवानले मलाइ त्यसको उल्टो “जीवन” पो दिनुभयो। जीवनमा त्यो सबै कुरा आफैंले कमाएर, किनेर, खोजेर र रोजेर भोग्नु पर्ने रहेछ। म जीवनमा जे चाहन्थें त्यो सबै मलाइ भगवानले दिनु भएँ। तर मलाइ जिउनको लागि आवश्यक तौड-तरिका सबै दिनु भएको छ।
- कस्तो अचम्म, हेरक पटक म सजिलैसँग संसारका सबै कुराहरु चाहन्थे अनि भगवानले भने मलाइ हरेक पटक कठिन बाटो दिने। जे पनि आफै गर्नुपर्ने। बल्ल बुझे म त एउटा मान्छे हो, मेरो सबै कुरा मैले नै आफैले भोग्दै गर्नुपर्ने।
अन्तमा;
म जे चाहन्थे त्यो कुनै पनि कुरा मैले कहिल्यै पनि पाइन। तर मलाइ जिउन जे चाहिन्छ त्यो सबैकुरा भगवानले दिनुभयो। आफुले चाहेको कुरा होइन आफुलाई चाहिने कुरा पाइने रहेछ। मलाई मेरो पुकारको जवाफ मिलेको छ र यो जीन्दगीमा कमाइको खुसी मिलेको छ। अनि आशिषको झरी बर्सेको छ, मेरो जीन्दगीमा !
अस्तु; कृष्णार्पण !!
अन्य लेखहरु
दुइ असल व्यक्ति चुनाब लडेर हार्ने खराव र दुइ खराब लडेर जित्ने असल हुँदैन
हरेक कुरामा लड्नु र लड्न बाध्य पार्नु जरुरी रहेन छ, धर्म अफिम होइन दैनिकी हो
नेपाल जाँदै हो? त्रिभुवन बिमान स्थलमा ५-६ घण्टा कुर्नुपर्छ, ट्रली लिएर भर्याङ्गबाट झर्नुपर्छ
राजनीति बाहेक अरु नजान्ने ज्वारीकोट लाउने सुत्रै-सुत्रले देश चलाउने
वा रे सर्बहाराका मालिक; बासी पानी समेत आप्रबासी पिउने
समाजबादीले सुरु गरे, कम्यूनिष्टले निरन्तर दिने गरेको राष्ट्रसंघको महिला दिवस
राजनीति बाहेक अरु नजान्ने ज्वारीकोट लाउने सुत्रै-सुत्रले देश चलाउने
पञ्चाङ्गेहरुको आइतबार दशैं टीका लगाउने बेतुकको उर्दी पूर्ण रुपमा असफल
अबोध प्राणी जुदाएर रमिता गर्नु महापाप, साँढे जुदाउने कार्यक्रम बन्द गर्नुपर्छ
ॐ: जित भन्ने कुरा क्षणिक, हरपल र जिवन्त हुन्छ, कुकुर, स्याल र सिंह जस्तै
कुर्सी पाउने लोभ र कुर्सीबाट हट्ने डरले गुम्रिएको नेपाल देश
डनबादी ओली र गनबादी प्रचण्ड मिलेर बनेको नेकपाले लाशको कमिशन माग्न थाले
श्रमिकबाट जम्मा भएको १२ अरब रुपैयाँ उनीहरुलाई नै फिर्ता दिनुपर्छ सरकार
नयाँ वर्षबारे खोजतलास गर्दा पाइएको कुरा
किन क्रिष्टमस २५ डिसेम्बरमा नै मनाइन्छ, छोटो अध्ययनबाट
गोलीको भन्दा बोलीको शक्ति धेरै हुन्छ, गोली खाँदा हाँस्ला बरु एक वाक्यमा रुन्छ
बार्षिक ३०० टन भन्दा धेरै प्लास्टिकका सामानको उत्पादनके हुन्छ
ज्ञानी र सज्जनहरुले धेरैजसो घाटाको जिन्दगी जीउनु पर्दो रहेछ
नेपाली पात्रकारलाई नेपाली समाजमा कंगाल, निकम्मा, एउटा बियर किन्न नसक्ने भुक्का भनेर चिन्छन
चिल्लो बाटो, टेक्सी ड्राइभरको भाषण, चियापानमा अल्झेको राजनीति र अमेरिकानो कफी
नेपाल इन्भेट्मेण्ट बैंकमा ग्राहक सेवा तुच्छ, एउटा खाता खोल्न दुइ दिन लाग्छ
लेखनमा आफ्नै प्याट्रन र पढेर बुझ्नमा कन्स्टिपेशनका कुरा
राजनीति र कुटनीतिका कुरा:अध्ययन, शुक्रनीति र फेसबुक कमेन्ट समेत
https://hollywoodkhabar.com/nrna-kumar8oct-kathmandu
https://hollywoodkhabar.com/nrna-deligets2019-krishna
अमेरिकाबाट तत्काल नेपाल जानुपूर्व:जनस्वास्थसँग संबन्धित निम्न कुरा गर्नुहोस
धर्म के हो त ? गत महिना मैले फेसबुक वालमा गरेको सर्वे सहित छोटो विवेचना
विश्व युद्धले भन्दा धेरै मान्छे मार्ने कम्यूनिष्ट र काँग्रेसमा ५५ बर्ष उमेरका कुरा
उनले भने- सफा र चिटिक्क पहिरन लगाउनाले मन चंगा हुन्छ र जोश बढेर आउँछ
https://hollywoodkhabar.com/prachanda-canada-depart
https://hollywoodkhabar.com/gpk-canada-article2019march
पशुपति भयौ अति कान्छाहरु उरालेर गाउनु पर्ने तिम्रो मति
प्रधानमन्त्री हुन: होली वाइनको सुर्को, गधा, सुँगुर, जटायु पूजा र सिद्ध बाबाको धोतीको फुर्को
लघु कथा: तलब बढाउँदा र घटाउँदा पनि कुनै प्रतिकृया नजनाएको मान्छे
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!