-Krishna KC

राजनीति बाहेक अरु नजान्ने ज्वारीकोट लाउने सुत्रै-सुत्रले देश चलाउने

Hollywood Khabar March 06,2018 Comments

कृष्ण के सी, अमेरिका, मार्च ७, २०१८

म आफू दुरुस्तै नेताजी जस्तै छु भन्ने देखाउन साद्गगीको भजन गाउँदैमा पूर्व प्रधानमन्त्री शुशिल कोइरालाको जस्तो नक्कल गरेर फोटो खिचाउनु पर्छ भन्ने कुनै शास्त्र र विधानले उल्लेख गरेको कुरा होइन होला। तर सिदा शुशिलदालाई जसोतसो आफूलाई फाइदा हुनेगरी ब्याख्या गर्नुपर्छ भन्ने पनि सहि नहुनुपर्ने हो। उसो त चिट्टिकको दौरा सुरुवाल लगाउने राजा विरेन्द्र र गिरिजाप्रसाद कोइराला जस्तो ग्रेट पर्सनालिटीको नेता पनि त हुन सकिन्छ होला।

शुशिलदा आफैंमा विचार र ब्यबहारले आदर्श मान्छे हो। कपडा र साद्गगीले नेता भएको होइन त्यो त कोइरालाको जिउने पना हो। फेरि राजा विरेन्द्र राजा भएर र पोशाकले होइन विवेकले सम्मानित भएको र गिरिजाबाबु दौरा सुरुवालले मात्र महान भएको होइन। पहिरन त एउटा फर्स्ट साइटमा पर्ने प्रभाव हो यसबाट आफूलाई ग्रेट फिलिङ्ग हुन्छ। नेता बन्ने होडमा उनीहरुको नक्कल गर्दैमा त्यस्तै हुन्छु भन्ने विश्वास मलाइ लाग्दैन तर पनि कुनै कुनैको नक्कल त म पनि गर्छु, नेताको होइन।

राजनीतिकै कुरागर्दा प्रचण्डले जस्तो राष्ट्रिय पोशाक मात्र होइन पुरानो भएकोले नागरिक, राष्ट्र, राष्ट्रिय झण्डा र अन्तमा आफ्नो राजनैतिक पार्टी नै फाल्नुपर्छ भन्ने पनि कुनै बिधिमा नहुनुपर्ने हो। खड्गप्रसाद ओलीका के कुरा गर्नु। भूपरिवेष्ठित देशको जमीन माथि नै पानी जाहाज चलाउने कुरा पनि नजिर हुँदैन होला। राजनीतिमा इतिहासले जे दियो त्यो हुनु जरुरी छैन, जे छ यो फाल्नु पनि जरुरि छैन। तर वर्तमानमा देशको लागि के ठीक र उन्नत छ त्यो गर्नु जरुरी छ भन्ने कुरा मलाइ मान्नुछ।

म पटक्कै राजनीति नबुझ्ने मान्छे। समाजशाश्त्र पढ्ने रुचि भएकोले होला राजनीति मेरो रुचिको बिषय कहिल्यै थिएन र होइन पनि। उसो त समाजशास्त्र र राजनीतिशास्त्र दुइ विपरित रुपले अध्ययन गर्ने बिषय रहेछन। विल्कुल अचम्म लाग्ने। समाजशास्त्रले टुक्रिएको समाजलाई जोडेर अध्ययन गर्छ अनि राजनीतिशास्त्रले सिंगो समाजलाई खण्डिकरण गरेर टुक्र्याएर अध्ययन गर्छ।

जहाँ एउटा राजनीतिज्ञको उदय हुन्छ त्यो समाज कम्तिमा पनि दुई खेमामा विभाजित हुन्छ। राजनैतिक प्रभावमा परेर एउटा टोल सुधार समिती बनाइयो भने त्यो समिति बन्दैमा पक्ष र विपक्ष गरि दुइ राजनैतिक खेमामा सुरु हुन्छ। समाजशास्त्रीय हिसाबले बनाइयो भने त्यो एउटा मात्र समिति सुधार समिति हुन्छ। त्यसैले बिकासका गतिबिधि गर्दा राजनैतिक रुपले गर्नुहुँदैन भनिएको हो। बिकास गर्दा समाज जुटेर गर्नुपर्छ फुटेर होइन अनि राजनैतिक रुपमा गर्दा बायस र विभाजन हुन्छ। प्रचार र तयारीमा बहस गर्नु जरुरी छ तर कार्यान्वयनमा एकता हुनुपर्छ।

अब एउटा छोटो उदाहरण दिने प्रयास गरौँ। डा शेखर कोइराला र डा शशांक कोइराला नेपाली काँग्रेसको १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा महामंत्रीका लागि र १४ औं महाशिवेशनमा सभापतिको लागि आपसमा प्रतिस्पर्धी थिए। त्यो समय बाजी डा शशांकले मारे। डा शशांकले बाजी मार्दा एकापक्षले खुशी मनाए अनि डा शेखरप्रति अर्कापक्षले सदासयाता देखाए। राजनीतिले घर पनि फोरेर मज्जा लिन्छ। हेर्नेलाई अचम्म लागे पनि यो राजनीतिको आफ्नै स्वभाविक पक्ष हो।

पृथ्वी नारायण शाहले भनेको जस्तो नेपाल चार-जात छत्तिस वर्णको फुलवारी हो भन्नु चाहिँ समाजशास्त्रको अध्यन हो। शाहले टुक्रिएको दुइ दर्जन बढी राज्यहरु एक देशमा लगे। भलै त्यसलाई कतिपयले आलोचना गर्ने गरेका छन्। तर अचम्मको कुरा के छ भने अहिलेको प्रजातान्त्रतिक राजनीतिले एउटा देश टुक्राएर ७ राज्य, अनेकौं जाति, देशी, मदेसी, परदेसी, प्रदेशी, पहाडे अनि हिन्दु, बौद्ध, मुस्लिम इत्यादीको टुक्रे बनायो।

तात्विक फरक हेर्दा के पाइन्छ भने-पृथ्वी नारायण शाहले चार-जात छत्तिसवर्णलाई एउटा देश बनाए अनि अहिले एउटा देशलाइ दर्जनौं जात र सयौं वर्णका ७ राज्यमा बिभाजन गरियो। यसलाई बामपन्थीहरुको भाषामा अग्रगामी छलाङ्ग भन्ने होला तर याथार्थमा चाहिं पश्चगामी खण्डिकरण हो। यसमा हेर्दा चुनाव, नेता, जताततै सरकार नै सरकार भएको बिकसित देश देखिएला तर नतिजामा गएर हेर्दा आम नागरिकको जीवनस्तर, भौतिक र पूर्वाधार बिकास, अर्थतन्त्र, कानुन, सुरक्षा लगायतका कुरामा हेर्दा देश अगाडि होइन पछाडी धकेलिएको छ।

राजनीतिमा यसलाई छलाङ्ग मार्ने र फलाङ्ग मार्ने जे-जे भनिएता पनि समाजशास्त्रमा भने यो सुत्रै-सूत्रको कात्रोले बेरिएको मुर्दा बनाउने जड्सुत्रको खण्डिकरण हो।

नेपालमा आजकल हरेक कुरामा सुत्र छ। चुनाबमा, न्यायाधीसको परिक्षा, शिक्षक, प्रशाशन, बाटो, कुलो, चुलो र चौतारो बनाउने कुरामा पनि भागबण्डा र खण्डिकरणको सुत्र छ। कुनै दिन बिहे गर्दा पनि जन्ती जाने सुत्र बन्नेछ। जनजातिबाट यति जन्ती, खस आर्यबाट यति जन्ती जस्ता यो यो को भागमा यति संख्यामा जन्ती जान पाउने भन्ने समावेसी काइते विचार आयो भने समावेसीको नाममा बिथोलिएको कुरुप कति सुन्दर देखिने हो थाहा छैन। कम्तिमा मलामीमा चाहिं सुत्र प्रयोग नगरियोस।

नेपाल जस्तो जनसंख्याको कम प्रतिशत मात्र शिक्षित भएको देशमा सांसदकै मत इन्भ्यालिड होला भनेर डराउनु पर्ने समय छ। अझै पनि संसारकै अति कठिन सुत्रबद्ध मतपत्र नेपालको चुनावमा प्रयोग गरिएको देखिएको छ। उता नागरिकको सामाजिक र आर्थिक बिकासमा भने कुनै सुत्र बनेकै नै छैन।

त्यसमा पनि सुत्र बनाउनु पर्ने हो। दलितको शिक्षा र आर्थिक स्थिति यति प्रतिशतले उकास्ने, महिलाको यति, अल्प संख्यकको यति कुनी कसको कति कति, खै त सुत्र बनेको बिकासको ? आम नागरिक र देशको आर्थिक बिकासको सुत्र खै? राजनैतिक पार्टी र नेत्रित्वमा रहने नेताहरुलाई आवश्यक पर्ने सबै कुराको सुत्र बन्यो तर देश बनाउने कुराको सुत्र अझै पनि बनेन।

कुनै पनि राजनीतक पार्टीको बिधानमा नेपाल कसरी बिकास गर्न सकिन्छ भनेर नीति लेखिएको पाइंदैन। उनीहरुको महाधिवेशनमा नेपाल बिकासको बिषयले छलफल पाएको रेकर्ड नै छैन। उनीहरुले नै देशको नेतृत्व लिने भएपछि कसरी हुन्छ त नेपालको उन्नति ? हरेक चोकमा हेर्नु राजनीति बाहेक अरु नजान्ने ज्वारीकोटेहरुको चिया पचाउने पधुवा गफ दैनिक हुन्छ।

समाजशास्त्रले दुश्मनहरु पनि संगै हिंडाउन सक्छ। तर पनि देशको तन्त्र भने राजनीतिबाट चल्नुपर्छ। समाज चाहिँ समाजशास्त्रको सिद्धान्त र देशको अर्थतन्त्र अर्थशास्त्रको सिद्धान्त अनुरुप आथिक बिकासतर्फ चल्नुपर्छ। यो नै नेपाल बाहेक संसारका अरु देशको बिधि हो। राजनीतिमा एका परिवारका दुइ कोइराला भिड्छ्न अनि समाजशास्त्रमा काँग्रेसी बन्धु र नेकपा बन्धु मिलेर माओवादीले ध्वस्त पारेको एउटा बिद्यालय भवन बनाउँछन्।

समाजमा राजनीति र समाजशास्त्रको अध्ययन गर्ने बिधि यस्ता धेरै कारणले फरक छ। तर पनि नेपालमा भने राजनैतिक रुपबाट मात्र हरेक विकासका कुराहरु हेरिन्छन। कानुन नै उनीहरुको अनुसार बनाइन्छ र प्राक्टिस गरिन्छ। हत्याको अर्को नाम हत्या नै हो। तर ज्यानमारालाइ पनि सांसदको सपथ खुवाएको नजिर यहि ब्यबस्थामा भएको छ। माननीय कैदीज्यू भनेर संबोधन गर्नुपर्ने कारण न्यायको कुन सिद्धान्तले मान्ला ?

त्यसैले, समाजशास्त्रका व्यक्तिले राजनीति सजिलै चलाउन सक्छन तर राजनीति मात्र जानेकाले समाज चलाउन सक्दैनन्। नेपालका नेताहरु पनि राजनीति मात्र जानेका हुनाले समाज बुझ्दैन र देश पनि बुझेनन र अनि चलाउन पनि सकेनन। तर पनि चुनाव भने सजिलै जित्छन। अजिवको कुरा त राजनीति बाहेक अरु केही नजान्ने अनि आफ्नो कमजोरी छोप्न साद्गगी र ज्वारीकोटको नाटक गर्छन।

कान पाक्ने गरी बिपी र मदन भण्डारीको बिचारको कुरा फलाक्छन। तर पनि उनीहरुको बिषयलाई ब्याख्या गर्न धेरै कम नेताले मात्र जान्दछन। मदन भण्डारीको एउटा भाषणमा सुनेको थिए, यदि देशको उन्नति हुन्छ भने राजा रहनु र नरहनुले कुनै फरक पार्दैन। देशको अर्थतन्त्र र नेतृत्व जसको भए पनि देश उन्नतितिर जान्छ भने केहि फरक पर्दैन भनेका थिए। तर केपी ओली भन्छन नेकपा एमाले त्यसमा पनि खड्ग ओली बाहेकले नेपाल चल्दै चल्दैन।

बिपीको अर्थशासत्रले भने जस्तो नेपाली काँग्रेसका कुन चाहिं अर्थमन्त्रीले छाप्रेहरुलाइ हेरेर बजेट बनाएका छन्? बिपीको अर्थशासत्रको मतलब के थियो त ? तल्लो दर्जाका आर्थिक भएका परिवारको आर्थिक स्थिति उकास्ने काम गर भनेको थियो। २०४६ देखि हाल सम्म कति पटक नेपाली काँग्रेस सत्तामा पुग्यो अनि कति पटक कम्युनिष्टले सत्तामा बसेर अर्थमन्त्रालय चलाए र छाप्रेहरुको आर्थिक अवस्था उकासे त ?

समाज र देशको सबैजसो परिवर्तन राजनैतिक नारा दिंदै राजनैतिक सिद्धान्तका आधारमा हुन्छ। जब परिवर्तन हुन्छ तब देश या समाज समाजशास्त्र र अर्थशास्त्रका सिद्धान्त अनुसरण गर्दै बिकासमा जान्छ। नेपालको हालको बिकास राजनैतिक नारा र सिद्धान्तका आधारमा प्रयास गरिएको छ। त्यसैले पुष्प कमल प्रचण्डको बिकास १०००% ले बढेको मापनले देखाउँछ तर नागरिकको बिकास भने १००% (नेगेटिभ १००%) ले तल झरेको आङ्कडाले देखाएको छ। के यो नै हो बिकास ?

एउटा क्षेत्रको चुनाब कसरी जित्ने भन्ने आधारमा होइन हरेक नेपालीको कम्तिमा पनि हालको भन्दा थप ५/१० हजार मासिक आम्दानी कसरी बढाउने भनेर योजना गर्ने हो। योजना भनेको गणितमा मापन गर्न सक्ने हुनुपर्छ। अनि मात्र नागरिकको जीवनको परिवर्तन छिट्टै आउंछ।

बिपीको अर्थाशाश्त्रले पनि त्यसै भनेको छ। नेपालमा राष्ट्रिय योजना आयोगको इतिहास त लामो छ तर योजना भने सरकारको पार्टीले चुनाव कसरी जित्छ भनेर बनाइन्छ। नेपालमा राजनैतिक परिवर्तन अब आवश्यक छैन केवल नीति, योजना र कार्यन्वयन मात्र फरक हुनुपर्ने हो। सुत्रै सुत्रले जटिल बनाउने होइन, समाजलाइ सजिलो र हरेक मान्छेले बुझ्ने स्वादिलो पाच्य हुने खालको बनाइदिनुपर्छ।

संसारका सबै कुरा नेपालमा टेष्ट हुन थाले। भारत र चीन जस्ताको खेल सोझो रुपमा हुन थाले। अति दुर्गमको बिकास कसरी गर्ने अर्को देशलाई सोद्धने र आफूले केहि नसिक्ने, आसेपासे र ज्वारिकोट भिरेर नेताको घर धाएका भरमा निर्वाचनमा उम्मेदवार हुने मौका पाउने, पार्टीका संरचना र स्थानीय कुराले ध्यान नपाउने, नागरिकको सामाजिक र आर्थिक स्तर उन्नतिमा केहि पनि नगर्ने, समानुपातिक र आरक्षणको नाममा नेताले कार्यकर्ता र नागरिकतप्रति जवाफदेहि नहुने ब्यबस्था नै प्रजातन्त्रको खिलाफमा छ।

यो एउटा अर्को हिडन एजेण्डाले देशको सुत्र बनाएर काम गरेको छ। योजना आयोगका दिग्गजको दिमागले काम गर्न पाएको छैन। सत्ता गुम्ने डरमा संसदको नै हत्या गर्ने र त्यसलाइ आन्दोन गर्ने, अदालत जाने तर नागरिकको लागि केहि नगर्ने राजनैतिक दलहरुको स्वार्थी गतिबिधि प्रष्ट देखियो। यो परिपाटी रहेसम्म अर्को उन्नति हुने देखिएन। कृष्णार्पण!

 

अन्य लेखहरु

राजनीति कसले, किन, के का लागि गर्ने, नेपालमा कसले गरिरहेका छन

रोयर अभिव्यक्ति दिएको बमसेल न्यूज सत्य हुन्छ भन्ने होइन रहेछ

नेपालका राजनैतिक पार्टीहरुलाइ सुधार गर्न दवाब भएकोले उनीहरुको पेट पोलेको हो

म जे चाहन्थे त्यो कुनै पाइन, मलाई जे चाहिन्छ त्यो सबै पाएँ- हे भगवान!

दुइ असल व्यक्ति चुनाब लडेर हार्ने खराव र दुइ खराब लडेर जित्ने असल हुँदैन

हरेक कुरामा लड्नु र लड्न बाध्य पार्नु जरुरी रहेन छ, धर्म अफिम होइन दैनिकी हो

नेपाल जाँदै हो? त्रिभुवन बिमान स्थलमा ५-६ घण्टा कुर्नुपर्छ, ट्रली लिएर भर्याङ्गबाट झर्नुपर्छ

राजनीति बाहेक अरु नजान्ने ज्वारीकोट लाउने सुत्रै-सुत्रले देश चलाउने

वा रे सर्बहाराका मालिक; बासी पानी समेत आप्रबासी पिउने

समाजबादीले सुरु गरे, कम्यूनिष्टले निरन्तर दिने गरेको राष्ट्रसंघको महिला दिवस

पञ्चाङ्गेहरुको आइतबार दशैं टीका लगाउने बेतुकको उर्दी पूर्ण रुपमा असफल

अबोध प्राणी जुदाएर रमिता गर्नु महापाप, साँढे जुदाउने कार्यक्रम बन्द गर्नुपर्छ

ॐ: जित भन्ने कुरा क्षणिक, हरपल र जिवन्त हुन्छ, कुकुर, स्याल र सिंह जस्तै

कुर्सी पाउने लोभ र कुर्सीबाट हट्ने डरले गुम्रिएको नेपाल देश

डनबादी ओली र गनबादी प्रचण्ड मिलेर बनेको नेकपाले लाशको कमिशन माग्न थाले

श्रमिकबाट जम्मा भएको १२ अरब रुपैयाँ उनीहरुलाई नै फिर्ता दिनुपर्छ सरकार

नयाँ वर्षबारे खोजतलास गर्दा पाइएको कुरा

किन क्रिष्टमस २५ डिसेम्बरमा नै मनाइन्छ, छोटो अध्ययनबाट

गोलीको भन्दा बोलीको शक्ति धेरै हुन्छ, गोली खाँदा हाँस्ला बरु एक वाक्यमा रुन्छ

बार्षिक ३०० टन भन्दा धेरै प्लास्टिकका सामानको उत्पादनके हुन्छ

ज्ञानी र सज्जनहरुले धेरैजसो घाटाको जिन्दगी जीउनु पर्दो रहेछ

नेपाली पात्रकारलाई नेपाली समाजमा कंगाल, निकम्मा, एउटा बियर किन्न नसक्ने भुक्का भनेर चिन्छन

चिल्लो बाटो, टेक्सी ड्राइभरको भाषण, चियापानमा अल्झेको राजनीति र अमेरिकानो कफी

नेपाल इन्भेट्मेण्ट बैंकमा ग्राहक सेवा तुच्छ, एउटा खाता खोल्न दुइ दिन लाग्छ

लेखनमा आफ्नै प्याट्रन र पढेर बुझ्नमा कन्स्टिपेशनका कुरा

राजनीति र कुटनीतिका कुरा:अध्ययन, शुक्रनीति र फेसबुक कमेन्ट समेत

अमेरिकाबाट तत्काल नेपाल जानुपूर्व:जनस्वास्थसँग संबन्धित निम्न कुरा गर्नुहोस

सेवा के हो त

धर्म के हो त ? गत महिना मैले फेसबुक वालमा गरेको सर्वे सहित छोटो विवेचना

विश्व युद्धले भन्दा धेरै मान्छे मार्ने कम्यूनिष्ट र काँग्रेसमा ५५ बर्ष उमेरका कुरा

उनले भने- सफा र चिटिक्क पहिरन लगाउनाले मन चंगा हुन्छ र जोश बढेर आउँछ

इमेल,पत्र उजुरी र क्रिमिनल चार्ज तयारी सुनेपछि प्रचण्ड क्यानाडा भाग्ने अनुमान

बिशेषज्ञहरुले नेतृत्व गरेको जिपि कोइराला फाउण्डेशन क्यानडा, मे मा हुने सम्मेलन

पशुपति भयौ अति कान्छाहरु उरालेर गाउनु पर्ने तिम्रो मति

प्रधानमन्त्री हुन: होली वाइनको सुर्को, गधा, सुँगुर, जटायु पूजा र सिद्ध बाबाको धोतीको फुर्को

लघु कथा: तलब बढाउँदा र घटाउँदा पनि कुनै प्रतिकृया नजनाएको मान्छे

माघ महिनामा धेरै दर्शनार्थी आउने सन्तानेश्वरको भिडियो सहित

रेशम फिरिरि रेशम फिरिरि जेलमा जाउँ सल्युट खाउँ रेशम फिरिरि