विश्व युद्धले भन्दा धेरै मान्छे मार्ने कम्यूनिष्ट र काँग्रेसमा ५५ बर्ष उमेरका कुरा

0
shares

by KRISHNA KC | Updated: 03 May 2019

141 views
-Krishna KC, USA

कृष्ण के सी/अमेरिका/५/५/१९

पूर्वीय दर्शनमा सबैभन्दा उत्तम नीति नै राजनीतिलाई मानिन्छ। तर सोहि दर्शनको बिकास भएको ठाउँमा सबैभन्दा मन नपराइने बिषय पनि राजनीति भएको छ। त्यसैले पश्चिमको दर्शनले राजनीतिलाई डर्टीगेम भनेको छ।

पछिल्लो समयमा बिशेषगरी बिकासका तेश्रो स्तरमा रहेका देशहरुमा राजनीतिमा धेरै अपराध बढेका छन्। नेपालमा त अपराधीलाई राजनैतिक छत्र-छायाँ नै दिइने गरिएको छ। अपराध गरेर जेल बसेकालाई सभासद बनाएको कुरा कथा होइन वर्तमानको घटना नै हो। त्यहि उत्तम नीति राजनीति हुनुपर्ने नेपालमा पोलिटिक्स एउटा डर्टीगेम भएको छ। यो मैले लगाएको आरोप होइन नेपालको राजनीतिमा भएको र गरेको रेकर्ड हो।

यतिमात्र होइन सबैभन्दा धेरै जनजीवनको नाश पनि राजनीतिबाट नै भएको कुरा सबैमा जगजाहेर नै छ। विश्वमा कम्यूनिष्टको नाममा मात्र मारिनेहरुको संख्या दुइवटा विश्व युद्धको भन्दा धेरै छ भन्ने कुरा त अध्यनले नै देखाएको छ। Stephane Courtois को The Black Book of Communism पढियो भने कम्यूनिष्टहरुको मान्छे मार्ने र मराउने कहाली लाग्दो इतिहास पाइन्छ। मारिनको लागि कोहि पनि जन्मदैन तर पछिल्ला बर्षहरुमा नेपालमा धेरै मान्छेहरु रानजीति र कम्यूनिज्मको नाममा मारिए अनि मराइए।

नेपालको कम्यूनिष्ट इतिहास खोतल्दा पनि एउटा सेतो पर्दाले छोपिएको हत्या र आतंकको कालो काब्य नै पाइन्छ। तत्कालिन झापा आन्दोलनका कम्यूनिष्टहरु खड्ग प्रशाद शर्मा ओली देखि माओबादी आन्दोलनका नामले मान्छे मराउने पुष्प कमल दाहाल उर्फ प्रचण्ड, बाबुराम भट्टराई र वर्तमान नेत्र विक्रम चन्द विप्लव सम्मको आतंक जोड्दा कम्यूनिष्टहरुलाई त मान्छे भन्न पनि घृणा लागेर आउँछ। यसो भन्छन नेपालका कम्यूनिष्टबाट पिडितहरु।

वर्तमान कम्यूनिष्ट राज्य सत्ताको डण्डाको स्वाद त नेपाली जनताले मात्र होइन नेपाली काँग्रेसले पनि चाखेको छ। तर पनि काँग्रेसका नेताहरुमा अझै बुद्धि पलाएको अवस्था भने छैन। यसको प्रमुख कारण भनेको अग्रजहरुलाई नेतृत्व दिने र युवाहरुलाइ कालापानी कटाउने प्रवृति हावी हुनु नै हो। हुन त यस्तो प्रवृति सबैजसो राजनैतिक पार्टीहरुमा छ। एकखालको हरामी र नैतिक हरामीपनाको अवस्था कायम छ। अग्रजको नाममा राजनीति बाहेक केहि नजान्ने अनि नयाँ र सक्षमहरुलाई रोकेर राख्ने, आफू भने बिना अण्डाको ओथारो बस्ने काम भएको छ।

शेर बहादुर देउवालाई लाचार, रामचन्द्र पौडेललाइ निकम्मा, डा शशांक कोइरालालाइ सुस्त, अर्जुन नर्सिङ् के सीलाइ स्वार्थी, कृष्ण सिटौलालाइ सकुनी र राम शरण महतलाइ ढुकुवाको आरोप लाग्नु सहि या गतल त्यो कुरा दुनियाँले नै जानुन। तर पनि उनीहरु असफल नेता हुन सकेनन भन्ने कुरा त प्रमाणित नै भएको छ। अब उनीहरुबाट कुनै जादुको रस मलाइ झर्नेवाला छैन। त्यसैले उनीहरुलाई सम्मानसहित खादा लगाएर बिदा गर्ने बेला भएको छ। यस्तो धारण आएको छ नेपाल बाहिरका काँग्रेसका शुभचिन्तकहरुको।

नेपाली कांग्रेसमा पछिल्लो समयमा देखिएका चर्चित युवा नेताहरु गगन थापा, विश्व प्रकाश शर्मा, उदय शम्शेर राणा, धनराज गुरुङ, प्रदिप पौडेल, कल्याण गुरुङ लगायतलाइ परेको र पारिएको चेपुवा सबैले देखेका नै छन्।

एउटा स्थापित सत्य के देखियो भने नेपाली राजनीति, संघ-संस्था जताततै अग्रजहरुलाई नेतृत्व दिने चलन बन्द गर्नुपर्छ। उनीहरुलाई सम्मान र सल्लाहकार मात्र बनाउनु पर्छ। नेतृत्व, सरकार अनि स्थानिय निर्वाचनमा सबै युवाहरुलाई अगाडि बढाउनु पर्छ। अन्यथा कुनै परिवर्तन र समाधान आउनेवाला छैन।

नेपाली काँग्रेसमा नयाँ, युवा र जोश जाँगरलाइ अगाडि बढाउने हो भने मात्र एउटा शसक्त पार्टी हुन सक्छ। यसका लागि पहिलो चरणमा ५५ बर्ष मुनिका नेताहरुलाई मात्र सपोर्ट गर्ने अभियान चलाउनु जरुरी नै भएको छ। यसका लागि बेलायत, अमेरिकाका, युरोप, अष्ट्रेलिया लगायतका नेपाली काँग्रेसका समर्थकहरुले नेटवर्क गर्दै गरेका छन्। यो अभियानले नै पार्टीमा एउटा ठूलो परिवर्तन आउनेछ। बिस्तारै ५५ बर्ष हदलाई घटाएर ४५ बर्षमा झार्नुपर्छ अनि मात्र नयाँ र सहि बाटोले नेतृत्व पाउँछ।