प्रतिसोधले होइन मेलमिलापले काम गरौँ,पूर्वप्रधानमन्त्री देउबा, निरास काँग्रेसहरुमा उत्साह

Spread the love

नेपाली कांग्रेसका पूर्वसभापति तथा नेपालका पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिसोधले होइन आपसी मतभेद, विभाजन र विद्वेष अन्त्य गर्दै मेलमिलापको मार्ग रोज्न आह्वान गरेका छन्। सिंगापुरमा थप उपचार गरी अगष्ट १३, २०२६, बिहीबार नेपाल फर्किएका नेता देउवाले बिज्ञप्ति मार्फत यस्तो आग्रह गरेका हुन्।

स्वदेश फर्किएपछि उनले भने,‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं। प्रतिशोध होइन,मेलमिलापको मार्ग रोजौं। यस्तो नेपाल निर्माण गरौं, जहाँ प्रत्येक बालकले निर्भीक सपना देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस् र प्रत्येक समुदायले समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस्।’

‘मैले सार्वजनिक पदमा बसेर काम गर्दा विभिन्न आलोचना र प्रत्यालोचना हुने गरेको थियो तर आफूले जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको हो। ‘मैले सधैं भन्ने गरेको छु, जीवनमा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानी काम गरेको छु। कानुन र नीतिविपरीत कुनै काम गरेको छैन। मेरो जीवन खुला किताब हो’ उनले भने।

उनले भनेका छन्, ‘आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको उनले बताए। उनले भने,’म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु-विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु।’

उनले २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति एक हुनुपर्ने समय आएको उद्घोष गरेको स्मरण गरे। ‘मलाई लाग्छ, फेरि ४७ वर्षपछि हाम्रो समाजमा राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ। नेपाली कांग्रेसले एकतावद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग मसेत सहमति र सहकार्य गरेर जानुपर्ने आवश्यकता रहेको औंल्याए।’ 

देउबाले कांग्रेसमा देखिएको असहमति र निराशा तुरुन्तै समाधान हुनुपर्नेमा जोड दिएका छन्। देउवाले नेपाली कांग्रेस कसैको इगोमा नभइ जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए। यसका साथै नेपाली कांग्रेसका नियमित अधिवेशन पक्षहरुमा एक किसिमको उर्जा आएको छ। तर बिशेष अधिवेशन पक्षमा भने निरासा।