केप कड नेपाली समाजको आयोजनामा किरांतबर्ष ५०८६ को साकेला-उभौली पर्व अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडको सेन्टरभिल शहरमा अवस्थित Faternal Lodge को प्रांगणमा यहि जुन महिनाको ६ तारिकका दिन भब्यताका साथ सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा United Kirat Rai Organization of America (UKROA), NEWAH Organization of New England, New Hampshire र Boston बाट संस्था र व्यक्तिहरुको उपस्थित रहेको कुरा केप्कडले जनाएको छ। साकेला-उभौली कार्यक्रममा आदर्श राईले साकेला उभौली पर्वको शुभकामना ब्यक्त गर्दै यो पर्व के हो, किन र कसरी मनाईन्छ भन्नेबारे जानकारी दिए।
