राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा गत निर्वाचनका ठुला दलहरुले आफूहरुको हैसियत पत्ता साफ हुने देखिपछि सड्यन्त्र गर्न थालेकाले त्यसो नगर्न चेतावनी दिएका छन।
सभापति लामिछानेले काठमाडौंमा नागरिक उन्मुक्ति पार्टीका नेताहरूल गायत थरुहट थारुवान अभियन्ताहरूलाई रास्वपामा प्रवेश गराउँदै मुलुकले धेरै कठिनाइ भोगिसकेकाले अबको निर्वाचन मार्फत सहज निकास दिनुपर्ने बताए। निर्वाचनलाई असर पार्ने कुनै पनि काम नगर्न अन्य दलहरुलाई बिशेष गरेर नेपाली कांग्रेस, एमाले र माओवादीलाइ चेतावनी दिए।
उनले भने, केही दलहरू जेनजी आन्दोलनपछिको परिवर्तनलाई स्वीकार गर्न नचाहेको मात्र होइन उनिहर इतिहासमा असक्षम समेत सावित भएको कुरा बताए। उनले नयाँ पुस्ताहरू देशलाई नयाँ उचाइमा पुर्याउन सक्षम रहेको र पुराना नेताले आफ्नो बारेमा धेरै चिन्ता नगर्न पनि आग्रह गरे। साथै उनल रास्वपाका नेता र दल राजनैतिक रूपमा परिपक्क हुँदै गएको, देश र आर्थतन्त्र बुझेकाले गिरेको मनोबल र अर्थतन्त्रलाई उकासेर छाड्ने स्पष्ट पारे।
