आजकल नोवेम्बर महिनालाई दिने (दान गर्ने) महिनाको रुपमा मान्न थालिएको छ। यो कुनै कानुन होइन संस्कृति र बढ्दै गएको राम्रो चलन हो। आफुसँग भएको मध्ये केहि पैसा या खाना या बस्त्र या केहि न केहि कुरा आवश्यकतामा परेकाहरुलाई आमेरिकाबासीले दिने गर्थे, दिन थालेका छन्, दिन्छन र दिएका छन्। यति मात्र होइन टर्की पार्डनको नक्कल गर्दै विवाद र दुश्मनी बिर्सेर आफन्त र साथी आदिमा एकातर्फ माफी दिने चलन पनि बढेको छ।
उसो त अमेरिका र बिश्वका धेरै देशमा Thanksgiving अर्थात टर्की खाने दिन भनेर चिनिने यो चाड-पर्व हरेक बर्ष फल सिजनमा पर्दछ। खासगरी यो दिन देखि होलिडे सिजन सुरु हुन्छ। यो पर्व बिश्वोका धेरै देशमा मनाइन्छ तर अमेरिकामा चाहिं Thanksgiving को दिन नेशनल होलिडेकै रुपमा मनाइन्छ।
कतिपय देशमा Thanksgiving अक्टुवर देखि नोवेम्बर सम्म फरक फरक दिनमा मनाइन्छ। खासगरी United States, Canada, Saint Lucia, Liberia ले राष्ट्रिय रुपमा मनाउँछन्। Brazil र Germany ले पनि Thanksgiving डे मनाउँछन। Australlia, Norfolk Island, Japan, Thailand, South Korea लगात धेरै देशमा Thanksgiving मनाइन्छ।
इतिहासलाइ हेर्ने हो भने Thanksgiving लाई बाली भित्र्याउने चाडको रुपमा सुरु ‘Blessings of the harvest’ भनेर चर्चा गरिएको पाइन्छ। Thanksgiving नर्थ अमेरिकामा भने होलिडे सिजनमा पर्ने परिवार भेटघाट गर्ने ठुलो र रमाइलो चाड हो। नेपालीहरु दशैँमा ठुलाबडाको गएजस्तै Thanksgiving मा परिवार सदस्यहरु आफ्ना अभिभावककोमा भेट्न जान्छन। त्यसैले हवाई र रोड यात्रा एकदमै व्यस्त हुन्छ यो समय।
Thanksgiving को समयमा अमेरिका हवाई र स्थलमार्ग गरेर ठुलो संख्यामा यात्रीहरु आफन्त भेट्न आवागमन गर्छन। नेपालको दशैंमा खशी खाने आफ्नो घर र ठुलाबढाको घर आशिर्वाद लिन जाने जस्तै Thanksgiving पनि केहि रुपमा समान छ।
Thanksgiving मा टर्कीका परिकार खाने, साथमा चुस्त वाइन पिउने, बाहेक सकर (फुटबल) खेल्ने, परेड गर्ने जस्ता गतिबिधि पनि हुन्छन। सजावटमा भने फल सिजन भएकाले झरेका पत्कर र हलोविन देखि सुरु हुने फर्सीको सजावट गरिन्छ। त्यसैले Thanksgiving मा हवाई र सडक यात्रा अत्यन्तै व्यस्त हुन्छ।
इतिहासमा हेर्दा Thanksgiving चाड धार्मिक युगमा Protestant Reformation र English Reformation जस्ता इतिहासका पाटामा धर्मसंग जोडिएको छ। तर पछिल्ला बर्षमा Thanksgiving को बिशेषता भनेको टर्की र यसका परिकार बनाउने खाने, ठुला-बडाको घरमा खान जाने, भेटघाट गर्ने र शुभकामना लिने-दिने नै मुख्य चलन हो।
व्हाइटहाउसमा राष्ट्रपतिद्वारा ‘टर्की पार्डन’ गर्ने र टर्की राख्ने दिनको बिधि यसको केहि दिन पहिला नै सम्पन्न गरिन्छ। टर्की पार्डन (माफी दिने) भनेको अमेरिकी Thanksgiving को एउटा परम्परा हो। व्हाटहाउसमा राष्ट्रपतिले औपचारिक रूपमा टर्कीलाई ‘माफी’ दिन्छन्। त्यसको अर्थ त्यो टर्कीलाइ खानु नपरोस् भनेर हो। माफी पाएको टर्कीलाई फार्म वा बिश्वबिद्यालय या अन्य ठाउँमा पाल्नको लागि दिइन्छ। यसपछि लगत्यै फर्स्ट लेडीले ‘क्रिस्टमस ट्रि’ को स्वागत गर्ने दिन आउँछ।
यो बर्षको Thanksgiving ले बिश्वभरिका मानिव जाति, प्राणी र जैविक जातको रक्षा र सुरक्षा होस् भन्दै सबैलाई हार्दिक शुभकामना!
