प्रत्येक वर्ष नोभेम्बर ११ मा मनाइने Veterans Day संयुक्त राज्य अमेरिकाको बहुसम्मनित दिवस मध्ये एक हो। सन् १९३८ मा अमेरिकी कंग्रेसले नोभेम्बर ११ लाई कानुनी रुपमा सार्वजनिक बिदाका घोषणा गर्दै यसलाई ‘युद्धविराम दिवस’ (Armistice Day) नाम दियो। यो दिवस अमेरिकी सशस्त्र सेवा गरेका पूर्व सैनिकहरू (भेट्रान्स) को सम्मानमा समर्पित छ।
सुरुमा Armistice Day का रूपमा स्थापित गरिएको यो दिवस प्रथम विश्वयुद्धको स्मरणसँग जोडिएको छ। प्रथम विश्वयुद्ध- १९१८ को ११औँ महिनाको ११ औँ दिनको ११ औँ घण्टामा लडाइँ रोकिएको थियो। पछि सन् १९५४ मा President Dwight D. Eisenhower को कार्यकालमा, अमेरिकाका सबै द्वन्द्वहरूमा सहभागी पूर्व सैनिकहरूको सम्मानार्थ Armistice Day को नाम परिवर्तन गरी आधिकारिक रूपमा ‘Veterans Day राखियो।
अमेरिकाभरि र बिश्वोभरि अमेरिकी सैनिकहरूले देखाएको देशभक्ति, उनीहरूले पुर्याएको सेवा र गरेका बलिदानहरूप्रति कृतज्ञता व्यक्त गर्न यो दिन राखिएको हो। यस दिन परेड, भाषण र मौन धारणसहित मनाइन्छ। यो एउटा महत्त्वपूर्ण परम्परा हो। Veterans Day ले नागरिकहरूलाई शान्ति र सुरक्षा कायम राख्न निरन्तर समर्पणको आवश्यकता पर्ने कुराको सम्झना गराउँछ भन्ने बिश्वास गरिन्छ।
यो बर्ष आज बुधबार Veterans Day मनाउँदैछ। सैन्य सेवामा मृत्यु भएकाहरूको सम्झनामा मनाइने मेमोरियल डे भन्दा यो पृथक छ। भेटरान्स डेले सेवा गर्ने सबैलाई सम्मान गर्दछ। विशेष गरी जीवित भेटराहरूलाई धन्यवाद दिने कुराम जोड दिँदै आएको छ। परम्परागत रुपमा राष्ट्रिय उत्सवमा Arlington National Cemetery मा रहेको अज्ञात सिपाहीको चिहानमा माल्यार्पण गरिन्छ। अमेरिकी राष्ट्रपित यसका मुख्य अतिथिति हुनेगर्छन।
Source credit: U.S. Department of Veterans Affairs, VA News, “Veterans Day originated at the end of World War I” and “The history of Veterans Day.” Original news-style summary based on these and the cited sources. VA News
