अब चुनावअघि कुनै राजनैतिक गठबन्धन हुँदैन:संयोजक प्रा.डा.कोइराला

Spread the love

नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले पार्टीले बिगतमा चुनाव अगाडी गठबन्धन गरेर पार्टी यो हालतमा पुगेको त्यसमा पनि तत्कालिन निलम्बित महामन्त्री गगन थापाले पार्टी फुटाएर गएकाले नराम्रो भएको बताएका छन्। 

उनले भने, चुनावी गठबन्धनका कारण पार्टीलाई दीर्घकालीन रूपमा क्षति पुगेको छ। अब चुनावअघि कुनै गठबन्धन गर्न नहुने र नगरिने सैमेत उनले बताए। ‘चुनावमा जाँदा हामीले एक्लै लड्नुपर्छ। नतिजापछि बहुमत नभएको अवस्थामा गठबन्धन गर्ने त्यो अर्को कुरा हो। चुनाव अगावै गठबन्धन गरेर कांग्रेसलाई नै हानी भइरहेको छ। बरु एकपटक हारौँला तर अर्को पटक जितिन्छ।’ उनले सो बिचार नेपाली कांग्रेस कास्की जिल्लाको अधिवेशनलाई सम्बोधन गर्दै बताएका हुन्।

त्यसैगरी उनले भने, ‘म दोहो-याएर, तेह-याएर भन्छु हामी एकताबद्ध रूपमा अगाडि बढ्नुप-यो। तब मात्र नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन। तर, कसैले एकता तोड्यो भने कांग्रेसको स्थिति राम्रो हुँदैन। त्यसैले एकताबद्ध भएर जाउँ।’