कांग्रेसको भात्री संगठन नेविसंघको अध्यक्षमा मल्ल मनोनीत

Spread the love

नेपाली कांग्रेस १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पर्वत जिल्लाकी श्रृजना मल्ललाई नेविसंघको अध्यक्षमा मनोनयन गरेक छन्। 

मल्ललाइ नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयानुसार नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित को दफा ४२ को उपदफा (१) (च) बमोजिम नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा मनोनयन गरिएको हो। उनले अध्यक्षको रुपमा आगामी ६ महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गरी संगठनलाई मजबुत बनाउने जिम्मेवारी तोकिएको छ।