रास्वपा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो दलको सरकारले गरेका कामबारेमा जानकारी गराउन आफ्ना दलका सांसदहरुलाइ आ-आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने निर्णय गरेको छ। 

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले गरेका धेरै राम्रा र जनपक्षीय कामहरूको जानकारी जनतालाई हुन नसकेको भन्दै पार्टीका सांसदहरु आफ्नो क्षेत्रमा गएर सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने तयारी भएको बताएका छन।

जुलाई १५ का दिन संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले निर्वाचन क्षेत्रमा जानुअघि संसदीय दलमा सभापति, प्रधानमन्त्री तथा संसदीय दलका नेतासहित बसेर थप छलफल गरिने बताए। सरकारले काम नै नगरेको हो कि भन्ने भ्रम वा भाष्य निर्माण गर्न केही तत्वहरू तत्पर देखिएकोे भन्दै उहाले पार्टीले त्यसलाई चिर्दै अघि बढ्ने समेत उल्लेख गरे।