अमेरिकामा दर्ता भएको जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनको केन्द्रीय समितिमा पदाधिकारी तथा सदस्यहरु मनोनित गरिएको कुरा फाउण्डेशनल बताएको छ। गत जुन १३-१४ मा भर्चुएल माध्यमबाट सम्पन्न फाउन्डेशनको पहिलो वार्षिक अधिवेशनले डा. पण्डितलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित गरेको थियो।
फाउन्डेशनका नव निर्वाचित अध्यक्ष डा. यादव पण्डितले संघको विधानले दिएको अधिकार प्रयोग गरेर कार्यसमिति विस्तार गरेका हुन्। फाउन्डेशनको विधान अनुसार अध्यक्ष पदमा मात्रै निर्वाचन हुँदा पण्डित सर्वसम्मत चयन भएका थिए।
उनले मनोनित गरेका पदाधिकारीहरु:
- महासचिव- अग्नि चौलागाईं, अमेरिका
- कोषाध्यक्ष- गोविन्द श्रेष्ठ, अमेरिका
- प्रवक्ता- लाल प्रसाद काफ्ले, अमेरिका
- केन्द्रीय सदस्यहरु
- डा. देवराज पौडेल, अष्ट्रेलिया
- अरुण कुमार ठाकुर, अष्ट्रेलिया
- रंजित कर्ण, नेपाल
- केशव शिंह, नेपाल
- राजीव ढुंगाना, नेपाल
- महेन्द्र प्रसाद कंडेल, नेपाल
- प्रेम राज पौडेल, नेपाल
- राजु सयद, साउदी अरेबिया
- नरेन्द्र भाट, कतार
- लोक गुरुङम, बेलायत
- चन्दा अधिकारी, क्यानाडा
- अशोक यादव, क्यानाडा
- बाबुराम (बीआर) लामा, अमेरिका
- दिलु पराजुली, अमेरिका
- टेक के.सी, अमेरिका
- भोजराज घिमिरे, अमेरिका
- एक देव शर्मा, अमेरिका
- हरिहर पौडेल, अमेरिका
- रामजी मरासिनी, अमेरिका
- दिनबन्धु भट्ट, अमेरिका
- शिव राज पौडेल, अमेरिका
त्यसैगरी फाउन्डेशनको ग्लोबल नेटवर्कतर्फ पनि विभिन्न जिम्मेवारी तोकेको छ। ग्लोबल नलेज नेटवर्कको जिम्मेवारी डा. निरज श्रेष्ठ, ग्लोबल युथ नेटवर्कको मदनराज पौडेल, ग्लोबल महिला नेटवर्कको बिनिता अधिकारी र ग्लोबल स्पिरिचुअल वेलनेस नेटवर्कको नेतृत्व अर्जुन सिग्देललाई सुम्पिएको अध्यक्ष पण्डितले जानकारी दिए। ग्लोबल मिडिया नेटवर्कको छिट्टै पुनर्गठन गरिने छ। फाउन्डेशनका केन्द्रीय सदस्यहरुमा विभिन्न देशबाट प्रतिनिधित्व हुने गरी मनोनयन गरिएको पनि डा. पण्डितले बताए । फाउन्डेशनले चाँडै थप सदस्यहरु समेत मनोनयन गरी समितिलाई पूर्णता दिने जनाएको छ ।
फाउन्डेशन अन्तर्गत ग्लोबल नलेज नेटवर्क, विभिन्न विभाग तथा संसारभर ३३ ओटा च्याप्टरहरुले सक्रियतापूर्वक काम गरिरहेका छन्। नवनिर्वाचित अध्यक्ष डा. पण्डितका अनुसार संसारभरि छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा जोड्ने र उनीहरुसँग रहेको सीप, अनुभव, श्रोत र संजाललाई मातृभूमि नेपालको हित र उन्नतिमा उपयोग गर्ने मुख्य उद्देश्यका साथ फाउन्डेशन स्थापना गरिएको हो। उनले साझा उद्देश्य प्राप्तिका लागि डायस्पोरामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुसँग आगामी दिनमा सहकार्य र हातेमालो गर्दै अघि बढ्न फाउन्डेशन प्रतिबद्ध रहेको समेत प्रष्ट पारेका छन्।
