नेपाली भूमी लिपुलेक हो भन्दै सबै दलले भनेता पनि कडा कादम कसैले चालेका थिएनन। रास्वपाको सरकारले भारतीय पक्षको पेलान गर्ने जवाफ पछि चीन र भारत दुवैतिर नेपालले कूटनीतिक नोट पठाएको छ। कुटनैतिक प्रयास पहिलो चरण हो।
भारतले मानसरोवर यात्राका लागि २० समूह तोकेको र १० समूह लिपुलेक पास हुँदै जाने घोषणा गरेको छ। नोटमा नेपालले ऐतिहासिक सन्धी, तथ्य र नक्साको आधारमा सीमा विवाद समाधान कूटनीतिक माध्यमबाट गर्ने प्रतिबद्धता जनाएको छ। यस अघि चीन र भारत दुवैले नेपाललाइ बाइपास गरेर सो मार्ग खोलेका थिए। त्यससंगै भारतको विदेश मन्त्रालयले मानसरोवर यात्रा खुला गरेको घोषणा गरेको छ।
सो पेलानपछि नेपाल सरकारले आफ्नो स्पष्ट कुटनैतिक नोटमार्फत आफ्नो अडान राखेको छ। परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा, ‘नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुन: अवगत गराएको छ।’, भनेको छ।
तर यस बिषयमा नेपालका अन्य दलले धेरै बाजा बजाए तर यो बेला आफ्नो धराणा राखेका छैनन। राष्ट्रियताका बिषयमा जस्तो सुकै संबन्ध भएता पनि दल र नागरिकले सरकारलाइ साथ दिने बिश्वब्यापी चलन छ।
