कांग्रेसमा थापा आतंक, सिटौलाको पद चैट, खड्काको आपत्ति

Spread the love

अदालती कांग्रेसका सभापति गगन थापाले कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा संसदीय दलको नेताबाट हटाइएका छन्। प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको काँधमा बन्दुक राखेर थापाले सिटौलालाई हटाएर कमला पन्तलाई जिम्मेवारी दिएका छन्। 

आङदेम्बेले कांग्रेस संसदीय दलको विधानको दफा १२ को उपदफा (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गरेका हुन्। सिटौलाले विशेष महाधिवेशनको विरोध गरेका थिए। पन्त विशेष महाधिवेशनको पक्षमा थिइन् त्यसैको पुरस्कार र दण्डमा यसलाई हेरिएको छ।

तर यसलाई १४ औं महाधिवेशनका उपसभापति पुर्णबहादुर खड्काले भने यसको बिरोध गरेका छन। उनले कम्तिमा एक पटक जानकारी त् दिनु पर्नेहो भन्ने मनसाय आफ्नो फेसबुकबाट पोखेका छन्। 

अन्तरिक श्रोतका अनुसार अदालती कांग्रेस थापापक्षले डण्डा बर्साएर अर्को पक्ष लखेट्ने र अदालतबाट आएकाले महाधिवेशन नै गर्नुपर्ने ब्याख्या गर्दैछन। त्यो सुइँको पाएका कांग्रेसीहरु दल दर्ताको कसरतमा छन। विभिन्न अनौपचारिक भेला हुँदैछन्।