नेपाली कांग्रेस करिब-करिब एक बर्ष पहिला नै फुट्ने लाइनमा गएको थियो। तत्कालिन सभापति शेरबहादुर देउबाले बिशेष महाधिवेशन गरे पार्टी फुट्छ भनेकै हुन्। त्यो कुरालाइ नजरन्दाज गरियो। बिशेष महाधिवेशन गरियो, नेतृत्व लुटियो अनि त्यसैलाई अदालतबाट पनि आधिकारिक भएको फैसला आयो।
देउबा निकटहरुका अनुसार सो फैसला अप्रत्यासित भएको भन्दै विकल्प नभएकाले दल फुट्ने लाइनमा गएको छ। कांग्रेस निकट केहि कानुनका बिज्ञहरु समेतले रहेको एउटा समूहले नयाँ पार्टी दर्ताको प्रक्रियामा जुटेको छ। उनीहरु अहिले आफ्नो सपोर्टमा कति छन् त्यो पनि हेर्दैछन्।
दल फुट्ने कुरा चर्को रुपमा आएको छ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले दल नयाँ दर्ता गरेर भनेपनि अगाडी जाने बिचार गतहप्ता नै दिएका छन्। यसैबीच पूर्णबहादुर खड्कालाइ गगन कांग्रेसहरुले कारबाही गर्ने धम्कि दिएपछि नेता बलायरले ठाडो चुनौती दिएका छन्।
प्रदेश सभापति बलायरले हिम्मत भए लेटरप्याड दुरुपयोगको आरोपमा पूर्णबहादुर खड्कालाई अनुशासनको कारबाही गरेर देखाउन चुनौती दिएका छन्। शेरबहादुर देउवा समूहले आइतबार महाराजगन्जमा गरेको समूहको भेलामा बलायरले भने, ‘हिम्मत भए पूर्णबहादुर खड्कालाई लेटरप्याड दुरुपयोग काण्डमा २४ घण्टाभित्र कारबाही गरेर देखाउ त्यसपछि परिणाम के हुन्छ, त्यो पनि भोग्न तयार हुनु।’
कांग्रेस पार्टीभित्र अहिलेसम्म गरेको सङ्घर्ष र त्याग अनि इतिहासको कुरा गर्दा अहिले सानेपाको पदमा रहेकाहरूको भन्दा महाराजगन्जको बैठकमा बसेका नेताहरूको योगदान ठुलो रहेको बलायरले बताए। उनले भने, ‘नेताहरूले फराकिलो छाती बनाएर आफूहरूलाई नेतृत्व गर्ने अवसर दिएमा कांग्रेसको इतिहास जोगाउन तयार छौं अन्यथा विकल्प त छैंदैछ।’
नेता डा. शेखर कोइराला समूहले तत्काल विकल्पमा नजाने तर बनेर आए पछि नहट्ने बाटो लिएको छ। उसै पनि यो जता पनि मच्चिने समूह हो। थापा समूहले देउबा र कोइराला समुहालाई ठाउँ दिन्छ, तेस्तो त देखिन्न्। उसैपनि थापा कांग्रेस भनेको तस्कर र बिचौलीयहरुले बोकेको गुट भएको प्रमाणित नै भएको छ। थापा कांग्रेसलाइ कांग्रेसका बहुसंख्यकले मानेका छैनन। त्यसैले कांग्रेस फुट्ने पक्का-पक्कि नै छ।
