प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक तर्फका सांसदहरुसँग प्राधानमन्त्रीको कार्यलयमा बुधबार दिउँसो १२ बजे भेटघाट र छलफल गर्ने भएका छन्।
यसपूर्व नै सांसदहरूलाई आ-आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्न अनुरोध गरिएको कुरा प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि बालेनले प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभाका सांसदसँग प्रदेशअनुसार भेटेर छलफल गरेका थिए।
