पाकिस्तानमा हुँदै गरेको अमेरिका-इरान शान्ति वार्ता २१ घण्टामा पनि टुंगोमा नपुगी रोकिएको छ। इरानले टुंगोमा जान नमानेको भन्दै उपराष्ट्रपति जेडी भ्यान्स बताए। अब अमेरिकी प्रस्तावमा इरान नगएकाले आउने परिस्थितिको दोषी इरान हुने कुरा उनको दावी छ। तर उनले अब के गर्ने भन्ने कुरा स्पस्ट बताएनन।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले फेब्रुअरी २८ , २०२६ देखि इरान विरुद्ध सुरु भएको अमेरिकी-इजरायली आक्रमण इरानको हमुर्ज बन्द प्रकरण पछि युद्ध बिराम गर्दै शान्ति वार्तामा थियो। राष्ट्रपति ट्रम्पले इरानलाई हर्मुजको नाका पूर्ण रूपमा खोल्न वा व्यापक आक्रमणको सामना गर्न समयसीमा तोकेका थिए। समयसीमा समाप्त हुनुभन्दा केही घण्टा अघि मात्रै इरान हर्मुजको नाका पुन:खोल्न सहमत हुनेभए भन्दै दुई हप्ताको लागि युद्धबिराम गरियो।
त्यसपछि इरानी विदेशमन्त्री अब्बास अराघचीले भने, इरानको सशस्त्र सेनासँगको समन्वय र प्राविधिक पक्षको उचित विचार गरेर हर्मुज नाक सुरक्षित रुपमा खुल्ने बताए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानसँगको युद्धविरामलाई समर्थन गरेको बताए तर लेबनानका हमलाहरू जारी राखे। तरपनि शान्ति वार्ता हुँदैथियो। सिएनएनका अनुसार इरानको आणविक भण्डार र हर्मुज नाका नियन्त्रणमा गतिरोधले गर्दा अमेरिका र इरानबीच दीर्घकालीन शान्ति सम्झौतामा सहमति अनिश्चित भएको छ।
यसैबीच राष्ट्रपति ट्रम्पले अमेरिकी नौसेनाले हर्मुज नाकाबाट जहाजहरू जानबाट रोक्न र जलमार्ग प्रयोगको लागि इरानलाई शुल्क तिर्ने कुनै पनि जहाजलाई रोक्न सुरुगर्ने बताएका छन्। यसबाट महत्त्वपूर्ण ढुवानी च्यानल बन्द हुँदा विश्वव्यापी ऊर्जा आपूर्ति अवरुद्ध रहनेछ।
