अमेरिका-इरान शान्ति वार्ता सुरु उपराष्ट्रपति भ्यान्सले अमेरिकी नेतृत्व गरिरहेका छन्

Spread the love

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले फेब्रुअरी २८ मा इरान विरुद्ध सैन्य कारबाहीको घोषणा गरेका थिए। करिब डेढ महिनाको युद्धमा थुप्रै अमेरिकी सेनाको समेत मृत्यू र युद्ध जहाज लगायतको क्षती भयो। उता इरानका ठुला नेताहरु मारिए र भौतिक र नागरिकहरुको हताहत र क्षती ठुलो संख्यामा भयो। 

इजरायलले एक्लै र अमेरिकासंग मिलेर इरान र आसपासका ठाउँमा ठुलो क्षति पुर्यायो संगै उसको पनि ठुलो क्षति भयो। त्यसलाई जोगाउन इरानले हर्मुज क्षेत्रलाइ रोकिदियो त्यसबाट जहाहरु जान नपाउँदा बिश्व बजारमा तेलको मुख्य बढ्यो।  

राष्ट्रपति ट्रम्पले इरानलाई हर्मुजको क्षेत्र पूर्ण रूपमा खोल्न वा यसको महत्वपूर्ण पूर्वाधारमा व्यापक आक्रमणको सामना गर्न समयसीमा तोकेका थिए। समयसीमा समाप्त हुनुभन्दा केही घण्टा अघि इरानले हर्मुजको पुन:खोल्न हप्ताको लागि युद्ध बिराम गर्न सहमत भएका थिए।

​​त्यसपछि इरानी विदेशमन्त्री अब्बास अराघचीले भने, ‘इरानको सशस्त्र सेनासँगको समन्वय र प्राविधिक सीमितताहरूलाई उचित विचार गरेर हर्मुजबाट सुरक्षित मार्ग सम्भव हुनेछ।’ इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानसँगको युद्धविरामलाई समर्थन गरेको बताए तर लेबनान भने हमला जारी राखे। 

अहिले पाकिस्तानको इस्लामावादमा अमेरिका-इरान शान्ति वार्ता सुरु भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले अमेरिकाको तर्फबाट नेतृत्व गरिरहेका छन्।  पहिलो छलफलहरू मुख्यतया मध्यस्थकर्ताहरू मार्फत गरिएका थिए।