रास्वपाका जगदीश खरेल ललितपुर २ मा विजयी

Spread the love

ललितपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगदीश खरेल ३९,४९१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतममा नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७,४२० मत प्राप्त गरेका छन्।

उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५,५४७, नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले ४,५३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले १,७ ६०, नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र अमात्यले १,२१७ र श्रम संस्कृति पार्टीका सरोज राईले ६,० ८ मत, नेपाल मजदुर किसान पार्टीकी चिरी मैया महर्जन (लाखाजु) ले २०७ मत प्राप्त गरेका छन।