रास्वपाका नेता मेयर शाह झापा ५ बाट निर्वाचित, प्रधानमन्त्रीको बाटो खुल्यो

Spread the love

झापा क्षेत्र नम्बर ५ बाट रास्वपाका वरिष्ठ नेता पुर्वमेयर बालेन्द्र ‘बालेन’ शाह ५० हजार भन्दा बढी मतान्तर सहित निर्वाचित भएका छन्। बालेन ६८ ३४८ मत ल्याएर बिजयी भएका हुन्। नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८७३४ मत प्राप्त गरे। शाहले ४९, ६१४ मतान्तरले जितेका हुन्। झापा ५ सर्वाधिक चर्चाको केन्द्रमा रहेको थियो। 

युवाहरुको ढुकढुकी, मेयर शाह इन्जिनियारिङ्गका ग्राजुएट, र्यापार, कवि पनि हुन्। उमेरले ३६ वर्षीय बालेन्द्र शाह (बालेन) ४ वर्ष अगाडिसम्म र्‍यापरका रूपमा बढी चिनिन्थे। २०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयरमा भारी मतले बिजयी भएका थिए। 

काठमाडौंमै जन्मिएका शाह तराइ मुलका आयुर्वेदिक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन्। काठमाण्डौबाट (ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजी) सिभिल इन्जिनियरिङमा अण्डरग्राजुएट गरेका शाहले भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा ग्राजुएट गरेका छन। 

स्पष्ट बहुमततिर लम्किंदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाइ भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको छ। अबको संसदले उनलाई प्रधानमन्त्रीको रुपमा निर्वाचित गर्ने निश्चित देखिएको छ।