नेपालकी प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बालानन्द शर्मा र श्रममन्त्री राजेन्द्रसिंह भण्डारीसँग मध्यपूर्वमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी छन् ।
इरानमा अमेरिकी र इजरायली संयुक्त सैन्य कारबाहीबाट मध्येपूर्व तनाबमा छ। इरानी सुप्रिम नेता मारिए। त्यसको बिरोध र सपोर्टमा मिश्रित प्रतिक्रिया आएका छन्। तर इरानले पनि प्रतिआक्रमण गरेको छ। उसले यूएइ, कुवेत, कतार लागायत थाउमा आक्रम गरेको छ। यसबाट केहि क्षेती भएको छ।
यसबाट पछिल्ला दशक श्रमिकहरुको हब बनेको मध्येपूर्वमा उनीहरुको जीवन पनि तनाबमा छ। नेपालीहरु पनि लाखौँको संख्यामा सो क्षेत्रमा छन। उनीहरुको सुरक्षाको चासो सर्वत्र छ। काममा जाने स्थिति छैन, आम्दानी नहुँदा खाने र बस्ने समस्या हुन्छ। त्यबारे नेपाल सरकारएल पहिलो पटक चासो देखाएको छ।
प्रधानमन्त्री शुशिला कार्कीले आइतबार अपराह्न २ मन्त्रीलाई बालुवाटार बोलाएर मध्यपूर्वको तनाव र नेपालीको अवस्थाका विषयमा जानकारी लिएकी छन्। मध्यपूर्वका विभिन्न देशमा तनाव बढ्दै गएपछि त्यहाँ रहेका लाखौँ नेपालीहरु रहेका छन्। उनीहरुको सुरक्षा सरकारले उच्च प्राथमिकतामा राखेको बताइएको छ।
