थापाको किर्तिपुरमा ढाँट, भदौ २३/२४ मा मारिनेको कारण कांग्रेस-एमाले भन्न सकेनन

Spread the love

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो नेतृत्वलाइ भदौ २३ र २४ गत्ते मारिने र पिडितहरुसँग ढाँटेर मत मागे। तर सो घटनाका कारक चाहिं तत्कालनी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका तर्फबाट तत्कालिन गृहमन्त्री रमेश लेखक रहेको कुरा भने खोलेनन।

यदि उनि सच्चा नेता हुन् या हुन् खोजेका हुन् भने, आफ्नो दलबाट रमेश लेखकलाइ अनुसन्धान गर्न दावी गर्नुपर्ने थियो। त्यो दावी गर्न सकेनन। कांग्रेस र एमालेले बिगत देखि नै आफ्ना भ्रष्टाचरी तथा आरोपित नेताहरुलाइ जोगाउँदै आएको छ। सहकारी अनुसन्धानमा पनि धनराज गुरुङ लगायतलाइ त्यसै गरेको हो। थापाले पनि त्यसै गरे। उनबाट अपेक्षा भनकै फट्याइं हो। कांग्रेसकै अर्को पक्ष भन्छन, जसले आफनै दलको नेतृत्व २ महिना नकुरेर लुटेर लियो, उसबाट अरुले के अपेक्षा गर्ने ? 

उसो त थापा ढाँट्नमा माहिर छन्। किर्तिपुरमा उनको यो दोश्रो पटक फट्याइ हो। यस अघि उनले डा. स्वोर्णिम वाग्लेले एउटा रेडियोलाइ दिएको अन्तरबार्ताको आइटीको बिषयको कपि गरेर आफ्नो भर्शन बोलेका थिए। तर त्यो केहि मिनेट पनि टिकेन। चोरी बाहिर आयो।

थापा हदै सम्मको फट्याई गर्छन र बोल्छन। जसबाट फाइदा लिन्छन उसलाई तुरुन्तै लात हान्छन। यो उनको पुरानै रोग हो। उनले नेविसंघको पालादेखीकै बेथा हो। नेविसंघका एकजना नेताले एक बर्ष पहिला नै यो कुरा बताएका हुन्। 

यो पटक पनि थापाले किर्तिपुरमा गएर ढाँटे। ‘यो निर्वाचन जसले जिते पनि भदौ २३ र २४ मा सन्तान गुमाएकी आमाले हार्न नहुने’ भन्ने कुरा बताएका छन्। उसो त ति मारिने सन्तान कांग्रेस र एमालेका थिएनन। तर मार्ने र मार्न आदेश दिने चाहिं एमाले र कांग्रेस नेतृत्वको सरकार थियो। यसबारे किन बोलेनन ?