राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार सुनसरीको इटहरीमा ‘हामी आयौंःपरिवर्तन उद्घोष सभा’ भन्दै आयोजना गरेको कोशी प्रदेशस्तरीय चुनावी सभामा पनि बिगतमा जस्तै जनलहर उर्लियो।
पुराना दलहरुको भाषाणले वाक्क भएका नागरिकहरुले रास्वपाको छोटो र छरितो मन्तब्य, एजेन्डामा फोकस हुने तरिका मन पराए। बोलेर कराउनु भन्दा उपस्थिति नै ठुलो कुरा हो, बाँकी कुरा त आजकलको स्मार्ट दुनियाँमा हेर्न-पढ्न सकिन्छ। लामिछाने रवि लामीछाने र बरिष्ठ नेता बालेन शाहले खासगरी गफमा होइन, काममा केन्द्रित हुनुपर्ने कुरा गरे। यसबाट उत्साहित मतदाताको उपस्थितिले रास्वपा झनै उत्साहित भएको देखियो।
