मैले १० हजार भन्दा धेरै अन्तर मतले जित्छु:अमरेश कुमार सिंह

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सर्लाही क्षेत्र ४ का स्थानीय चर्चित र संसदमा समेत चर्चाको शिखरमा पुगेका डा. अमरेश कुरामा सिंहले नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापालाई आफूले १० हजार भन्दा धेरै अन्तरको मतले जित्ने जिकिर गरेका छन।

एक टेलिभजन अन्तर्वार्तामा उनले भने, पहिलो कुरा त म स्थानिय हुँ, मलाइ सबैले चिन्नुहुन्छ, मैले खराब केहि गरेको छैन, मेरो व्यक्तिगत बिरोध कसैले गरेको पनि छैन। म भ्राश्टाचरको आरोपी होइन बरु मेरो विपक्षीलाइ याद-कद के के सुनेको छु। दोश्रो कुरा मा स्वतन्रा लड्दा नै नेपाली कांग्रेसले गठबन्धन गरेका उम्मेदवारलाइ २ हजार मतान्तरले जितेको छु। 

अर्को कुरा मतदाताले बुझ्ने भाषा मैथिली हो त्यो मेरो आफ्नो भाषा हो। अझै थप कुरा चाहिं अहिले म रास्वपामा छु, मसँग सिंगो दल छ। पार्टीका समर्थक, कार्यकर्ता छन् मतदातामा माहोल आएको छ। अझै माथि हाम्रो पार्टीले बालेन शाहलाइ भावी प्रधानमन्त्रीको रुपमा अगाडी सारेपछि मधेस अहिले पहिला भन्दा पनि फरक छ। 

त्यो भन्दा पनि गहिरो कुरा त मेरो विपक्षीले मत खरिद गरेर जित्छु भन्ने हचुवा दाउ खेल्नु भएको जस्तो लाग्छ। त्यो कदापी हुनेवाला छैन। उसै पनि खर्च गर्न मन लागे गर्दाभयो तर मत बिक्नेवाला छैन। मधेसले इतिहासमा नै पहिलो पटक मधेसले प्रधानमन्त्री बनाउने मौका पाएको छ। अब बालेन शाह जस्तो युवा, सफल र शक्तिशाली नेता यहि मधेसको हो। 

हाम्रो यस्तो राम्रो माहोल हाम्रो छ, उहाँले आफ्नो काठमाण्डौ क्षेत्रबाट आएर ज्तिने अपेक्षा गर्नु भनेको दोश्रो हुनकै लागि हो। हेर्नुहोला म उहाले पाउने भन्दा १० हजार धेरै मतान्तरले जित्छु। काम पनि गरेर देखाउँछु। याति मात्र होइन उनले च्यालेज नै गरे, नेपाली कांग्रेसले मधेसलाई प्रधानमन्त्री मात्र बनाएर देखाओस, अरु त कुरै छाडौं। उहाँ पनि आफैं बन्न आउनु भएको होइन ? थोरै मधेस बनाउन आउनु भएको हो र ? 

अनलाइन खबरले सम्प्रेषण गरेको एक अन्तरबार्तामा गगन थापाले आफू हतासीएको जवाफ दिएका छन्। यति मात्र होइन उनले भाषा लगातयको समस्या भएको,  घुमाउरो पाराले आफूले सार्लाही आएर गल्ति गरेको स्वीकारेका छन्। यासर्को अर्थ उनि जित्ने अपेक्षा छैन। उनले जति धेरै गरे पनि सर्लाहीमा माहोल ल्याउन सकेको पनि देखिएन।