राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन शाह मंगलबार झापा जाने भएका छन्। उनीहरुसंगै सो क्षेत्रमा अरु नेता तथा उम्मेदवारहरु पनि चुनावी प्रचार कार्यक्रममा भाग लिन झापा जाने भएका छन।
सभापति लामिछाने मंगलबार बिहान ८ बजे चन्द्रगढी, ८:४५ मा काँकडभिट्टा, ९:०० बजे धुलाबारी-रोड, ९:३० बजे बिर्तामोड, १०ः२० मा सुरुगा हुँदै ११:०० बजे दमक पुग्ने कार्यक्रम सार्वजनिक गरिएको छ। मंगलबार रास्वपाले इटहरीको चुनावी सभामा रवि र बालेन दुवैले संबोधन गर्नेछन।
