गगन कांग्रेसमा डायस्पोरा नेपालीको एजेण्डा छैन, ‘पेड एड’ लाइ समाचार बनाइयो

Spread the love

गगन कांगेसले आफ्नै दलको नेतृत्व त लुटेर लियो उसले बाँकीको भलाइ कसरी गर्ला ? जब आफ्नो दलको चुनावी प्रतिज्ञापत्र नामको खोस्टोको घोषणा गर्दा डायस्पोरा नेपालीको नाम निशाना नै थिएन र छैन पनि अझै त्यसलाई फलाक्नुको अर्थ के हुन्छ ?

यसबारे हामीले पहिला नै लेखेका हौँ। अन्यले पनि लेखे। त्यसको बिरोध थेग्न नसकेपछि रेडिमेड एउटा खोस्टो बनाएर ‘पेड एड’ समाचार सम्प्रेषण गरिएको छ। जतिबेला जहाँ आवस्यक थियो त्यो भएन। समाचारमा एड दिएर के फरक पर्छ ? हरेक पटक र हरेक खुड्किलामा सबैलाइ ढोका दिंदै आएको थापा कांग्रेसलाइ हामीले किन पत्याउनु? 

डायस्पोरा नेपालीका लगानी र पैसा चलाउने ठेकेदार मध्येको जिबा लामिछाने, उपेन्द्र महतो लगायतको गिरोहको साझेदार मध्ये एक गगन थापा पनि एक हुन्। उनीहरुले डायस्पोरा नेपालीको कानुनि बन्देज लगाउन ज्ञानेन्द्रबहादुर कार्की मन्त्री हुँदा लिखित पत्र नै दिएका थिए। अब त्यहि गिरोहले स्पोन्सर गरको व्यक्तिको पांडे पुराणबाट भलाइ कसरी हुन्छ ? 

दिवा स्वप्ना कसैले नदेखौं, खासमा नेपालका करिब ५ भन्दा धेरै ठुला संचार एजेन्सी या मिडियाहरुलाइ ठेक्कामा लिएका कारण त्यो ‘पेड एड’ हो एजेन्डा होइन। त्यो भ्रममा कोहि पनि नपरे हुन्छ। गगन कांग्रेसबाट कुनै पनि डायस्पोरा नेपालीको भलाइ हुने सक्दैन। आफ्नैलाइ गोद्नेले हाम्रो भलाइ कसरी गर्छ ?