राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा सो पार्टीले आगामी निर्वाचन पछिको प्रधानमन्त्रीको लागि प्रस्ताव गरेका मेयर बालेन्द्र ‘बालेन’ शाहलाइ सपोर्ट गर्नेहरुको बाढी नै लागेको छ।
मेयर शाह जता गएपनि जहाँ गएपनि पब्लिकको भिड बढेको-बढ्यै छ। सपोर्टको बहार हेर्दा यो पटक बाँकी अरु दलनै छैनन। यो बेला उनको चर्चा भारतीय टेलिभिजनमा पनि भएको देखिन्छ। यसै क्रममा बुधबार उनि मोरङ र सुनसरी बिशेष गरेर बिराटनगर आसपासका क्षेत्रका थुप्रै ठाउँमा आफ्नो टीम सहित पुगे। उनि जता पुगेपनि पब्लिकको भिड भने झन्-बढेको बढ्यै भयो।
मेयर शाहको सचिवालयले उनको भिजिट राउट मंगलबार साँझ मात्र पब्लिक गरेको थियो। सोही अनुसार उनि मोरङ्गको उर्लाबारी, पथरी, लेटाङ, डाइनिया, रंगेली, विराटनगर डाउनटाउन लगायतका ठाउँहरु हुँदै सुनसरीको दुहबी, इटहरी, इनरुवा र बराह हुँदै उदयपुरतर्फ प्रस्थान गरे।
उनको समर्थनमा आएको उर्लंदो भेल देखेर नेकपा एमालेका अध्यक्ष तथा बालेनको निर्वाचन क्षेत्र झापा ५ का प्रतिस्पर्धी केपी शर्माओलीको हंसले ठाउँ छोडेको छ। हतासमा उनले नेकपा अध्यक्ष पुष्पकमल दहाल र नेपाली कांग्रेसका अपधस्त सभापति शेरबहादुर देउबासँग समेत हार-गुहार गर्न पुगे।
उसो त सर्लाहीमा हविगत खुस्किएपछि कांग्रेसको नेतृत्व लुटेका गगन थापा पनि ओली, आफू र प्रचण्ड पुत्री रेणु दाहाललाइ गठबन्धन मिलाउन मागी पुगेको बुझिएको छ।
तर जे भएपनि जसो गरेपनि रास्वपाका सभापित रवि लामिछानेले भनेझैं यो पटक सत्ता त रास्वपाको भयो-भयो संसदमा प्रतिपक्ष पनि कांग्रेस, एमाले र माओवादी होइन अन्य नयाँ दल हुनुपर्छ भन्ने कुराको सहि आभास हुन थालेको छ।
