संचारमा अहिलेको युगलाइ पडकास्टको युग भन्दा फरक नपर्ला। तर यसको सुरु भने २००४ मा भएको थियो। सफ्टवेयर बनाउने व्यक्ति Dave Winer and र MTV VJ Adam Curry ले आइपडबाट अडियो फाइलहरूको अटो प्ले गर्न सुरु गरे। यसले मनोरन्जनामा ठुलो सफलता मात्र दिएन अद्भुत संचारको सुरुवात पनि गर्न सफल भयो। यसबारे पत्रकार Ben Hammersley ले The Guardian मा बिस्तृत रुपमा लेखेका छन।
अहिले २०२६ को सुरुवात सम्ममा पुग्दा विश्वभर ४५ लाखभन्दा बढी पडकास्टहरू दर्ता भएका छन्। यद्यपि ति सबै संचालनमा भने छैनन। करिब ५००,००० पडकास्टहरू मात्र निरन्तर रुपमा सक्रिय छन्। ListenNotes and Podcast Index का अनुसार, अहिलेका श्रोताहरू स्मार्टडिभाइस मार्फत पडकास्ट सुन्ने-हेर्ने गर्छन।
अहिलेका श्रोताहरु Spotify, YouTube जस्ता प्लेटफर्मतर्फ आकर्षित हुँदैछन्। यो सिस्टम गाडी चलाउँदै पनि सुन्न सकिन्छ। टिभी या कम्प्युटर प्राय सबै प्लाटफर्महरुमा हेर्न-सुन्न सकिन्छ। विशेषगरी यो video-led ‘vodcasts’ को बिकासले परम्परागत अडियो र डिजिटल भिडियो सामग्री बीचको दुरीलाइ बढाएको छ। बिस्तारै त्यसलाई रिप्लेस पनि गर्दै गएको छ। संचारमा आमुल परिवर्तन ल्याएको छ।
