आगामी संसदमा रास्वपाको बहुमत मात्र होइन प्रतिपक्ष समेत नयाँ हुनुपर्छ:सभापति लामिछाने

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फेब्रवरी ३, २०२६ मंगलबार आफ्नो फेसबुक वालमा अन्य दलहरुलाइ चुनौती दिंदै देश लुछ्नेहरुको गठबन्धनले आफूहरुको समर्थनमा उठेको सुनामी रोक्न नसक्ने बताएका छन्।

आगामी निर्वाचनका लागि जो-जो मिले पनि मिल, खुला मिल वा गोप्य मिल जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो गर, अन्तिम शक्ति लगाउ तर पनि यो सुनामी रोकेर देखाउ, उनले स्टाटसमा लेखेका छन।

सभापति लामिछानेले, पछिल्लो समय नेकपा एमालेका खड्ग ओली, नेपाली कम्युनिष्ट पार्टीका पुष्पकमल दाहाल र गगन कांग्रेसहरुको दवावमा कांग्रेस सभापति शेरबहादुरे देउबाहरुको त्रिपक्षीय पुरानै गठबन्धनलाइ संकेत गर्दै यस्तो बिचार राखेका हुन्। उनले जति गठबन्धन गरे पनि एमालेले जस्तो जिते फरक हारे निर्वाचन स्केप गर्ने नभएर आफूहरु आएको मत परिणाम स्वीकार्ने बताएका छन।

उनले आगामी फागुन २१ कुनै सामान्य मिति नभई नेपाली इतिहासको माइलस्टोन हुने कुरा उल्लेख गर्दै फागुन २१ पछि आउने संसदमा आफूहरु मात्र होइन प्रतिपक्ष समेत नयाँ हुनुपर्ने उद्घोष गरेका छन। यसको अर्थ रास्वपा पहिलो र अन्य नयाँ दलहरु दोश्रो ठुलो दल हुनेतर्फ उनको संकेत थियो।

उनको फेसबुकबाट स्निप कपि जस्ताको तस्तै: