कसैले पत्याए या नपत्याए पनि नेपाली काँग्रेस फेरी पनि बिभाजित र फुटेको कांग्रेस अवस्थामा छ, केवल घोषणा मात्र हुन् बाँकी छ। पार्टी फुटाउने योजना अहिलेको होइन करिब एक बर्ष देखिकै हो केवल एक्जिक्यूट मात्र अहिले भएको हो। कांग्रसको सदस्यता विवादका आफ्नै जिम्मेवारीको काम नगर्नु, ४ लाख बढी फर्जी सदस्य बनाउनुको पछ्डि नै यो छर्लङ्ग भएको थियो।
भनिएको महामन्त्री द्वोय बिश्वो प्रकाश शर्मा र गगन थापाले पार्टी केन्द्रिय समिति र पदाधिकारी बैठक समेतलाइ लत्याउँदै आयोजना गरिएको ताम-झामको बिशेष महाधिवेशनको खर्च एक-दुइ अर्ब बढीको हुनुपर्ने हो। अब नेपाली कांग्रेसले त्यो खर्च कसरी जुट्यो भन्ने प्रश्न गर्छ या गर्दैन त्यो बाँकी छ। नसोधे पनि प्रश्न चाहिं सबैको दिमागमा छ।
उनीहरुले नेतृत्व परिवर्तन हुँदैन भन्दै झुक्याएर प्रतिनिधि बोलाए अनि हालमा नयाँ दल नै घोषणा गरे। यो नै फुटको पहिलो पाइला हो। घोषणा गरिएको र पारित भएको कार्यविधिमा भनिएको छ- दफा ५ (घ) ‘विशेष केन्द्रीय महाधिवेशन २०७८ (मंसिर २४ देखि २८) बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकोले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र १५ औँ महाधिवेशन सम्पन्न नहुँदासम्म नयाँ केन्द्रीय समितिको निर्वाचन गर्ने भन्ने ब्यबस्थाले कांग्रेस पक्कै फुटेको हो। भलै धेरैले त्यसको बिरोध गरे तर पनि अलि-अलि भाडाका बाउसरले त्यसलाई पास गर्न लगाए।
अर्कोतिर कांग्रेसको बिधान अनुसार केन्द्रिय कार्यसमितिले पारित नगरेको महाधिवेशन या साधारण-सभा कुनै पनि बैधानिक हुँदैन भन्ने छ। यो भनिएको शर्मा-थापाको बिशेष महाधिवेशन बैधानिक बाटोबाट आएको छैन। तर यसले १४ औं महाधिवेशनका सभापति शेरबहादुर देउबालाइ नमान्ने भानिसख्यो। यदि त्यो पदावधि सकिएको हो भने यो बिशेष महाधिवेशनका प्रतिनिधिको पनि अबधि सकिएको हो। यहि कुरा नै कानुनी अड्चन हो।
यस पहिला नेता डा. शेखर कोइरालाले आफ्नो पक्षको बैठक गरेर सभापति देउबालाई पार्टी फुटको संघारमा पुगेकाले कदम चाल्न अनुरोध गरे। लगत्यै विशेष महाधिवेशनले कार्यविधि पारित गरेर नेतृत्व नै फाल्ने भएपछि सभापति देउवाले आफूनिकट नेताहरूलाई छलफलका लागि महाराजगञ्ज बोलाएका थिए।
सो बैठकमा सभापति देउवाले पार्टी फुट्ने आशंका व्यक्त गर्दै नेताहरूलाई संयम भएर अडिग रहन र अबका दिनमा सिर्जना हुने परिस्थितिको सामना गर्नु निर्देशन गरेको कुरा देउबा निकटले बताए।
अब के हुन्छ ? जवाफ हो कांग्रेस फुट्छ। कसरी ?
शर्मा-थापाले पार्टी फोर्छन। नयाँ नेतृत्व गठन गर्छन। निर्वाचन आयोगमा नेत्रित्व परिवर्तनको दावी गर्छन। अनि सभापति देउबा पक्षले प्रतिरोध गर्छन। शर्मा-थापा पक्ष र बाँकी सबैलाई सदस्य सम्मबाट कारबाही गर्छन। त्यसैबीच मुद्धा आयोग बाट अदालत पुग्न सक्छ। अदालतले भृकुटी मण्डप जस्तो होइन दलको बिधान र सबै प्रतिनिधिहरुलाइ भौतिक रुपमा मगाउन सक्छ। अनि त्यो बेला शर्मा-थापाको पक्षमा फैसला आउने देखिंदैन। त्यो बेला पनि कांग्रेस जुट्दैन फुटेर नै जान्छ।
शर्मा-थापालेले पहिला नीति र बिधि मात्र हो नेतृत्व होइन भने। शर्माले त यदि त्यसो भए म महाधिवेशन हलबाट निस्कने पहिलो व्यक्ति हुन्छु सम्म भने। तर त्यो सबै झुट सावित भयो। सभापति देउबाले केहि महिना पहिला नै भनेका थिए बिशेष महाधिवेशन भए पार्टी फुट्छ भनेर। आखिर त्यो सावित नै भयो। झुट बोल्नमा शर्मा-थापालेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ पनि माथ गरे।
