नेपाली राजनीतिमा कम्युनिष्ट त्यो पनि केपी शर्मा ओलीले अध्यक्षता गरेको एमाले भनेपछि तानाशाहीको अर्को उदाहरण दिनु जरुरी पर्दैन। एमालेकै ओली पिडितहरुले पालै-पालो र बारंबार एमाले पार्टी ओलीको निजि भएको अनि ओली तानाशाही भएको दुखेको खोल्दै आएका छन।
नेपाली कांग्रेसलाइ उरालेर बिगतमा जस्तै आफू हिरो बन्ने ओलीको चाहनालाइ यो पटक कांग्रेसले पुरा गरिदिएन। बिगतमा पनि कांग्रेसले कम्युनिष्ट होइन प्रजातान्त्रिक दलहरुसँग सहकार्य गर्नुपर्ने सुझाव थिओ। त्यसैले एमाले र यसका अध्यक्ष केपी शर्मा ओली मच्चिए-मच्चिए अनि थच्चिएका छन।
जहिले पनि आरुलाई गाली गर्ने, आफू मात्र ठीक भनेर खुलेआम देश दोहन गर्ने एमाले चरित्र पछिल्लो पटक नाङ्गो भएको छ। गत दुइ महिना अध्यक्ष ओलीले खोक्नु सम्म खोके तर पनि हावाले कुन पनि पात हल्लिएन। कसैले पत्याएनन मात्र होइन वास्ता नै गरेनन। उनीहरु भएको भन्दा नभएको जाति जस्तो देखिपछि एमालेले बाटो फेरर चुनावी हल्ला गर्न थालेको छ।
निर्वाचनमा नजाँदा पार्टी नागरिक र मतदाताबाट बाहिरिने, नागरिकबाट तिरस्कित भएको एमालेका आन्तरिक रुपमा पनि समयस्या हुने भएपछि अन्तत निर्वाचनमा जाने भएको छ। उसै पनि निर्वाचनमा यो पटक एमालेको फाइफुट्टी सुकेर हुर्मत टुट्ने भएपछि बिलखबन्दमा छ एमाले। त्यसपछि पार्टीले उम्मेदवार छनोट, घोषणापत्र तयारी र चुनावी परिचालन लगायत बिषयमा निर्णय गरेको छ।
