म आफूले कम्युनिष्ट पार्टी एमालेको नेतृत्वमा नेपाली कांग्रेसको संयन्त्रमा सरकार बन्यो त्यो बेला नै ग्रहमन्त्री रमेश लेखक इतिहासमै निकम्मा सावित हुन्छन भनेकै हो। अहिले आएर त्यसै भयो उनी निकम्मा मात्र होइन उनको राजनीति पनि चकनाचुर भयो।
गत बर्ष अर्था २०८१ सालको असार २८ को प्रतिनिधिसभामा तत्कालीन गृहमन्त्री रवि लामिछानेले भनेका थिए, ‘फाइल खोलेको २४ घण्टामै सरकार ढाल्नुभयो। कसरी फाइल खोल्नु ?’ लामिछाने मात्र होइन, माओवादी केन्द्रका नेताहरुले पनि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाएपछि सरकार ढालेको दाबी गरेका थिए।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा रकम असुलेको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०८० चैतदेखि अनुसन्धान गरिरहेको थियो। यो गिरोहलाई सहयोग पुग्ने गरी सरकारबाटै निर्णयहरु गराएको आरोपमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, सांसद टोपबहादुर रायमाझी, गृहसचिव टेकनारायण पाण्डे समेत पक्राउ परे।
त्यो समय खाँण धरौटीमा छुटे तर रायमाझी र पाण्डे पुर्पक्षका लागि थुनामा राखिए। लामो समयदेखि फरार रहेका भनिएका बेचन झा १४ असारमा पक्राउ परेका थिए। कतिले यसलाई कांग्रेस नेत्री डा. आरजू देउबाको नाम जोडे तर तेता होइन कुरा अन्तैतिर थियो।
झा पक्राउ परेसँगै भुटानी शरणर्थी प्रकरणमा राजनीतिक नेक्सस खुल्ने मात्र होइन, अनुसन्धानमा कांग्रेस महामन्त्री गगनकुमार थापासम्म पुग्नसक्ने तत्कालीन गृहप्रशासनको दाबी थियो। किनकी खाँण गृहमन्त्री भएको बेला भुटानी शरणार्थीबारे निर्णय गराउन राजनीतिक नेक्सस मिलाउन काम कैलाश नामगरेका एक पावर ब्रोकरले गरेको दावी प्रहरीको थियो।
तत्कालीन गृहसचिव पाण्डेको बयानले त्यतै संकेत गरेको थियो। “आफ्नो कार्यकालमा यो विषय लिएर सम्पर्कमा आएका मानिसहरुको कनेक्सन हेर्दा शरणार्थी समस्यालाई राजनीतिक परियोजनाका रूपमा विकास गरेको देखिने भन्दै उनले बयानमा भनेका छन्, ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ।”
उसोत त केहि नेपाली संचार माध्येमहरुको समाचारलाइ जोडेर हेर्ने हो भने, गृहमन्त्री सचिवले भनेका थिए, “कांग्रेसका नेताहरुले भने बेचनलाई देखाएर तत्कालीन गृहमन्त्री लामिछानेले धम्क्याउने काम मात्र गरेको हो।” गृहमन्त्री लेखक स्वयंले पनि २८ असारको संसदमा भनेका थिए, “अर्कालाई धम्काउन र तर्साउन केही विषय उठे, तर केही भएन।” यसले त्यो कुरा पुष्टी गर्यो।
अब, गृहमन्त्री लेखकले भुटानी शरणार्थी प्रकरणमा साच्चै निष्पक्ष अनुसन्धान हुन्छ र भइरहेको छ भन्ने आश्वस्त पार्न नसकेको प्रमाणित हुँदा उनि निकम्मा सावित मात्र भएनन। पछिल्लो समय सत्ता समीकरण बदल्न सभापति शेरबहादुर देउबाले रास्वप सभापति लामिछानेलाइ जेलै हाल्नुपर्ने कारण पनि देखिएन मुद्धा फिर्ता लिन भन्दा महामन्त्री थापा र गृहमन्त्री लेखक तगारो बनेको कुरा आएकै हो। यसमा कांग्रेस महामन्त्री संलग्नता प्रष्ट भयो र लेखकको पक्षपाती कारम पनि देखियो।
गृहमन्त्री लेखकले एमाले र कांग्रेस निकट नेताहरुलाइ भ्रष्टाचार र सहकारी काण्डमा दोषी हुने प्रमाण हुँदा पनि उन्मुक्ति दिए। अदालतको आदेश भएकालाई उन्मुक्ति दिनु र अदालतको फैसला नै नपुग्दा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाइ राता-रात गैर-कानुनी थुनामा राख्नु पछाडी उनि चुके। धनराज गुरुङ लगाए यसका प्रमाण हुन्। अब कसैमाथि प्रतिशोध साँधिएको छैन र कसैलाई उन्मुक्ति दिइएको छैन, निष्पक्ष अनुसन्धान भएको छ भनेर चुस्त हुन सकेनन। यसबाट पनि उनि निकम्मा र पक्षपाती सावित भए।
अर्को कुरा, नेपाली संचार र सर्वत्रबाट कुरा उठेको खिचेर हेर्नेहो भने, निर्मला पन्तको हत्या भएपछि भएको सडक आन्दोलनमा हालका गृहमन्त्री लेखकसमेत सहभागी भएका थिए। २१ असोज २०७५ मा काठमाडौंकै एक कार्यक्रममा लेखकले पन्तको हत्याराले संरक्षण पाइरहेको बताएका थिए। तर त्यो बिषय कता गयो? गृहमन्त्रीका रुपमा लेखकको परीक्षा तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग जोडिएको अर्को मुद्दामा हुनेछ।
लेखक स्वयं र उनको दल कांग्रेसले जीबी राई समूहले सञ्चालन गरेको सहकारीको रकम अपचलनमा रास्वपा सभापति लामिछानेको संलग्नता रहेको तर उनी गृहमन्त्री भएपछि यसको छानबिन रोकिएको दाबी गर्दै आएको छ। तर दोषी भनि अदालतको आदेशलाइ भने लत्याउँदै आएको छ। के हो भेदभाव भएन ?
सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको करोडौं रकम गोर्खा मिडिया नेटवर्कमा गएको प्रहरी अनुसन्धानहरुले देखाएको छ । त्यसबेला रवि लामिछानले गोर्खा मिडियाको सञ्चालक (१५ प्रतिशत शेयरसहित) र प्रबन्ध निर्देशक थिए। तर रविले भने रकम अपचलनमा संलग्नता रहेको रकम लिएको कतै पनि पाइएन। तर उनि थुनामा छन्। के हो भेदभाव भएन ?
अन्तमा, नेपाली नागरिकले बुझेको र जानेको अनि दिन कुरेको कुरा हो की, एक दिन फेरी रवि लामिछाने जितेर आउँछ र राजनीतिमा शक्तिशाली नेता हन्छ। त्यो दिन यी सबै भ्रष्टाचारको कुरा कुन कित्तामा पुग्लान ?