-सुबेदीको न्यूयोर्क कार्यक्रममा पूर्वअध्यक्ष जिसी, दर्जनौ सँस्था र व्यक्तिद्वारा इण्डोर्श

सुबेदीको न्यूयोर्क कार्यक्रममा पूर्वअध्यक्ष जिसी, दर्जनौ सँस्था र व्यक्तिद्वारा इण्डोर्श

Hollywood Khabar May 22,2021 Comments

कृष्ण के सी, अमेरिका, मे २२, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार बुद्धि सागर सुवेदी र सहकर्मी उम्मेदवारहरुको न्यूयोर्कमा आयोजित कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

मे २२, २०२१ शनिबार न्यूयोर्कमा आयोजित कार्यक्रम स्थानीय परिचित ब्यक्तित्व श्यामकाजी गुरुङको सभापतित्वमा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि एनसीसी अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र जी सी, बिशेष अथितिहरु एनआरएनए अमेरिकाज क्षेत्रका पूर्व क्षेत्रिय उपसंयोजक नविन शेरचन, पूर्व सल्लाहकार डा यादब पण्डित लगायत १०० औं व्यक्ति र २ दर्जन बढी संस्थाका प्रतिनिधिहरु थिए।

प्रमुख अथितिको रुपमा बोल्दै पूर्व एनसीसी अध्यक्ष तथा पूर्व आइसीसी सदस्य खगेन्द्र जिसीले आफ्नो पूर्ण समर्थन बुद्धि सुबेदी र सहकार्य गर्ने टिमलाई भएको जनाएका छन्। त्यसैगरी उनले कोरोनाको समयमा यति ठूलो उपस्थिति आफूले कहिल्यै नदेखेको सुबेदीको योजना र प्रतिबद्धता हेर्दा आफू खुशी भएको पनि बताएका थिए।

अध्यक्षका उम्मेदवार बुद्धि सुबेदीले आफू च्याप्टर देखि नेतृत्वको जिम्मेवारी लिंदै आएको, एक पटक उपाध्यक्ष र यो पटक अध्यक्षका लागि आएको कारण, आफ्नो योग्यता, समय र योजना समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा अतिथिको आशनबाट पूर्व क्षेत्रीय संयोजक नविन शेर्चन, एनआरएनए एनसीसी अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी, एनआरएनए एनसीसी अमेरिकाका युवा संयोजक बिनोद रुवाली, पूर्व बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, पूर्व सल्लाहकार डा यादब पण्डित, पूर्व आइसीसी सदस्य बन्दना कोइराला, छिरिङ्ग राप्के लामा, पूर्व सल्लाहकार सिता खरेल, नायक बिक्रान्त बस्नेत, स्याम कार्की लगायतले स्ट्रोङ रुपमा इण्डोर्श गरेका थिए।

त्यसैगरी नेपाली कांग्रेसकी नेत्री मृदुला कोइराला, महासमिति सदस्य बेद खरेल, नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता मुनिन्द्र नेम्बाङ्ग, मिङ्ग्मार शेर्पा, रोशन ढुंगाना, राज सेन्चुरी लगायतले पनि सुबेदी र उनका लागि सपोर्टमा शुभकामना दिएका थिए।

जनजाति महासंघ, शेर्पा एशोसियशन, तामाङ्ग एशोसियशन, तमु मनिता गुरुङ, किराँतराइहरुको संस्था, मगर संघ, मात्र होइन नेपाली जनसम्पर्क समिति अमेरिका, जीपी कोइराला फ़ाउण्डेशन अमेरिका, जिरेल समाज, दर्शन ठकुरी समाज, किराँत याक्थुम चुम्लुङ्ग, चितवन समाज, स्याङ्जा समाज, धादिङ्ग समाज लगायत २ दर्जन भन्दा धेरै सँस्थाका प्रतिनिधिले सपोर्ट गरेका थिए।

ग्राण्ड सक्सेस मानिएको बुद्धि सागर सुवेदीको न्यूयोर्कबाट सुरु भएर त्यहाँ नै पुगेर अन्त गरिएको कार्यक्रममा ३ दर्जन भन्दा धेरै उम्मेदवारहरु नै पुगेका थिए। बिशेष गरि अध्यक्षका उम्मेदवार बुद्धि सागर सुबेदी, बरिष्ठ उपाध्यक्षका उम्मेदवार बिआर लामा, उपाध्यक्षका उम्मेदवारहरु रामहरी अधिकारी (कार्यक्रम संचालक), गोपेन्द्र भट्टराई, सुमन थापा, क्रान्ति अर्याल भण्डारी, दिलु पराजुली, महासचिवका उम्मेदवार अन्जान कुमार चौलागाईं, सचिवका उम्मेदवारहरु तारा मरहट्टा (महिला), अनुप खनाल, कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ, सहकोषाध्यक्षका उम्मेदवार अग्नि ढकाल, युवा संयोजकका उम्मेदवार त्रिभुवन पाण्डे, महिला संयोजककी उम्मेदवार सुन्दरी गुरुङ पनि थए।

त्यसैगरी बोर्ड सदस्यका उम्मेदवारहरु बिश्वो बास्तोला, सन्तोष पहरी, प्रदिप पौडेल, बिसाल राना, प्रभात सापकोटा, मिन खड्का, प्रकाश श्रेष्ठ (मेडिकल डाक्टर), कुलानन्द शर्मा, सरोज सिग्देल, रबि सिङ बस्नेत, राजु ढुंगाना, प्रेम काजी श्रेष्ठ, राम महतो, डोलनाथ घिमिरे, चन्द्र मण्डल, बिराज भण्डारी पनि उपस्थित थिए।

अन्तराष्ट्रिय परिषद सदस्यका उम्मेदवारहरु सुरेन्द्र मल्ल, खिम भट्टराई, बिनोद तिवारी र गोविन्द सुवेदी पनि थिए। यस बाहेक क्षेत्र र च्याप्टरका उम्मेदवारहरु पनि थिए।

लाइभ भिडियो:

लिंक (१)

https://fb.watch/5FzltAUnds/

लिंक (२)

https://fb.watch/5FzL8ffVzi/

अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीका एनआरएनए एनसीसीसँग संबन्धित समाचारहरु:

गैरआवासीय नेपालीका समस्यालाई सम्बोधन गर्न आफु लागिपर्नेछु-बुद्धि सुबेदी

एनआरएनए:अध्यक्षका उम्मेदवार सुबेदीको जर्जियामा कार्यक्रम भब्य

एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको पश्चिपछि आयोवा र टेनेसीमा अन्तरक्रिया सम्पन्न

आमाबाबाको आशीर्वाद लिन नेपाल जाँदा एयरपोर्टमा टुरिस्ट भिसा लगाउन बन्द हुनुपर्छ

एनआरएनए:अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदीको समर्थनमा सान फ्रान्सिस्कोमा इण्डोर्शको सागर

कोभिड संक्रमणलाइ सहयोग गर्न अध्यक्षका उम्मेदवार सुवेदी टिमले १० हजार डलर सहयोग गर्ने

एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको क्यालिफोर्नियाका २ कार्यक्रम अभूतपूर्व हुने

एनआरएनए:झटारो झुप्पोमै हानिन्छ, सिउँडीमा होइन:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदी टेक्ससका ३ प्रमुख शहरमा जाँदै

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ प्रमुख कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ अन्तरक्रिय ३ दर्जन भन्दा धेरै उम्मेदवार उपस्थित हुने

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदीको उम्मेद्वारी दर्ता

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:जनसम्पर्क नेता मैनालीले बुद्धि सुवेदीलाई सपोर्ट गर्ने

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

NRNA US:अध्यक्षका उम्मेदवार सुवेदीका अघिपछि उम्मेदवारको घेरो, सिकागो कार्यक्रम दोश्रो खुड्किलो

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

एनआरएन अमेरिका: अध्यक्षका फ्रन्ट रनर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको न्यूयोर्कमा चुनाव प्रचार कार्यक्रम

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी