-एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

Hollywood Khabar April 15,2021 Comments

हलिउडखबर, अप्रिल १५, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदीको पाँचौं चुनावी अन्तरक्रिया कार्यक्रम कोलोराडोमा सम्पन्न भयो। छैठौं चुनावी कार्यक्रम चाहिँ केन्टकीमा हुने भएको छ।

यतिबेला अमेरिकी नेपाली समुदायमा एनआरएनहरुको निर्वाचनले बजार तातेको छ। धेरैका फेसबुकवाल फ्लायरले भरिएका छन्। अध्यक्षका लागि मैदानमा आएका चार मध्ये बुद्धि सागर सुवेदीको माहोल एकलौटी रुपमा अगाडी गएको देखिएको छ। सुबेदीका अगाडी पछाडी उम्मेदवारहरुको घेरो लाग्ने गरेको छ। सामान्यबाट सुरु गरिएको सुबेदीको चुनावी प्रचार कार्यक्रमले ५ वटा सफल कार्यक्रम सम्पन्न गरेको छ। हरेक ठाउँको बिशेषता भने फरक हुने गरेको छ। कतै सर्प्राइज इण्डोर्स त कतै टीम इण्डोर्स हुने गरेको छ।

चुनावमा प्रमुख उम्मेदवारले उठाउने एजेण्डाले समाजमा धेरै कुराको असर गर्दछ। सुबेदीका प्रतिस्पर्धी हुन आएका मध्ये अध्यक्षका एकजना उम्मेदवारले उठाएको एजेण्डाले सँस्था धरासायी हुने देखियो।त्यसैको असरले गर्दा उनका पछिलाग्नेहरु उम्मेदवरहरु उनलाई छाडेर अन्यत्र लाग्न थाले।

तर स्थिर रुपमा आफ्नो उम्मेदवारी भएको कारण, पदिय जिमेवारीको समय, आर्थिक भार, यात्रा, बिषय र संस्थाको प्रमुख मुद्दालाइ हेर्ने दृष्टिकोण सबै बुझेका कारण सुबेदीको तर्फ पल्लाभारी भएको देखिएको छ। सुबेदीले आफ्ना कुरा संयमतापूर्वक राख्ने, अरुका कुरा सुन्ने र जवाफ दिने गरेका कारण पनि उनका फ्यान पनि बढेर गएका छन्।

अब सुबेदीको छैठौं कार्यक्रम भने अप्रिल १८, २०२१ को दिन केन्टकी राज्यको लेक्सिङटन शहरमा हुने भएको छ। बुद्धि सुवेदीको अन्तरक्रिया कार्यक्रममा स्थानीय राज्य च्याप्टर उम्मेदवार देखि विभिन्न पदका अरु उम्मेदवारहरुको समेत उपस्थिति रहने भएको छ।

कार्यक्रम:

मिति :अप्रिल १८, २०२१

समय: १:०० बजे देखि ५:०० बजे सम्म

स्थान: ताज इन्डियन रेस्टुरेन्ट

154 Patchen Dr, Ste 68 Lexington, KY 40517
नोट:-कार्यक्रममा मास्क र सामाजिक दूरी अनिवार्य हुनेछ