-एनआरएनमा नेपाली गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

Hollywood Khabar March 21,2021 Comments

हलिउडखबर, मार्च २१, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागरको पहिलो चुनावी कार्यक्रम न्यूयोर्कबाट सुरु भएको छ।

गत महिना एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेर नेपाल प्रस्थान गर्नुभएका सुवेदीले आफ्नो पहिलो चुनावी कार्यक्रम न्यूयोर्कबाट सुरु गर्नुभएको छ। मार्च २१, २०२१ मा आयोजित सो चुनावी कार्यक्रममा अध्यक्षमा उम्मेवार बुद्धि सागर सुवेदीलाइ हौसला, सहकार्य र प्रोत्साहन गर्न आएका अरु थुप्रै उम्मेदवारहरु पनि थिए।

चुनावी सभामा बोल्दै उपाध्यक्ष सुवेदीले खासगरी आफूले एनआरएनए एनसीसी अमेरिकाको राज्य च्याप्टर देखि काम सुरु गरेर हाल उपाध्यक्ष सम्म पुगेको बताउनु भयो। आफूलाई आधारभूत कुरा थाहा भएको, मेम्बर्शिप ड्राइभको हेड भएर थुप्रै राज्यहरुमा पुग्दा पनि सबै खाले कुरा सुनेको, गुनासो सुनेको र तिनै कुराहरुलाई मनन गर्दै यो पटक अध्यक्षका लागि प्रत्यासी भएको बताउनु भयो।

आफ्नो कार्यकालमा अध्यक्षका उमेदवार बुद्धि सुवेदीले संघको नागरिकताको बिषय, हाम्रो प्रतिनिधित्वले मात्र गर्न सक्छ। आफू जितेर आएपछि क्यानाडा, बेलायत, अष्ट्रेलिया लगायतका देशहरुसँग सहकार्य गरेर गैरआवासीय नेपालीहरुको बिषयलाइ टुङ्गो सम्म पुर्याउने कुरा गर्नुभयो। साथै आफू ब्यबसाय, परिवार र सबै क्षेत्रबाट संघको कामको लागि प्रशस्त समय दिन सक्ने, त्यसका लागि आर्थिक, सामाजिक र सबै क्षेत्रबाट तयार रहेको पनि जानकारी गराउनु भयो। सुवेदीले आफ्नो योजनाका हाइलाइट पनि गर्नुभयो।