-एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष तथा मेम्बर्शिप ड्राइभ कमिटीका संयोजक बुद्दि सुबेदी

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी

Hollywood Khabar February 14,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी १४, २०२१

गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको सदस्य फेब्रवरी १४ सम्म १५ हजार पुगिसकेको छ। फेब्रवरी १५ यसको अन्तिम दिन हो। सदस्य विस्तारको क्रम जारि छ। वृद्धिको गति हेर्दा १७ हजारको हाराहारीमा पुग्ने अनुमान छ।

यसै क्रममा एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष तथा मेम्बर्शिप ड्राइभ कमिटीका संयोजक बुद्दि सुबेदीको देश दौडाहा पनि उत्तिकै बढेको छ। अमेरिकाका सबैजसो मेजर सिटी पुगेर भ्याएका उपाध्यक्ष सुबेदीको पछिल्लो भिजिट क्यालिफोर्निया थियो। मेम्बर्शिप, यो कोभिड १९ को संकट अवस्थामा यति ठूलो संख्यामा पुग्नुमा धेरै कारण र व्यक्ति मध्यका एक उपाध्यक्ष सुबेदीको सहजीकरणले मुख्य भूमिका खेलेको छ।

फेब्रवरी १३ मा लस एन्जलसबाट सान फ्रान्सिस्को बे एरियाको भिजिट सकेर फर्कने क्रममा उपाध्यक्ष सुवेदीसँग एयरपोर्ट पुग्नु पहिला भेटघाट भयो। एकाद घण्टा बसेर लामा र धेरै कुराकानी भए। मेम्बर्शिप ड्राइभ देखि, संघको भावी योजना, हालका गतिबिधि लगाएत दर्जन भन्दा धेरै बिषय उठान भए। आफूले पनि धेरै कुरा र प्रश्नका बर्षाद गरियो। तर सामान्य भाषामा सरल रुपले बोल्ने एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष बुद्दि सुबेदीले मुख्य गरि ५ कुरामा फोकस गर्नुभयो।

  • गैरआवासीय नेपालीका मुख्य मुद्धा उठाउने
  • गैरआवासीय नेपाली संघमा अमेरिकालाई संसारको उदाहरणको बास्केट/सूचना/सिष्टम केन्द्रको रुपमा बिकास गर्ने
  • संघमा २०/३०/५० हजार होइन १/२/३ लाख भन्दा धेरै व्यक्तिहरु संघको सदस्य बन्ने अवस्था सृजना गर्ने
  • आन्तरिक झमेला र समस्याहरुको अन्त्य गर्ने
  • अमेरिका देश जस्तै एनआरएनए एनसीसी अमेरिकालाइ पनि सबै नेपाली समुदायको सहभागिता र स्वामित्व भएको बनाउने

ति सबै कुराहरुको ब्याख्या गरिरहँदा पनि उपाध्यक्ष सुबेदीले आफू एनआरएनए एनसीसी अमेरिकाकाको अध्यक्षको लागि आकांक्षी भएको कुरा कतै पनि उल्लेख गर्नुभएन। अन्तमा बाध्य भएर सोध्नु नै पर्नेभयो र सोधियो।

उहाँले डिप्लोम्याटिक र सरल जवाफ दिनुभयो, कुरा मेरो होइन, कुरा उम्मेद्वारी घोषणाको पनि होइन, कुरा प्रतिस्पर्धाको पनि होइन र कुरा तेरो-मेरोको पनि होइन, कुरा त केवल गैरआवासीय नेपालीहरुको मात्र हो। अहिले सदस्यता बिस्तारको समय छ, त्यसैमा फोकस गर्दैछु/छौं। उम्मेद्वारी, चुनाव र प्रतिस्पर्धा त पछि आउने कुराहुन, उम्मेद्वारीका कुरा गर्दै गरौंला।

यति मात्र होइन संघ त्यहीं छ, हराउँदैन, चुनाव धेरै टाढा छ, हतार छैन, समय आएपछि त्यसबारे सोचौंला। अहिले को अध्यक्ष हुने या को नहुने कुरा मुख्य होइन। गैरआवासीय नेपाली संघ नै मुख्य कुरा हो। गैरआवासीय नेपाली समुदायको मुद्दा कुरा मुख्य हो। उसै पनि जिल्ला बिशेष, जातिबिशेष, राजनैतिक बिशेष इत्यादि बिशेषणका कुराले हामी विभाजित भएका छौं। हाम्रो समुदाय विभाजित भएको छ, ति सबैलाई एक ठाउँमा ल्याउनु र शशक्त सँस्था बनाउनु, नेपाली समुदायको मुद्धाका कुरा गर्नु चाहिं मुख्य कुरा हो, उपाध्यक्ष सुबेदीले भन्नुभयो।