-कोभिड संक्रमणलाइ सहयोग गर्न अध्यक्षका उम्मेदवार सुवेदी टिमले १० हजार डलर सहयोग गर्ने

कोभिड संक्रमणलाइ सहयोग गर्न अध्यक्षका उम्मेदवार सुवेदी टिमले १० हजार डलर सहयोग गर्ने

Hollywood Khabar May 06,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी) अमेरिकाको मे ६, २०२१ बैठक बसेको छ। बैठकले नेपालमा बढेको कोरोना संक्रमणमितको लागि सहयोग फण्ड बनाउन सुरु गरेको छ।

बैठकपछि आफ्नो निर्णयबारे अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीले कुराकानी तत्काल १० हजार अमेरिकी डलर जम्मा गर्ने र बाँकी अरु प्रयास गर्ने सहमति भएको जानकारी दिएका छन्।

सहमतिका कुरा:

  • एनआरएनए एनसीसी अमेरिकाको सोहि अभियानलाइ सार्थक बनाउन बर्तमान उपाध्यक्ष तथा २०२१-२०२३ का अध्यक्षका उम्मेदवार बुद्दी सागर सुबेदिको नेतृत्वमा बसेको टिम बैठकले हाल नेपालमा आएको कोरोना महामारी (कोभिड-१९) को दोश्रो लहरबाट परेको विषम परिस्थितिबाट भयावह जनजिवनमा बिदेशमा नेपालीहरुले के कसरी सहयोग गर्न सकिन्छ भन्दै छलफल गरेको जनाइएको छ। बैठकले विभिन्न चरणमा आर्थिक तथा भौतिक सहयोग गर्ने निर्णय पनि गरेको छ।
  • अमेरिकी सरकार तथा तत्निकायहरुसँग पहुच अनुसार सम्पर्क बढाउदै जाने, तत्काललाई पहिलो चरणमा भने आर्थिक सहयोग गर्ने। त्यसका लागि एनआरएनए एनसीसी अमेरिकाले संचालन गरेको GoFundme खातामा नै जम्मा गरेर एनआरएनए एनसीसी अमेरिकालाइ सफल बनाउन सहयोग गर्ने सहमतिको निर्णय भएको जनाइएको छ।
  • दोश्रो चरणमा अमेरिकी निकायहरुमा रकेट साइन्सका बैज्ञानिक तथा कोषाध्यक्षका उम्मेदवार राजीब श्रेस्ठ र कोभिड-१९ मा अत्यन्तै सक्रिय र प्रभावकारी रुपमा काम गरेका अनुभव बटुल्न सफल डा प्रकाश श्रेस्ठले पहल गर्ने सहमति गरिएको जनाइएको छ।
  • अमेरिकास्थित विभिन्न बिस्वबिध्यालयमा अध्यनरत बिद्यार्थीहरुसँग सम्पर्क गर्दै के कस्तो सहयोग गर्न सकिन्छ, सहयोग संकलन गर्नको लागि एनआरएनए एनसीसी अमेरिका सचिवका उम्मेदवार अनुप खनाल र युवा संयोजकका उम्मेदवार त्रिभुवन पाण्डेलाइ जिम्मेवारी प्रदान गरिएको छ।
  • पहिलो चरणमा $10,000.00 एनआरएनए एनसीसी अमेरिकाले खोलेको GoFundme मार्फत सहयोग गर्ने बिषयमा सार्बसम्मत सहमति भएको छ।

स्मरणिय कुरा, यहि समय एनआरएनए एनसीसी अमेरिकाका अध्यक्षका अर्का उम्मेदवार कृष्णा लामीछानेले भने नेपालमा कोरोना बढेकाले एनसीसी अमेरिकाको अमेरिकाको चुनाव रोक्नु पर्ने धारणा राखेका छन्। हुन त लामीछानेको बोलीको कुनै ठेगाना छैन। जबकी अमेरिकामा कोभिड १९ को भयाबहको स्थितिमा पनि भएको अमेरिकी राष्ट्रपति निर्वाचन २०२० मा सबैभन्दा ऐतिहासिक मत खसेको थियो। अमेरिकी सिकाइ भनेको जे सुकै भएपनि निर्वाचन र जनजीवन नियमिति हुनुपर्छ भन्ने हो।

अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीका एनआरएनए एनसीसीसँग संबन्धित समाचारहरु:

एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको क्यालिफोर्नियाका २ कार्यक्रम अभूतपूर्व हुने

एनआरएनए:झटारो झुप्पोमै हानिन्छ, सिउँडीमा होइन:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदी टेक्ससका ३ प्रमुख शहरमा जाँदै

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ प्रमुख कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ अन्तरक्रिय ३ दर्जन भन्दा धेरै उम्मेदवार उपस्थित हुने

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदीको उम्मेद्वारी दर्ता

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:जनसम्पर्क नेता मैनालीले बुद्धि सुवेदीलाई सपोर्ट गर्ने

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

NRNA US:अध्यक्षका उम्मेदवार सुवेदीका अघिपछि उम्मेदवारको घेरो, सिकागो कार्यक्रम दोश्रो खुड्किलो

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

एनआरएन अमेरिका: अध्यक्षका फ्रन्ट रनर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको न्यूयोर्कमा चुनाव प्रचार कार्यक्रम

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी