-एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

Hollywood Khabar April 10,2021 Comments

हलिउडखबर, अप्रिल १०, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदीको पाँचौं चुनावी अन्तरक्रिया कोलोराडोमा हुने भएको छ।

नेपालीहरुको घनाबस्ति भएको न्यूयोर्क राज्यबाट पहिलो चुनावी प्रचार अभियान सुरु गरेका अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदीको सहकार्य टिमले ४ वटा चुनावी कार्यक्रम सम्पन्न सकेको छ। न्यूयोर्क, सिकागो, मिसिगन र अप्रिल ९ मा नेभाडा राज्यको बिश्व चर्चित शहर लस भेगासमा चौथो चुनावी कार्यक्रम सम्पन्न भएको छ।

सुबेदीसँग अन्य उम्मेदवारहरुको तुलनामा हरेक ठाउँमा जमघट र माहोल गजबले बढेको देखिएको छ। उनका प्रतिस्पर्धीहरुलाई उम्मेदवारहरुसँग आफूसंग आउन अनुनय-बिनय गर्दै गर्नुपर्दा सुबेदीको लागि भने माहोल बढेर सहकार्य गर्नेको लहर नै लागेको छ। यति मात्र होइन अन्य पदका उम्मेदवारहरुले अध्यक्ष पदका सुबेदीको फ्लायरसँगै आफ्नो फ्लायर जोडेर फेसबुकमा पोष्ट गर्न थालेका छन्।

यसैबीच अप्रिल ११, २०२१ आइतबार कोलोराडो राज्यमा पाँचौं चुनावी कार्यक्रमको आयोजना गरिएको छ। सुबेदीको सहकार्यको टोली आजै लस भेगासबाट त्यसतर्फ प्रस्थान गरेको छ। डेढ दर्जन भन्दा धेरै उम्मेदवार लिएरसँगै कोलोराडो प्रस्थान गरेका अध्यक्षका उम्मेदवार बुद्धि सागर सुबेदीसँग जानेहरु मध्ये १५ जनाले हलिउडखबरलाइ नाम टिपाएका छन्।

  • बरिष्ठ उपाध्यक्षका उम्मेदवार बाबुराम लामा
  • उपाध्यक्षका उम्मेदवार दिक्षा बस्नेत (महिला तर्फ)
  • उपाध्यक्षका उम्मेदवार गोपेन्द्र भट्टराई
  • उपाध्यक्षका उम्मेदवार डिलु पराजुली
  • उपाध्यक्षका उम्मेदवार सुरेन्द्र मल्ल
  • उपाध्यक्षका उम्मेदवार पूर्णचन्द्र बानियाँ
  • उपाध्यक्षका उम्मेदवार सुमन थापा
  • महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाइ
  • सचिवका उम्मेदवार अनुप खनाल
  • सचिवका उम्मेदवार तारा मरहट्टा (महिला)
  • कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ
  • क्षेत्रीय संयोजकका उम्मेदवार देव ओली
  • सदस्यका उम्मेदवार सन्तोष पहारी
  • सदस्यका उम्मेदवार बिशाल राना
  • सदस्यका उम्मेदवार दिपक पौडेल
  • सदस्यका उम्मेदवार रबि बस्नेत

कार्यक्रम:

मिति : अप्रिल ११, २०२१

समय: ३ बजे देखि ७ बजे सम्म

स्थान: दरबार नेपालीज एण्ड इंडियन ब्रिस्टो रेस्टुरेन्ट

६५९० वेस्ट १२० ऐभिनियु, ब्रुमफिल्ड, कोलोराडो ८००२०

6590 W 120 Ave. Burmfild, CO 80020

नोट :-कार्यक्रममा मास्क र सामाजिक दूरी अनिवार्य हुनेछ