-NRNA US:अध्यक्षका उम्मेदवार सुवेदीका अघिपछि उम्मेदवारको घेरो, सिकागो कार्यक्रम दोश्रो खुड्किलो

NRNA US:अध्यक्षका उम्मेदवार सुवेदीका अघिपछि उम्मेदवारको घेरो, सिकागो कार्यक्रम दोश्रो खुड्किलो

Hollywood Khabar March 28,2021 Comments

हलिउडखबर, मार्च २८, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा भब्य रुपमा सम्पन्न भएको छ।

नेपाली जनसम्पर्क समिति इलिनोए च्याप्टरका कार्यवाहक सभापति कृष्ण खनालको सभापतित्वमा भएको सिकाको चुनावी कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाको सल्लाहकार लाल प्रसाद काफ्ले आकर्षक रुपमा संचालन गरेका थिए।

नेपाल विद्यार्थों संघका पुर्व महामन्त्री तथा भौतिकशास्त्रका बैज्ञानिक पिएचडी यादव पन्डितले प्रमुख अथितिको रुपमा अध्यक्षका उम्मेदवार सुवेदीलाई इण्डोर्श गर्दै आफ्नो भनाइ राखेका थिए। अध्यक्षका प्रत्यासी बुद्दि सुवेदी लगायत दर्जनौ अन्य पदका आकांक्षी सहति भएको उक्त कार्यक्रममा सुवेदीको सहकार्य र समन्वय गर्न आइपुगेका आकांक्षीहरुले पनि सुवेदीको सपोर्टमा इण्डोर्श गर्दै आफ्नो उम्मेदवारी घोषण गरी र मत पनि मागे।

अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदीले एनआरएनए एनसीसी अमेरिकाको नेतृत्व गर्न आवश्यक भएको मुख्य गरि तीन कुरा उठाए। व्यक्तिगत क्षेमता, संस्थाको बिकास र आम गैरआवासीय नेपालीको प्रमुख मुद्दाको कुरा। व्यक्तिगत रुपमा संघको नेतृत्व लिन समय, श्रोत र ज्ञान-विवेकले आफू तयार भएको उनको दावी थियो। संघलाइ सद्स्यता शुल्क मात्र नभएर अन्य श्रोत खोज्ने, प्रशाशनिक र अन्तरिक ब्यबस्थापनका कुरा पनि उठाए। त्यसैगरी हाम्रा प्रमुख मुद्दा नागरिताको निरन्तरता, नेपालसंगको अन्य बिषयलाइ आफूले नेतृत्व गर्न कुरा पनि उठाए।

एनआरएनए आईसीसी सदस्यका उमेदवार सत्य चौधरी, महेन्द्र बस्नेत, उपाध्यक्षका उमेदवार बाबुराम लामा, डिल्लु पराजुली, गोपेन्द्र भट्टराई, महासचिवका उमेदवार अन्जन चौलागाई, सचिवका उमेदवार अनुप खनाल, महिला सचिव उम्मेदवार तारा मरठ्ठा, कोषाध्यक्ष पदका उमेदवार रकेट साइण्टिश्ट राजीब श्रेष्ठ, कार्यसमिति सदस्यका उम्मेदवारहरु संतोष पाहारी, विशाल राना, एनआरएनए एनसीसी अमेरिकाको इलिनोए च्याप्टरका अध्यक्षका उम्मेदवार इन्द्रकान्त चौधरी, आईवा च्याप्टर अध्यक्ष उम्मेदवार ज्योति बराल, उस्कन्सिन च्याप्टर अध्यक्षका उम्मेदवार दिपक थापा लगायतका उमेदवारहरुले बुद्धि सागर सुवेदीलाई आफ्नो समर्थन दिदै मत मागेका थिए।

एनआरएनए आइसीसी मानार्थ परिषद सदस्य राधेश पण्डित, एनआरएनए एनसीसी अमेरिकाका पूर्व सल्लाहकार डा विष्णु फुयाल, एनआरएनए एनसीसी अमेरिका इलिनोए च्याप्टरका उपाध्यक्ष इन्द्र कान्त चौधरी, आईवा च्याप्टरको सचिव ज्योति बराल, एनआरएनए एनसीसी अमेरिका इलिनोए च्याप्टरका संस्थापक अध्यक्ष सुमन ओस्ति, एनआरएनए एनसीसी अमेरिका उइसकन्सिन च्यापटरका उपाध्यक्ष दिपक थापा, सीएनएफएसका पूर्व सभापति तथा आम्नाका सचिव खेम पाठक, एनआरएनका नाम चलेका रामाकान्त खरेल, सुरेन्द्र चौधरी, मेनुका थारू, नेवि संघका केन्द्रिय सदस्य विजेन्द्र विक्रम राना लगायत थुप्रै व्यक्तिहरुले उपस्थित भएर शुभकामना दिएर सुवेदीलाई इण्डोर्श गरेका थिए।