हलिउडखबर, मार्च १८, २०२१
गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदीको पहिलो चुनावी प्रचार कार्यक्रम न्यूयोर्कको सत्य नारायण मन्दिरमा आयोजना गरिएको छ।
मार्च २१, २०२१ आइतबार न्यूयोर्कको सत्य नारायण मन्दिरमा आयोजना गरिएको कार्यक्रम दिनको १:०० बजे देखि ५:०० बजे सम्म सुचारु हुनेछ। उपाध्यक्ष सुवेदीका सपोर्टरहरुले आयोजना गरेको यो पहिलो चुनावी कार्यक्रममा अन्य पदका उम्मेदवारहरु पनि उपस्थित हुने भएका छन्।
कार्यक्रममा आफूले आफ्नो कार्यकालको योजनालाइ मुख्य रुपमा फोकस गर्ने, समुदायका कुरा सुन्ने र सुझावहरु सेमत लिने कुरा उपाध्यक्ष सुवेदीले हलिउडखबरलाइ बताउनु भयो। गत फेब्रवरी २७, २०२१ मा आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गरेर नेपाल पुगेर फर्केपछि सुवेदीको चुनावी चहल पहल सुरु भएको छ। मैदानमा रहेका अध्ययक्षका ४ जना आकांक्षी मध्ये फ्रन्ट रनर मानिएका उपाध्यक्ष सुवेदीले हरेक मेजर सिटीहरुमा पुग्ने योजना रहेको बताउनुहुन्छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!